Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

तालिबानको आक्रमणमा परी ८ जना सुरक्षा अधिकारी मारिए

जलालबाद । अफगानिस्तानको पूर्वी भाग नान्गार्हारमा रहेको अफगान सैन्य शिवीरलक्षित शनिबार भएको एक आत्मघाती बम आक्रमणमा परी कम्तीमा आठ सुरक्षा अधिकारी मारिएका छन् ।

तालिबान लडाकू समूहले विस्फोटनपदार्थले भरिएको गाडी उक्त शिवीरभित्र लगेर विस्फोट गराएका थिए । यसैबीच तालिबानी प्रवक्ता जबिहुल्लाह मुजाहिदले तालिबान लडाकू समूहले यो आक्रमण गरेको दाबी गरेका छन् ।

प्रायः अशान्त नै भइरहने नान्गार्हार प्रान्तमा शनिबार बिहान सबेरै उक्त आक्रमण भएको बताइएको छ । सो प्रान्तमा यसअघि पनि तालिबान लडाकू समूहले सरकारी सेनालक्षित बारम्बार घातक हमला गर्दै आएका छन् ।

गत वर्ष वासिङ्टनसँग गरेको सम्झौता अनुरुप प्रतिवद्धता तालिबानले नगरेको पेन्टागनले भनाई आएको दुई दिनपछि यो आक्रमण भएको छ । सो सम्भौतामा वाशिङ्टनले तालिबान लडाकू समूहले हिंसाहत्या नगर्ने र अल कायदा आतङ्ककारी समूहसँग रहदै आएको तालिबानको सम्बन्ध बिच्छेद हुनु पर्ने शर्त रहेको थियो ।

सैन्य शिवीरमा भएको यस आत्मघाती आक्रमणमा परी आठ सुरक्षा अधिकारी मारिएका नान्गार्हारमा गभर्नरद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

तर नान्गार्हार प्रान्तीय काउन्सिलका उपप्रमुख आज्माल ओमारले भने यस आक्रमणमा परी १५ सैनिकको मृत्यु हुनुको साथै अन्य पाँच घाइते भएका बताएका छन् ।

जलालाबाद शहरनजिकै विस्फोटक पदार्थले भरिएको अर्को गाडी कब्जा गरिएका प्रान्तीय गभर्नरका कार्यालयले जानकारी दिएको छ । ्

केही समययता नान्गार्हार प्रान्तमा इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी समूहले कैयौ घातक आक्रमणहरू गरेका छ्न् ।

यसैबीच शनिबार नै राजधानी शहर काबुलमा सडक किनारमा राखिएका दुईवटा बम विस्फोट भएका छन् । तर यस विस्फेटामा परी कोही पनि हताहत भएका समाचारमा जनाइएको छैन् ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: