काठमाडाै । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज नयाँ उचाइमा पुगेको छ । उच्च अङ्कले वृद्धि हुँदा नेप्से हालसम्मकै उच्च विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से ४८.७४ विन्दुले बढेर दुई हजार ५२४ मा पुगेको छ ।
यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.३० विन्दुले बढेर ४५९.३२ मा पुगेको छ । नेप्सेमा उच्च अङ्कको वृद्धिसँगै कारोबार रकम पनि रु साढे १० अर्ब बराबरको भएको छ । कूल २०२ कम्पनीको एक करोड ७७ लाख ३६ हजार ७३४ कित्ता शेयर रु १० अर्ब ४४ करोड १९ लाख ५१ हजार ३०४ मूल्यमा खरीदबिक्री भयो । नेप्सका अनुसार आजको कारोबारपछि बजार पूँजीकरण रु ३३ खर्ब ९९ अर्ब ७२ करोड ७४ लाख ७० हजार बराबर पुगेको छ ।
कारोबार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर ओरालो लागेको छ भने नौ उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ ३.७१, विकास बैंक ०.१७ र सामूहिक लगानी कोष ०.०४ अङ्कले ओरालो लागेको छ । यस्तै व्यापार ८२.८२, होटल २७.५२, जलविद्युत् ५९.२१, वित्त १६.०९, निर्जीवन बीमा ४९०.३, उत्पादन ४१.७१, अन्य ५३.९२, लघुवित्त ३३४.२५ र जीवन बीमा ५७२.११ विन्दुले बढेको छ । कारोबारका आधारमा आज हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ५३ करोड १७ लाख ४९ हजार ७९७ बराबरको कारोबार भयो ।
यस्तै नेपाल लाइफ इन्सुरेन्स रु ३१ करोड ७६ लाख ९७ हजार ९४४, शिखर इन्सुरेन्स रु ३१ करोड ४६ लाख ८२ हजार ९७३, ग्लोबल आइएमई बैंक रु २९ करोड ४६ लाख सात हजार ३४३, छिमेक लघुवित्त विकास बैंक रु २६ करोड ९७ लाख ९९ हजार ५५९, डिप्रोक्स लघुवित्त रु २६ करोड पाँच लाख ५० हजार २७७, नेपाल पुनर्बीमा कम्पनी रु २४ करोड ८१ लाख ४० हजार ६९५, नेशनल लाइफ इन्सुरेन्स रु २३ करोड ३२ लाख ८२ हजार ७८८ र स्वावलम्बन लघुवित्त रु २२ करोड २० लाख ७९ हजार २९३ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
कारोबारका आधारमा डिप्रोक्स लघुवित्त, मेरो माइक्रोफाइनान्स, सारथी नेपाल लघुवित्त, आरएसडिसी लघुवित्त गणपति माइक्रोफाइनान्स, नागरिक लगानी कोष, निर्धन उत्थान लघुवित्त, मञ्जुश्री फाइनान्सको शेयरमा सकारात्मक सर्किट लाग्यो । ती सबै कम्पनीको शेयरधनीले समान १० प्रतिशतले कमाए । यस्तै समिट लघुवित्त र आरम्भ चौतारी लघुवित्तका लगानीकर्ताले समान ९.९९ प्रतिशतले कमाए ।
यस्तै नेपाल फाइनान्स ६.२७, ङादी ग्रुप ४.७४, सनराइज फस्ट म्युचुअल फन्ड ३.०२, नारायणी डेभलपमेन्ट बैंक २.७९ र हिमालयन डिस्टिलरीका लगानीकर्ताले २.५५ प्रतिशतले गुमाए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: