जाजरकोट। अविरल वर्षाको कारण जाजरकोट जिल्लाको भेरी नगरपालिका–२ स्थित रिसाङ ईलाकामा आएको लेदोसहितको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ भने उक्त पहिरोमा परी बेपत्ता भएका अन्य दुई जनाको खोजीकार्य जारी छ ।
साउन ३० गते साँझ ५:३० बजे आएको उक्त पहिरोमा परी सोही ठाउँ बस्ने ६२ वर्षीया राम बहादुर शाही, ४५ वर्षीया सिद्धि बहादुर कामी, ५८ वर्षीया कमला कार्की, २३ वर्षीया अनिता कार्की, १० वर्षीया युनिस शाही, ४५ वर्षीया सुन्तली चदरा र ६१ वर्षीया भद्रकला कार्की घाइते हुनुभएको छ । घाइतेहरुमध्ये राम बहादुर शाही र भद्रकला कार्कीको अवस्था गम्भीर भएकोले थप उपचारको लागि नेपालगंज र सुर्खेततर्फ पठाइएको हो ।
उक्त पहिरोमा परी बेपत्ता भएकाहरुको खोजीकार्यको लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल गुल्म जाजरकोटबाट सशस्त्र प्रहरी निरीक्षक कमल कार्कीको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली परिचालन भएको छ ।
जिल्ला अस्पताल जाजरकोटमा उपचार पश्चात नेपालगंज रिफर भई मेडिकल कलेज कोहलपुरमा उपचाररत सोही नगरपालिका–२ साल्धारा बस्ने ५२ वर्षीया केदार कार्कीको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । यसैगरी बेपत्ता ४ जना मध्य सोही ठाउँ बस्ने ५४ वर्षीया उमा सिँह खत्री र ८३ वर्षीया रति खत्रीको शव खोजीकार्यको क्रममा फेला पारिएको छ ।
यसैगरी सोही नगरपालिका–२ चिसापानी बस्ने ७० वर्षीया भिम बहादुर कार्की र सोही नगरपालिकाको गैरीगाउँ बस्ने १४ वर्षीया हरिस बिक अझै बेपत्ता छन् । हरिस बिक पहिरो पश्चात घरबाट निस्किएकोमा सम्पर्कविहिन हुनुभएको हो । खोज तथा उद्धारको लागि परिचालित टोलीले उहाँहरूको खोजीकार्य जारी राखेको छ ।
उक्त पहिरोमा परी सोही ठाउँका ८ वटा घरमा समेत ठुलो क्षति पुगेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३१ गते, २०८३ - १२:२८
जाजरकोट । अविरल वर्षापछि आएको पहिरोले जाजरकोटको भेरी नगरपालिकामा ठूलो जनधनको क्षति पुर्याएको छ । पहिरोमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ भने ६ ...
श्रावण ३१ गते, २०८३ - १२:०६
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आइतबार फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँ ...
श्रावण ३१ गते, २०८३ - ११:४७
जाजरकोट। अविरल वर्षाको कारण जाजरकोट जिल्लाको भेरी नगरपालिका–२ स्थित रिसाङ ईलाकामा आएको लेदोसहितको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ भने उ...
श्रावण ३० गते, २०८३ - १४:१५
कोलम्बिाया। कोलम्बियामा गत सोमबार गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या २८७ पुग्नुका साथै करिब ४०० जना अझै बेपत्ता रहेको जनाइएको छ । कोल...
श्रावण ३० गते, २०८३ - १३:५४
बाजुरा । बाजुराका नौवटै स्थानीय तहका ९३ गाउँबस्ती बाढीपहिरोको उच्च जोखिममा रहेको पाइएको छ। तीमध्ये ४९ बस्ती तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्नुप...
श्रावण ३० गते, २०८३ - १३:३९
काठमाडौं । नेपाली कांग्रेसको इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलामा आजदेखि बन्दसत्र सुरु भएको छ। काठमाडौंको सुकेधारास्थित मिराकल प्यालेसमा जारी भेला...
श्रावण ३० गते, २०८३ - १३:१४
काठमाडौं । खाना पकाउने एलपी ग्यासको अभाव बढेपछि नेपाल आयल निगमले काठमाडौंका पाँच स्थानबाट विशेष रूपमा ग्यास बिक्री वितरण सुरु गरेको छ। ग्यासको अभाव...
श्रावण ३० गते, २०८३ - १२:४३
मुस्ताङ। प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा भक्तजनले चढाएको भेटीको थुप्रो लागेको छ । गत असार मसान्तसम्ममा मन्दिरको आम्दानी सञ्चय गरिएको मुक्तिनाथ विकास सम...
श्रावण ३० गते, २०८३ - १२:२०
काभ्रेपलाञ्चोक । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा रोकिराखेको बस अचानक गुडेर इभी भ्यानलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा ...
श्रावण ३० गते, २०८३ - १२:००
काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा सडकछेउमा रोकिएको बस आफैं गुडेर अर्को सवारीलाई ठक्कर दिँदा बस र इभी भ्यान सडकबाट करिब ३०–४० मि...



प्रतिकृया लेख्नुहोस्: