Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

कागजात नभएका ९ व्यावसायिक फर्मलाई कारवाही

चितवन । जिल्लामा रहेका नौ व्यावसायिक फर्मलाई कारवाही गरिएको छ । मूल्यसूची नराखेका र दर्ता कागजात नभएका व्यावसायिक फर्मलाई कारवाही गरिएको हो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्सा, जिल्ला प्रशासन कार्यालय चितवन, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय वाग्मती प्रदेश, वडा प्रहरी कार्यालय नारायणगढको प्रतिनिधिसहितको टोलीले मङ्गलबार नारायणगढका व्यावसायिक प्रतिष्ठानमा अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा मूल्यसूची नराखिएका सात व्यावसायिक प्रतिष्ठानलाई रु ५०/५० हजार र आवश्यक कागजपत्र देखाउन नसकेका दुई संस्थालाई रु २०/२० हजार जरिवाना तोकिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका निमित्त प्रमुख जीतबहादुर भण्डारीले जानकारी दिए ।

उनका अनुसार जरिवाना तोकिएका व्यावसायिक प्रतिष्ठानमा भरतपुर महानगरपालिका–५ मा रहेको श्रेष्ठ कन्सर्न, वडा नं २ मा रहेको नेशनल ट्रेड बिजनेश, ए एस ट्रेडर्स चुरा कस्मेटिक पसल रहेका छन् । यस्तै भरतपुर–२ कै विनोद एण्ड डिला इम्पोरियम, चितवन पर्दा हाउस, पलमी इञ्जिनीयरिङ इन्टरप्राइजेज र वडा नं ३ मा रहेको गुप्ता धागो स्टोर्सले मूल्यसूची नराखी व्यवसाय गरेको भेटिएपछि उनीहरूलाई रु ५०/५० हजार जरिवाना तोकिएको हो ।

यस्तै व्यवसाय दर्ताको कागजपत्र नराखेको र मूल्यसूची नराखेका भरतपुर महानगरपालिका–१० को ओम साइराम प्लास्टिक सप्लायर्स र वडा नं २ को एसएच ट्रेडर्सलाई रु २०÷२० हजार जरिवाना तोकिएको छ । उनीहरूलाई संरक्षण कार्यालयले अनुगमनका क्रममा नै जरिवाना तोकेको हो । एक साताभित्र जरिवाना वाणिज्य बैंकमा जम्मा गर्न निर्देशनसमेत दिइएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: