रुकुमपूर्व । रुकुम(पूर्व) को भूमे गाउँपालिकामा रहेको मारिङ बहुउद्देश्यीय सहकारी संस्थाले कृषकको उत्पादनलाई जिल्ला बाहिर पठाउन थालेको छ । विसं २०७५ मा स्थापना भएको यस सहकारीले कृषि सङ्कलन केन्द्रमार्फत कृषि उपजलाई सङ्कलन गरी जिल्ला बाहिर निर्यात गर्न थालेको हो ।
सहकारीले यसै वर्षबाट भूमे गाउँपालिकासँग समन्वय गरी सञ्चालनमा ल्याएको सङ्कलन केन्द्रले कृषकलाई सहज बनाएको छ । अहिले सङ्कलन केन्द्रमा कृषकले सिमी, भटमास, केराउ, कोदो, फापर, टिम्मुर, मसुरा, आलु, बेसार, लसुन, प्याजलगायतका कृषि उपज बिक्री गर्न ल्याउने गरेको सहकारीका व्यवस्थापक सन्दीप अधिकारीले जानकारी दिए ।
कृषकले ल्याएको उपजलाई सहकारीले बाहिरको बजार भन्दा सस्तो मूल्यमा किन्ने गरेको छ भने सिमीको दाललाई कृषकको मागअनुसार चामलसँग साटफेर गर्ने गरेको अधिकारीले बताए । उनका अनुसार एक पाथी सिमीसँग तीन पाथी चामल साटेर गरिंदै आएको छ । यो क्षेत्रमा धान नहुने तर सिमी प्रशस्त मात्रामा हुने भएकाले मानिसले बढी चामलसँग सिमी साटफेर गर्ने गरेको व्यवस्थापक अधिकारीले बताए ।
अहिले सङ्कलन केन्द्रमा जम्मा भएको सबै प्रकारका उत्पादन दाङ, पाल्पा, बुटवल, बागलुङलगायतका क्षेत्रमा निर्यात भइरहेको छ । ती जिल्लाका सहकारीसँग समन्वय गरेर कृषि उपजलाई बाहिर पठाउने काम गरेको सहकारीले जनाएको छ ।
यस्तै काठमाडौँको चन्द्रागिरि र बारा जिल्लाबाट पनि यी सामानको माग आइरहेको सहकारीले जनाएको छ । सहकारीका व्यवस्थापन अधिकारीका अनुसार यहाँको जैविक उत्पादन राम्रो हुने भन्दै बाराबाट चामलसँग सिमी साटफेरको प्रस्ताव आएको छ । बाहिरको मागअनुसारको उत्पादन नभएकाले सबै ठाउँमा पर्याप्त कृषिउपज पुर्याउन नसकिएको उनले बताए ।
रुकुम (पूर्व) लाई लुम्बिनी प्रदेशले समेत जैविक जिल्ला घोषणा गरिसकेको छ । जैविक जिल्लाको जैविक उत्पादन भनेर अन्य ठाउँबाट यहाँको उत्पादनको माग विस्तारै बढ्न थालेको भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले बताएका छन् । यस्तै गाउँपालिकाले पहिलो प्राथमितामा कृषि क्षेत्रलाई नै राखेको छ । अहिले गाउँपालिकाले मारिङमा कृषि अनुसन्धान केन्द्रसमेत स्थापना गरी जैविक बीउबिजन उत्पादन गरिरहेको गाउँपालिका अध्यक्ष बुढामगरले बताए ।
‘‘जैविक उत्पादनलाई बढवा दिनको लागि रासायनिक मल र विषादीको प्रयोगमा बन्देज लागइएको छ भने कृषकको समस्या समाधानको लागि वडामा कृषि प्राविधिक खटाएको छौँ’, उनले भने । कृषि क्षेत्रबाटै नागरिकको जीवनस्तरमाथि उकास्नको लागि विभिन्न योजना बनाउँदै काम गरिरहेको गाउँपालिकाले मारिङ बहुउद्देश्यीय सहकारी संस्थासँग पनि समन्वय गरेर कृषकको उत्पादनलाई बजारसम्म पुर्याउने व्यवस्था गरेको हो ।
कृषकका उत्पादन सङ्कलनको लागि भने भण्डारण कक्षको अभाव देखिएको छ । सङ्कलन गरिएका सामग्रीमा कहिलेकाहीँ मुसाले पनि क्षति पुर्याउने गरेको छ । सहकारी बजार निर्माण भएपछि बिक्री वितरण गर्न सहज हुने गाउँपालिकाले जनाएको छ । लुम्बिनी प्रदेश सरकारको रु ५० लाख र सहकारीको रु ५० लाख गरी कूल एक करोड रुपैयाँको लगानीमा समग्र जिल्लालाई लक्षित गरी भूमेमा सहकारी बजार निर्माण गरिने भएको छ ।
सहकारी बजार निर्माणको लागि काम पनि शुरु भइसकेको सहकारीका व्यवस्थापक अधिकारीले बताए । सहकारी बजार निर्माण भयो भने जिल्लाभरिको उत्पादनलाई उचित व्यवस्थापन गर्न सकिने अपेक्षा यहाँका तीनवटै स्थानीय तहले गरेका छन् । यस्तै जिल्लाका अन्य सिस्ने र पुथाउत्तरगङ्गा गाउँपालिकाले पनि जैविक जिल्ला निर्माणको आधारलाई टेकेर कृषि क्षेत्रमा लगानी गरिरहेका छन् ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...


प्रतिकृया लेख्नुहोस्: