Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

कुष्ठरोगीको सङख्यामा कमी

ललितपुर । कुष्ठरोग रोग उपचारमा ६५ वर्ष अघिदेखि सेवा गर्दै आएको गोदावरी नगरपालिका–६ स्थित आनन्द वन अस्पतालमा कोभिड महामारीका कारण कुष्ठरोगीको सङख्यामा कमी आएको छ । चालू आर्थिक वर्ष २०७६/७७ मा अस्पतालबाट सेवा लिने बिरामीको सङ्ख्या दुई हजार ४४ रहेकोमा गत आव २०७५/७६ मा दुई हजार ९२१ रहेको जनाइएको छ । अस्पतालका मेडिकल निर्देशक डा महेश शाहले गत १० महिना अघि मुलुकमा फैलिएको कोरोना महामारीका कारण अस्पतालमा उपचार गराउन आउने कुष्ठरोगीको सङ्ख्यामाी कमी आएको छ ।

यसैगरी अस्पतालमा बहिरङग सेवा लिन आउने पनि आधानै घटेका थिए । यसवर्ष मात्र तीन हजार ६५० ले सो सेवा लिए भने गत आवमा छ हजार १६३ ले लिए । राष्ट्रियस्तरमा नयाँ बिरामीमा यस आवमा एक हजार ८५३ ले उपचार गरे । गत आवमा भने तीन हजार २८२ ले सेवा लिएका थिए । दि लेप्रोसी मिसन नेपालका तालीम संयोजक गोपाल पोखरेलले अस्पतालले कोरोना कहरको समयमा कूल २९८ कुष्ठ प्रभावितको निःशुल्क उपचार सेवा दिएको बताए । उनले भने, “ ७२ कुष्ठरोग प्रभावितलाई अस्पताल क्वारेन्टिनमा राखी उपचार सेवा दिएकोमा १७ को नतिजा पोजेटिभ आयो ।” कूल २९८ कुष्ठरोग प्रभावितमध्यकै अर्का २२६ को ललितपुर महानगरपालिका–२१ खोकनामा गई स्वाब सङ्कलन गर्दा त्यसमा १२ को नतिजा पोजेटिभ आई एकको मृृत्युसमेत भएको पोखरेलले जानकारी गराए ।

त्यसैगरी सन् २०१९ भित्र मुलुकमा दर्ता भएका कुष्ठ प्रभावितको सङ्ख्या दुई हजार ९२१, नयाँ बिरामीको सङ्ख्या तीन हजार ८४४ र १४ वर्ष मुनिका बालबालिकाको सङ्ख्या २९३ रहेको अर्का तालीम संयोजक राजकुमार पौडेलले बताए ।

वाग्मती प्रदेश स्वास्थ्य सेवा विभागका निर्देशक रमेश अधिकारीले विश्वमा कुष्ठ प्रभावितको सङ्ख्या दुई लाख भन्दा बढिरहेको छ । यदि रोग बारेको भ्रम न्यूनीकरण गर्दै समयमै उपचार गरी अघि बढ्नसके कुष्ठरोगमुक्त मुलुक बनाउन सकिने उनको भनाइ छ । मिसनका देशीय निर्देशक शोभाखर कँडेलले विगतको अनुभवबाट सो रोगबारे स्वास्थ्यकर्मी मात्र नभइ समुदायका हरेक वर्गको साझा पहलबाट सामाजिक र कानूनी विभेद अन्त्य गर्दै लानुपर्छ भने । स्वास्थ्य सेवा विभाग, कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखा प्रमुख डा माधव लम्सालले स्वास्थ्यकर्मी कहिल्यै पनि आफ्नो पेशामा नहार्ने बताउँदै कोभिड कहरमा विजय हासिल गर्दै गए जसरीनै कुष्ठ प्रभावितको समस्या पनि एक दिन निराकरण गरेरै छाड्ने विश्वास व्यक्त गरे ।

जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले वाग्मती प्रदेशका १३ जिल्लामध्ये सिन्धुपाल्चोक र रसुवामा कुष्ठ प्रभावितको सङ्ख्या शून्य भएजसरी नै बाँकी ११ जिल्लालाई पनि सो रोगमुक्त जिल्ला बनाउन लागिपर्ने बताए । उनले भने, “यो रोग कुनै पाप वा अपराध गरेर लाग्ने होइन् यो त ‘माइक्रोब्याक्टेरियम लेप्रे’ भन्ने जीवाणुबाट लाग्ने भएकाले समयमै उपचार गरी अङ्गभङ्ग हुनबाट जोगिनुपर्छ ।”

मानिसको शरीरमा कीटाणु प्रवेश गरेपछि रोग निरोधक शक्तिले कीटाणु मार्न सकेन भने कुष्ठरोग लाग्ने डा गेलालले जानकरी गराए । काभ्रेको बलथलिका १२ वर्ष उमेरमा कुष्ठरोग प्रभावित भई उपचार गरेका काशिनाथ आर्यलले सो रोगका कारण व्यक्ति सामाजिक वहिष्कार, छुवाछुत र तिनका बालबालिका समेतमा घृणा अनि तिरस्कारका घटना घट्ने गरेकोमा आफूलाई ज्यादै दुःख लागेको बताए । “कोरोना महामारीमा हाम्रो संयमता, समयमै कृष्ठरोग व्यवस्थापनमा सक्रियता” भन्ने मूल नाराका साथ आज नेपालका विभिन्न स्थानमा सो दिवस मनाइयो ।

कुष्ठरोगको कीटाणुले छाला र स्नायुमा असर गर्छ । कुष्ठरोगको शुरुआती चरणमा उपचार हुँदा क्षति नहुने र उपचारमा ढिलाइ हुँदा शरीरका विभिन्न भागमा असर पुग्न गई अङ्गभङ्ग हुने गरेको जानकारहरुको भनाइ छ । कुष्ठरोग एउटा सुक्ष्म कीटाणुको कारणले लाग्ने गर्छ । सो जीवाणु शरीरमा प्रवेश गरेपछि हल्का फुस्रो खालको दाग देखिन्छ । त्यो दागले तातो, चिसो र अन्य कुनै पनि आभास गराउँदैन । भनिन्छ, चिमोट्दा पनि थाहा नहुने लाटो फुस्रो दाग यसले देखाउछ ।

सो रोग लाग्दा बिरामीको आँखा र हातखुट्टाको नशालाई असर गर्छ । यसले हातखुट्टा झमझमाउने, तातो चिसो छुट्टा्याउन नसक्ने, आँखाको ढकनी बन्द गर्न नसक्ने, हातखुट्टाका आंैला कमजोर भई बाँङ्गो हुने र केही पनि समात्न नसक्ने, स्पर्श गरेको वा चोटपटक लागेको या घाउ भएको थाहा नहुने लक्षण देखिनुका साथै कसैका कानका लोती झुण्डिने र जोर्नी दुख्न थाल्ने जस्ता समस्या पनि देखिन्छ । विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई २०१० मा कुष्ठरोग निवारण भएको मुलुक घोषणा गरे तापनि नेपालमा प्रति १० हजारमा शून्य दशमलव ७७ अर्थात एकभन्दा कम रोगीको सङ्ख्या अझै रहेको जनाइएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: