काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले सडक दुर्घटना न्यूनीकरणका लागि थप जिम्मेवारीका साथ काम गर्न सम्बन्ध सबैलाई निर्देशन दिएका छन् ।
सोमबार उपत्यका ट्राफिक प्रहरी कार्यालयको अनुगमन पछि उनले ट्राफिक प्रहरी कर्मचारीलाई अनुशासित, शिष्ट र सेवामुखी भई प्रभावकारी ट्राफिक व्यवस्थापन गर्न र सडक दुर्घटना न्यूनीकरणका लागि थप जिम्मेवार बन्न निर्देशन दिए ।
प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले उपत्यकामा बढ्दो सवारी चाप र सडक दुर्घटनाको चुनौतीलाई ध्यानमा राख्दै ट्राफिक व्यवस्थापनलाई अझ व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याए । उनले ट्राफिक प्रहरीको भूमिका नागरिकको सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएको बताउँदै प्रत्येक ट्राफिक प्रहरीले आफ्नो जिम्मेवारी इमानदारी, अनुशासन र सेवाभावका साथ निर्वाह गर्नुपर्नेमा जोड दिए ।
“सडकमा ट्राफिक प्रहरीले ठुलो जिम्मेवारी बोकेर काम गरिरहेका हुन्छन्”, उनले भने, “सडकमा खटिने प्रत्येक ट्राफिक प्रहरी नागरिकको सुरक्षासँग प्रत्यक्ष रूपमा सम्बन्धित छन् । त्यसैले ट्राफिक व्यवस्थापनलाई चुस्तदुरुस्त बनाउँदै दुर्घटना न्यूनीकरणका लागि थप सक्रियता देखाउनु आवश्यक छ ।”
कार्कीले उपत्यका ट्राफिक प्रहरी कार्यालयका विभिन्न शाखा, सेवा प्रवाहको अवस्था, दैनिक ट्राफिक व्यवस्थापनको प्रणाली तथा भौतिक पूर्वाधारको अवस्थाबारे जानकारी लिएका थिए । उनले ट्राफिक व्यवस्थापनलाई आधुनिक प्रविधिसँग जोड्दै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने विषयमा पनि चासो व्यक्त गरे ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा क्षति पुगेपछि पुनः निर्माण गरिएका उपत्यका ट्राफिक प्रहरी कार्यालयका संरचना तथा विभिन्न शाखाको प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले निरीक्षण गरेका थिए । पुनः निर्माणपछि कार्यालयको सेवा प्रवाह र कार्य वातावरणमा सुधार आएको भन्दै उनले सम्बन्धित निकायलाई धन्यवाद व्यक्त गरेका थिए ।
सोही अवसरमा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनसम्बन्धी आयोजित एक दिवसीय कार्यशाला गोष्ठीको प्रतिवेदन प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीसमक्ष प्रस्तुत गरेका थिए ।
प्रतिवेदनमा सडक सुरक्षा सुदृढीकरण, ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने उपाय, दुर्घटना न्यूनीकरणका रणनीति तथा ट्राफिक जनचेतना अभिवृद्धिका कार्यक्रमबारे उल्लेख गरिएको थियो ।
प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले उपत्यकामा बढ्दो सवारीसाधनको चापलाई व्यवस्थित गर्न ट्राफिक प्रहरी सक्रिय रूपमा परिचालित भइरहेका जानकारी दिए । उनले नागरिकलाई ट्राफिक नियमको पालना गर्न आग्रह गर्दै सडक सुरक्षामा सबै पक्षको सहकार्य आवश्यक रहेको बताए ।
अनुगमन कार्यक्रमले ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने तथा ट्राफिक प्रहरी कर्मचारीको मनोबल उच्च बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले उल्लेख गरे । कार्यक्रममा ट्राफिक प्रहरीका अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: