काठमाडौं । नेकपा (एमाले)ले सुनसरीको देवानगञ्ज गाउँपालिकामा पछिल्ला दिनमा उत्पन्न तनावपूर्ण अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीद्वारा जारी प्रेस वक्तव्यमा राज्य पक्षबाट भएको बल प्रयोग तथा त्यसक्रममा स्थानीय युवा ओमप्रकाश मेहता र सिरहाका गणेश यादवको गोली लागेर मृत्यु भएको घटनाप्रति पार्टीले दु:ख व्यक्त गरेको उल्लेख छ।
पार्टीले घटनामा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै, घाइते नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
एमालेले हिंसात्मक गतिविधि तत्काल रोक्नुपर्ने भन्दै सिरहासहित विभिन्न स्थानमा थप नागरिकको ज्यान गएको खबरले आफूहरू स्तब्ध र मर्माहत भएको जनाएको छ।
प्रेस वक्तव्यमा एमालेले वर्तमान संवेदनशील अवस्थामा नागरिक, राजनीतिक दल, सञ्चारकर्मी तथा सबै सरोकारवालालाई कुनै पनि प्रकारको भ्रामक प्रचारको पछि नलागी संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न सक्रिय हुन आग्रह गरेको छ।
एमालेले नागरिकको जीवनरक्षा र समस्याको संवादमार्फत समाधान गर्नु सरकारको प्राथमिक दायित्व भएको उल्लेख गर्दै राष्ट्रिय सुरक्षा तथा सामाजिक सुव्यवस्था संवेदनशील अवस्थामा राज्यले धैर्यपूर्वक जिम्मेवारी निर्वाह गर्नुपर्ने जनाएको छ।
त्यस्तै, मुलुकमा उत्पन्न जटिल परिस्थितिमा प्रमुख राजनीतिक दलहरूबीच आपसी सहकार्य आवश्यक रहेको भन्दै आरोप–प्रत्यारोपभन्दा माथि उठेर शान्ति र स्थायित्व कायम गर्न सहकार्य गर्न एमालेले अपिल गरेको छ।
एमालेले द्वन्द्व र हिंसाबाट समस्याको समाधान सम्भव नभएको भन्दै संवाद, सहमति र जिम्मेवार सहकार्यबाट मात्रै वर्तमान चुनौतीको समाधान खोज्न सकिने जनाएको छ। साथै, राष्ट्रिय एकता, शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सबै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी तथा धार्मिक एवं सामाजिक समुदायलाई एकजुट हुन आह्वान गरेको छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १४ गते, २०८३ - १७:५३
काठमाडौं । नेकपा (एमाले)ले सुनसरीको देवानगञ्ज गाउँपालिकामा पछिल्ला दिनमा उत्पन्न तनावपूर्ण अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। एमाले अध्य...
श्रावण १४ गते, २०८३ - १७:४७
काठमाडौं । प्रतिनिधिसभाको बैठक पाँच दिनका लागि स्थगित भएको छ। बिहीबार बसेको बैठकले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २...
श्रावण १४ गते, २०८३ - १७:३३
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ सुनसरीको देवानगञ्ज पुगेर हालैको घटनामा ज्यान गुमाएका दुवै व्यक्तिका परिवारसँग भेट गर्ने भएका छन्। गृहमन्त्री गुरुङ...
श्रावण १४ गते, २०८३ - १७:२७
काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बि...
श्रावण १४ गते, २०८३ - १७:१७
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेका छन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार सुनसरीमा भएको घटनापछि विकस...
श्रावण १४ गते, २०८३ - १७:०९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कोशी र मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरूको आकस्मिक बैठक बोला...
श्रावण १४ गते, २०८३ - १७:०३
जनकपुरधाम । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर घाइते भएका अर्का युवक विकास ठाकुरको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। जिल्ला प्रशासन कार्...
श्रावण १४ गते, २०८३ - १६:५५
काठमाडौं । सुनसरीमा विकसित सुरक्षा अवस्थाको अनुगमन तथा समन्वयका लागि गृहमन्त्री सुधन गुरुङ सुनसरी जाने भएका छन्। प्रधानमन्त्री बालेन शाहसँग छलफल गर...
श्रावण १४ गते, २०८३ - १६:५०
काठमाडौं। सिरहामा प्रदर्शन हिंसात्मक बन्दै गएपछि आगजनी र तोडफोडका घटना बढ्न थालेका छन्। बिहीबार बिहानदेखि चर्किएको प्रदर्शनका कारण जिल्लाको सुरक्षा अव...
श्रावण १४ गते, २०८३ - १६:४३
जनकपुरधाम । सिरहाको गोलबजारमा जारी तनावका बीच गोली लागेर एकजनाको मृत्यु भएको छ। कर्फ्यु आदेश लागू रहेकै बेला दुई पक्षबीचको झडप थप चर्किएपछि क्षेत्र...



प्रतिकृया लेख्नुहोस्: