मान्मा । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र काठमाडौँले कर्णालीका पाँचवटा स्थानीय तहमा सौर्य विद्युत् प्रणालीको जडान गर्न थालेको छ । केन्द्रको अनुदानमा स्थानीय तहको स्वामित्व रेखदेख गर्ने गरी सौर्य विद्युत् प्रर्णाली जडान गर्न लागिएको हो ।
केन्द्रले कर्णालीका पाँचवटा स्थानीय तहमा तीन महिनाभित्र सौर्य विद्युत् प्रणाली जडान गर्न लागेको हो । जुम्लाको गुठीचौर गाउँपालिका–२ मुरेली गाउँमा ५०, तिला गाउँपालिका–६ को पोखरी गाउँमा ५०, मुगुको सोरु गाउँपालिका–६ सोरुकोटमा ६०, बारेकोट गाउँपालिका–५ को लिम्सामा १७० र कालीकोटको रास्कोट नगरपालिका–९ फुकोटमा ७५ किलोवाट सौर्य प्रणालीबाट विद्युत् उत्पादन गर्ने तयारी केन्द्रले थालेको हो ।
गुठीचौरमा सौर्य विद्युत् उत्पादन गर्न ३५ लाख, तिलामा ३३ लाख, सोरुमा ३५ लाख, रास्कोटमा ५० लाख र बारेकोटमा ९५ लाख रकम विनियोजन भएको केन्द्रले जनाएको छ । केन्द्रले ९० र स्थानीय तहले १० प्रतिशत बजेटको व्यवस्था गर्नुपर्ने रास्कोट नगरपालिकाका प्रमुख काशिचन्द्र बरालले बताए । “बोलपत्रका लागि सूचना आह्वान भइसकेको छ । तीन महिनाभित्र सौर्य प्रणाली जडान हुन्छ”, उनले भने, “सौर्य विद्युत् प्रणालीले नगरपालिकाभित्रका सबै घरधुरीमा उज्यालो हुनेछ ।”
विद्युत्को राष्ट्रिय प्रसारण केन्द्रसँग नजोडिएको कर्णालीका सौर्य ऊर्जाबाट विद्युत्को पहुँच वृद्धि गर्ने उद्देश्यले केन्द्रको सहयोगमा सौर्य प्रणालीबाट विद्युत् जडानको सम्झौता भएको र त्यसैअनुसार निर्माणको काम पनि अगाडि बढेको जुम्ला गुठीचौर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल प्याकुरेलले बताए । “यसभन्दा अगाडि नै केन्द्रसँग गाउँपालिकाले सम्झौता गरेको थियो”, उनले भने ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: