विराटनगर। एक समूह शुक्रबार राति १० बजेतिर होहल्ला गर्दै घरमा आइपुग्यो । ६० वर्षीया वृद्धालाई आफूबाट छुट्याएर लगेपछि उनका श्रीमान् पछि लागे । ती वृद्धका अनुसार नजिकै गोठमा पुर्याएर थाममा डोरीले बाँध्दै बोक्सी भनेर आक्रमण गर्न थाले । श्रीमतीलाई निर्घात कुटपिट गर्न थालेपछि त्यसो नगर्न आग्रह गरे पनि उल्टै सबै जना धुरिएको उनले सुनाए ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - उनका अनुसार एक घण्टाजति कुटपिटपछि शरीरका विभिन्न अंगबाट रगत बग्न थाल्यो । ‘कुटाइ सहन नसकेर मेरी श्रीमती बेहोस बनिन्’, ती वृद्धले भने, ‘बोल्न नसक्ने अवस्थामा देखेपछि होहल्ला गर्दै अरू गाउँलेलाई बोलाएर घटनाबारे प्रहरीलाई जानकारी दिएँ ।’
यो घटना मोरङको रतुवामाई–२ डोरियामा भएको हो । एकै परिवारका पाँच जना मिलेर बोक्सी आरोप लगाउँदै वृद्धामाथि आक्रमण गरेको पाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए । डीएसपी राईका अनुसार वृद्धाको उपचार विराटनगरस्थित कोसी अस्पतालमा भइरहेको छ । चिकित्सकले अवस्था खतरामुक्त रहेको बताए पनि वृद्धा थलिएकी उनले बताए ।
छिमेकी ६५ वर्षीय भीमलालसिंह गनगाईं, ६० वर्षीय जितनलालसिंह गनगाईं, ५० वर्षीय लखनलालसिंह गनगाईं, २७ वर्षीय लक्ष्मीप्रसादसिंह गनगाईं र १९ वर्षीया हैरानी गनगाईं मिलेर आक्रमण गरेको प्रहरीले जनाएको छ । यीमध्ये भीमलाल, जितनलाल र लखनलाल दाजुभाइ हुन् । लक्ष्मीप्रसाद उनीहरूका भतिज हुन् । हैरानी भीमलालकी छोरी हुन् ।
घटनाअनुसार हैरानीकी दिदी पुनमदेवी गनगाईंसँग वृद्धाको झगडा परेको थियो । त्यही रिसइबीका कारण बोक्सी आरोप लगाउँदै कुटपिट गरेको पाइएको प्रहरीले जनाएको छ । अचेत बनाएपछि अब मृत्यु भइसक्यो भन्दै श्रीमतीलाई छाडिएको पीडितका श्रीमान्को भनाइ छ । उनका अनुसार बोक्सी रहेको र टुनामुना लगाएका कारण परिवारका सदस्यलाई बिसन्चो हुने गरेको भन्दै श्रीमतीमाथि गनगाईं परिवारका सदस्यले निहुँ खोज्ने गरेका थिए ।
उनले आरोपितविरुद्ध किटानी जाहेरी दिएका छन् । प्रहरीले लखनलाल र हैरानीलाई पक्राउ गरेको छ । उनीहरूविरुद्ध बोक्सी आरोपको कसूरमा मुद्दा चलाउन अदालतबाट आइतबार म्याद थप गरी घटनाको बाँकी अनुसन्धान अघि बढाइएको डीएसपी राईले बताए ।
वडाध्यक्ष किरणसिंह गनगाईंले बोक्सी आरोपमा कुटपिट नभएको दाबी गरे । दुई परिवारबीच जग्गाको सिमानाका विषयमा विवाद रहेको उनले उल्लेख गरे । ‘त्यही निहुँमा राति घरबाट ल्याएर वृद्धामाथि कुटपिट गरिएछ’, टेलिफोन सम्पर्कमा वडाध्यक्ष गनगाईंले भने, ‘जग्गाको विषयमा झगडा भएकाले बोक्सी आरोप लगाएर कुटपिट गरिएको हैन ।’
वडाध्यक्ष गनगाईंले घाइते निको भएर आइसकेपछि गाउँमै घटना मिलाइने बताए । ‘यो त्यत्रो ठूलो घटना हैन’, उनले भने, ‘जे भए पनि कुटपिट भएका कारण उपचार गरेर निको भई बिरामी फर्किएपछि गाउँमै छलफल राखेर आगामी दिनमा कुटपिट नगर्ने सर्तमा दुई पक्षबीच मिलापत्र गरिनेछ ।’
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...




प्रतिकृया लेख्नुहोस्: