जलेश्वर । महोत्तरीको बलवा नगरपालिका– ११ रौजागाउँमा गोमन सर्पलाई नाग देवता भन्दै पूजा आराधना गर्न थालिएको छ ।
रौजाको एकै स्थानमा विगत १२ दिनदेखि गोमन सर्प देखिन थालेपछि त्यसलाई ‘नाग देवता’ भन्दै स्थानीयवासीले पूजाआजा गर्दै आएका छन् । सो सर्पलाई स्थानीयवासीले नाग देवता भन्दै पूजाआजा गर्न थालेको स्थानीयवासी गुलाम साहले बताए ।
गाउँ नजिकैको वनछेऊ सतलाल राउतको खेतमा रहेको दुलोबाट सधैँ दिउँसो १२ बजेपछि निस्कने र बेलुका ४ बजेतिर पुनः सोही दुलोभित्र पस्ने गरेको सो सर्पलाई वरपर छिमेकी गाउँबाट पनि हजाराँै मानिस हेर्न र पूजाआजा गर्नका लागि आउने गरेको स्थानीयवासी जीतेन्द्र मण्डलले बताए ।
सो सर्प निस्कनेबित्तिकै चारैतिरबाट हेर्नेहरुले घेरिदिने र नजिकमा जाँदा पनि कसैलाई केही नगर्ने गरेको कारण सबैले त्यसलाई नाग देवता भन्दै पूजाआजा गर्न थालेको स्थानीयवासी वीरेन्द्र यादवले बताए । सो सर्पलाई स्थानीयवासीले कचौरामा दूध खान दिने गरेका छन् भने पूजाआजा गर्नेहरुले फूल, तुलसी, बेलपत्रलगायतका वस्तु र फलफूल पनि चढाउने गरेको स्थानीयवासी बताउँछन् ।
शुरुशुरुमा वनमा घाँस काट्न गएका महिलाको एक समूहले सो सर्पलाई देखेका थिए भने उनीहरु डराएर भागेका थिए । तर पछि सर्प केही नगरेको र नभागेपछि महिलाले गाउँलेलाई सो कुरा सुनाएका थिए । त्यसै दिनदेखि आज १२ औँ दिनसम्म दैनिकरूपमा सो सर्प निस्कने गरेको र स्थानीयवासीसहित छिमेकी गाउँका समेत व्यक्तिहरु पूजाआजा गर्न घुइँचो लाग्ने गरेको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: