Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य परीक्षण

चरीकोट । तामाकोशी गाउँपालिकाले ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई दक्ष स्वास्थ्यकर्मीमार्फत घरघरमा पुगेर निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरेको छ ।

यही माघ १५ गतेदेखि सञ्चालन गरेको ज्येष्ठ नागरिक तथा आपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण घरदैलो कार्यक्रमबाट सात वडाका दुई हजार ३१४ जनाले सेवा पाएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अनुसार सेवा लिनेमा एक हजार २०९ महिला र एक हजार १०५ पुरुष रहेका छन् । प्रत्येक वडामा दुई÷दुई जनाका दरले दक्ष स्वास्थ्यकर्मीको टोलीसहित घरघरमा पुगेर स्वास्थ्यपरीक्षण तथा औषधि वितरण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अरुणकुमार मिश्रले जानकारी दिए । गाउँपालिका–१ भिरकोटका ३०५, वडा नं २ झुलेका ३१८, वडा नं ३ जफेका ४१२, वडा नं ४ मालुका ४०७, वडा नं ५ सहरेका ३००, वडा नं ६ च्यामाका ३३६ र वडा नं ७ हाँवाका २२६ जना ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरिएको उनले बताए ।

गाउँपालिकाले वर्षमा दुई पटक छ महिनाको फरकमा घरघरमा पुगेर ज्येष्ठ नागरिकलाई स्वास्थ्यसेवा प्रदान गर्दै आएको छ । हरेक नागरिकको स्वास्थ्य उपचार नैसर्गिक अधिकार भएको र ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको जटिल रोगबाहेक समान्य परीक्षणको लागि स्वास्थ्य संस्थासम्म पुग्न समस्या हुने भएकाले गाउँपालिकाको स्वास्थ्य कार्यक्रमअन्तर्गत घरघरमा सेवा प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले बताए ।

शिविरमा परीक्षण गराउँदा सामान्यबाहेक अन्य रोगको लक्ष्ण देखा परेमा स्वास्थ्य संस्थामा उपचारका लागि पठाउने गरेको छ । स्थानीय सरकार आएसँगै घरघरमा स्वास्थ्यसेवा पाएको भन्दै ज्येष्ठ नागरिकले खुशी व्यक्त गरेका छन् । नागरिकलाई गाउँमानै सहज स्वास्थ्यसेवा प्रदान गर्ने उद्देश्यले गाउँपालिकाले वडा नं ३ जफेमा ल्याबसमेत सञ्चालनमा ल्याएको छ ।

सामान्य बिरामीले पनि रगत तथा अन्य परीक्षण गराउनका लागि दिन बिताएर सदरमुकाम जानुपर्ने बाध्यताको अन्त्यका लागि गाउँपालिकाबाटै सो सेवा प्रदान गर्ने उद्देश्यले ल्याब सञ्चालनमा ल्याएको स्वास्थ्य संयोजक मिश्रले बताए । यो सेवा प्रभावकारी बन्दै गएको पनि उनको भनाइ छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: