गण्डकी । पोखरा महानगरपालिका–१७ रातोपैह्रास्थित मदन आश्रिम स्मृतिपार्कमा आज वृक्षरोपण गरिएको छ ।
पोखरा महानगरपालिकाको लगभग तीन रोपनी क्षेत्रफलको सो जग्गामा मानगोट्रीका १० वटा बिरुवा रोपिएको हो ।
स्थानीयवासीको सक्रियतामा बिरुवा रोप्ने खाल्टा खनिएको थियो भने आवश्यक पर्ने बिरुवा सोही स्थानमा निर्माण गरिएको नेपाल बञ्जीले उपलब्ध गराएको थियो । स्थानीय मदन आश्रित टोल विकास संस्थाद्वारा आयोजित सो कार्यक्रममा पोखरा–१७ का वडाध्यक्ष तीर्थराज अधिकारीले वृक्षरोपण गर्दै वडाको खानेपानी, शिक्षा, सडक स्वास्थ्य र विद्युतीकरणमा जोड दिँदै आएको बताए ।
निर्वाचित जनप्रतिनिधिको साढे तीन वर्षको अवधिमा वडाभित्र ४६ किलोमिटर खानेपानीको पाइप विस्तार तथा ५१ किलोमिटर सडक निर्माण गरिएको जानकारी दिँदै उनले विकास निर्माणमा स्थानीय बासिन्दासहित तीनै तहका सरकारको साथ र सहयोगको आवश्यकता औँल्याए ।
महानगर कार्यपालिका सदस्य राधिका शाही योगीले वडामा तिब्ररुपमा बढेको बस्ति विस्तारसँगै सीमित स्रोत र साधनको अधिकतम उपयोग गरी समानुपातिक विकासमा जोड दिँदै आएको बताए ।
महिला सशक्तीकरणका लागि उपमेयरसँग महिला कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिँदै उनले यस कार्यक्रमबाट द्वन्द्वपीडित एवं एकल तथा विपन्न महिलाको उत्थानका लागि विभिन्न रोजगारीमूलक कार्यक्रम अघि बढाएको जानकारी दिए ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पोखरा १७ का अध्यक्ष सुभाष ढुङ्गानाले मदन–आश्रित स्मृति पार्कको विकाससँगै यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै पार्कमा आवश्यक पूर्वाधार निर्माणका लागि सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताए ।
टोल विकास संस्थाका अध्यक्ष जाङ्मु शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष पूर्णध्वज थकाली, सचिव मुना श्रेष्ठ र कोषाध्यक्ष तारादेवी सुवेदीलगायतले महानगरको सुगम स्थानमा भए पनि यस क्षेत्रका बासिन्दा खानेपानी, सडक र विद्युत्जस्ता आधारभूत आवश्यकताबाट समेत वञ्चित रहेकोमा दुःख व्यक्त गरे ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: