भजनि । कैलालीको टीकापुरमा करिब चार वर्षपछि राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गरिने भएको छ । अहिले अन्य खेलकूद प्रतियोगिताको आयोजना हुँदै आए पनि भलिबल खेल नभएको भन्दै आगामी फागुन ३ गतेदेखि राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
पछिल्लो समयमा अन्य खेल विधाको तुलनामा भलिबल ओझेल पर्दै गएको भन्दै स्थानीयस्तरमा त्यसको जगेर्नाका लागि सिर्जनशील युवा समाज नेपालले राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागेको संयोजक नन्दसिंह विकले जानकारी दिए । “स्थानीय सरकारले पनि भलिबल खेललाई आफ्नो प्राथमिकतामा राख्न सकेन, समुदायमा भएका खेलाडी पनि विस्थापित हुँदै गएका छन्”, खेल संयोजक विकले भने, “यसले कतै भलिबल खेल हराउँदै जाने हो कि भन्ने त्रास पनि बढाएको छ, त्यही भएर पनि खेलको संरक्षणका लागि जनचेतना फैलाउन पनि खेलको आयोजना गर्न लागेका हौँ ।”
उनले भलिबल प्रतियोगितासँगै लागुऔषधविरुद्धको जनचेतनामूलक सांस्कृतिक कार्यक्रमसमेत रहने बताउँदै युवालाई खेल खेलाउनुका साथै खेलप्रति जिम्मेवार भई फुर्सदको समयमा कुलतमा नभई खेलमा जोडिन आह्वान गरिने जनाए । खेलको विजेता टोलीले रु ५० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ भने खेलको दोस्रो र तेस्रोले क्रमशः रु २० हजार, प्रमाणपत्र र रु सात हजार नगद, प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
भलिबल खेलका राष्ट्रिय खेलाडी तथा प्रशिक्षक विष्णुराज भाटले पहिले जताततै भलिबल खेलको मात्र चर्चा हुने गरेको भए पनि अहिले समुदायस्तरबाटै भलिबल विस्थापितको अवस्थामा पुगेको बताए । “भलिबलमा स्थानीय र प्रदेश सरकारको भूमिका शून्य देखिएको छ, अन्य खेलमा सरकारको लगानी बढेपछि खेलाडी पनि अरु खेलमै आकर्षित हुन थालेका छन्”, विष्णुले भने, “अब राष्ट्रिय खेललाई बचाउने जिम्मेवारी हामी सबैको छ, खेल विधा र सबै खेलाडीलाई सरकारले हेर्ने दृष्टिकोण फरक हुनु पनि हुँदैन ।”
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: