कैलाली । सार्वजनिक तथा अतिक्रमित संरचनामाथि डोजर चलाउने सरकारी अभियान चलिरहँदा बालेन्द्र शाह नेतृत्वकै लाइनमा रहेको दलका सांसदको घरबारे प्रश्न उठेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद केपी खनालको घर नक्सापासबिनै निर्माण भएको र जग्गाको लालपूर्जा समेत नभएको खुलेपछि बहस चर्किएको हो।
कैलालीको लम्कीचुहा नगरपालिका–१ बसपार्क नजिक निर्माणाधीन तीनतले घर ऐलानी जग्गामा रहेको स्थानीय स्रोतले जनाएको छ। उक्त घरको नक्सापास नभएको र जग्गाको स्वामित्व पुष्टि गर्ने लालपूर्जा पनि नभएको नगरपालिकाले स्पष्ट पारेको छ।
खनालका स्वकीय सचिव हर्क पुनले घर ऐलानीमै रहेको स्वीकार गर्दै अतिक्रमण गरेर नभई परिवारकै लगानीमा निर्माण गरिएको दाबी गरे। उनका अनुसार खनालका बुबाआमा भारतमा मजदुरी गरेर कमाएको पैसाले घर बनाइएको हो, तर पुर्जाको प्रक्रिया भने पूरा भइसकेको छैन।
चुनावका बेला आफूलाई ‘लालपूर्जा नभएको सुकुम्बासीको छोरो’ भनेर प्रस्तुत गरेका खनाल अहिले त्यही अवस्थाको प्रतिनिधि पात्रजस्तै देखिएका छन्। भूमिहीनको मुद्दा उठाउँदै जनसमर्थन पाएका उनी आफैं मापदण्ड विपरीत संरचना निर्माणमा जोडिएको तथ्य बाहिरिएपछि राजनीतिक नैतिकतामाथि प्रश्न उठेको छ।
लम्कीचुहा नगरपालिकाकी प्रमुख शुशिला शाहीका अनुसार उक्त क्षेत्र अव्यवस्थित बसोबास अन्तर्गत पर्छ। भूमि आयोगमार्फत प्रक्रिया अघि बढे पनि अहिलेसम्म लालपूर्जा जारी भइसकेको छैन। ‘ऐलानी जग्गामा बनेको घरको नक्सापास हुँदैन, त्यसैले त्यो घरको पनि नक्सा पास छैन,’ उनले स्पष्ट पारिन्।
लम्की क्षेत्रमा मात्रै हजारौँ परिवार ऐलानी जग्गामा बसोबास गर्दै आएका छन्। भूमि समस्या समाधान आयोगका अनुसार त्यहाँ १६ हजारभन्दा बढी अव्यवस्थित परिवार छन् भने जिल्लाभर १ लाख ४० हजारभन्दा बढीले जग्गाका लागि निवेदन दिएका छन्।
यस्तो अवस्थामा सरकारी डोजर अभियानले सर्वसाधारण मात्र होइन, सत्तारुढ दलकै प्रतिनिधिको घर पनि जोखिममा पर्ने हो कि भन्ने प्रश्न उठ्न थालेको छ। नीति र व्यवहारबीचको यो अन्तरले सरकारकै विश्वसनीयतामाथि थप दबाब सिर्जना गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०८३ - ०७:२६
काठमाडौँ । नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले पत्रकारविरुद्ध भएका अपराधमा दण्डहीनता, सञ्चारमाध्यमको आर्थिक अवस्थामा गिरावट, पत्रकारको पेस...
बैशाख २० गते, २०८३ - ०७:२६
काठमाडौं । पहिरो खसेका कारण कान्ति लोकपथ अवरुद्ध भएको छ । ललितपुरको बागमती गाउँपालिका ४ पाङदुरमा पहिरो खसेकाले कान्ति लोकपथ अवरुद्ध भएको हो । उपत्य...
बैशाख २० गते, २०८३ - ०७:२३
काठमाडौं । आइतबार दिउँसो मुलुकका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान...
बैशाख २० गते, २०८३ - ०७:२१
काठमाडौँ । लगातारको वर्षासँगै देशका विभिन्न पहाडी क्षेत्रमा पहिरो खस्दा सडक यातायात प्रभावित भएको छ। विशेषगरी अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध हुँद...
बैशाख २० गते, २०८३ - ०७:१८
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट १६ अर्ब ८१ करोड ३६ लाख ३० हजारको पेट्रोलियम पदार्थ आयात भएको छ । मेची भ...
बैशाख २० गते, २०८३ - ०६:४१
कैलाली । सार्वजनिक तथा अतिक्रमित संरचनामाथि डोजर चलाउने सरकारी अभियान चलिरहँदा बालेन्द्र शाह नेतृत्वकै लाइनमा रहेको दलका सांसदको घरबारे प्रश्न उठेको छ...
बैशाख २० गते, २०८३ - ०६:३४
काठमाडौँ । बुद्ध जयन्तीका अवसरमा पाकिस्तानको पञ्जाब सरकारसँगको सहकार्य तथा थाइल्याण्ड, श्रीलंका, म्यान्मार र भियतनामका दूतावास तथा उच्चायोगको समन्वयमा...
बैशाख २० गते, २०८३ - ०६:३१
हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका–४ का वडा सदस्य ६३ वर्षीय मक्कबहादुर रोकाया भरुवा बन्दुकसहित पक्राउ परेका छन् । शनिबार प्रहरीले वडा सदस्य रोक...
बैशाख २० गते, २०८३ - ०६:३०
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रु...
बैशाख २० गते, २०८३ - ०६:२८
काठमाडौं । विश्वभर प्रेस स्वतन्त्रता दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ ...


प्रतिकृया लेख्नुहोस्: