Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

भोलिदेखि भ्याक्सिन लगाउन शुरु गरिने छ : उपप्रधानमन्त्री पोखरेल

सप्तरी । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्ध तयार पारिएको भ्याक्सिन बुधबारदेखि लगाउन शुरु गरिने बताएका छन् । राजविराज रङ्गशालामा आज आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै हुँदै पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रारम्भ गरिने भ्याक्सिन देशका सातै प्रदेशका चार लाख नेपालीले एक सातामा लगाउने बताए ।

नेकपाका सचिवालय सदस्य रहनुभएका पोखरेलले ‘एक प्रदेश–एक स्वास्थ्य विज्ञान प्रतिष्ठान’ निर्माण गर्ने सरकारको नीतिअन्तर्गत प्रदेश–२ को राजविराजमा बन्ने ‘रामराजा प्रसादसिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान’ को शिलान्यास गर्न चाँडै प्रधानमन्त्री ओली आउने बताए । पार्टीका दोस्रा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपालकै कारण पार्टीमा अहिलेको अवस्था आएको उनले टिप्पणी गरे ।

उपप्रधानमन्त्री पोखरेलले भने, “महाधिवेशन नहुञ्जेल दुई अध्यक्षको व्यवस्था र पाँच वर्षसम्म अध्यक्ष ओलीको नेतृत्वमा स्थिर सरकार रहने सहमति उहाँहरुले बीचमै तोडेर हटाउने षड्यन्त्र गरेका कारण पार्टी विभाजनको अवस्था आएको हो ।” निर्वाचन आयोगले नेकपा फुटको विरुद्धमा निर्णय गरेको व्याख्या गर्दै उपप्रधानमन्त्री पोखरेलले नेकपाबाट उम्मेदवार हुन र सूर्य चिन्हबाट चुनाव लड्न नेकपाको प्रथम अध्यक्ष ओलीकै हस्ताक्षर चाहिने बताए ।

कार्यक्रममा शहरी विकास मन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य प्रभु साहले माओवादीको नाम, पहिचान, चुनाव चिन्ह, जातीय स्वायत्तता र आत्मनिर्णयको अधिकारको एजेण्डा प्रचण्डले त्यागेको बताए । अध्यक्ष र प्रधानमन्त्री पदका लागि एक–एक गरेर सहयोद्धाहरु बिर्सदै जाने, घाइते जनमुक्ति सेनाको रकम भ्रष्टाचार गर्ने असली माओवादी हुन नसक्ने भन्दै साहले जनमुक्ति सेना र माओवादीको एजेण्डा वर्तमान सरकारले पूरा गर्ने विश्वास दिलाए ।

नेकपा सप्तरीका संयोजक ताराकान्त चौधरीको अध्यक्षतामा भएको भेलामा कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतो, पूर्वमन्त्री तथा नेता सत्यनारायण मण्डल, रघुवीर महासेठ, राष्ट्रियसभा सदस्य सुमनराज प्याकुरेल, संविधानसभा पूर्वसदस्य ज्वाला साह र रञ्जु ठाकुर, केन्द्रीय सदस्य सुखराम यादव, अखिलेश झाले जीवनभरि अध्यक्ष बन्ने र चुनाव नजिते पनि प्रधानमन्त्री बन्ने प्रचण्ड र माधव नेपालको दोहोरो प्रवृत्तिका कारण पार्टी समस्यामा परेको धारणा राखे ।

भेलामा राजपा नेपालका तत्कालीन केन्द्रीय उपाध्यक्ष रामनारायण यादव, केन्द्रीय सदस्य उदयनारायण यादव, नथुनी यादव, मधेस राष्ट्रिय जनतान्त्रिक पार्टीका केन्द्रीय उपाध्यक्ष अनिल सिंह, जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)का केन्द्रीय सदस्य उपेन्द्र यादव, मोर्चा (भगत सिंह) का केन्द्रीय सदस्य भवानी अरगडिया, तराई जनतान्त्रिक मुक्ति मोर्चाका केन्द्रीय सदस्य योगेन्द्र यादव, राप्रपाका अशोक साह, नेविसङ्घ जिल्ला सदस्य दिपक झा, जसपाका युवा नेताहरु मनिष झा, सन्तोष झा, सुरेश महतो, आनन्द मण्डल, सत्यम साहलगायत दुई हजार नेता, कार्यकर्ता नेकपामा प्रवेश गरेका थिए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: