Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

अब अवलोकनकर्ताले नारायणहिटी दरबारमा राजारानीले हेर्ने सिनेमा हेर्न पाउने

काठमाडौं । नारायणहिटी दरबार सङ्ग्रहालयमा पुगेका अवलोकनकर्ताहरूले केही समयपछि तत्कालीन राजपरिवारले हेर्ने गरेका सिनेमा तथा डकुमेन्ट्री हेर्न पाउने भएका छन् । नारायणहिटी दरबारको मूल भवनमा दशैँमा टीका थाप्ने कक्षसँग जोडिएको सिनेमा हल दरबार हत्याकाण्डपछि बन्दै छ । दरबार अवलोकर्ताहरूको चासो र उत्सुकता सिनेमा हलप्रति हुने गरेको छ । त्यसैले सो हल खुला गरी अवलोकनकर्ताका लागि सिनेमा प्रदर्शन गर्न नारायणहिटी दरबार सङ्ग्रहालय विकास समितिले तयारी थालको छ ।

आजको गोरखापत्र दैनिकमा खबर छ - सङ्ग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले सिनेमा हलका बारेमा धेरैले जिज्ञासा राख्ने गरेको सुनाउँदै भने, “अब छिट्टै सिनेमा हलका कुर्सीमा बसेर तत्कालीन राजारानीले हेरेका सिनेमा हेर्न पाइनेछ ।” झण्डै २० वर्षसम्म ‘प्रोजेक्टर हल’ रहेको सानो कोठामा सिनेमाका ती रिललाई थन्क्याइँदा ढुसी परेको छ । रिल छोप्ने प्रत्येक भाँडोलाई सङ्ग्रहालयका कर्मचारीहरूले मट्टीतेलले सफा गरिरहेका छन् भने नेपाल चलचित्र संस्थानबाट अवकास पाइसकेका प्राविधिक भरतप्रसाद नेपाल रिललाई सफा गर्नेदेखि अन्य मर्मतका कार्यमा व्यस्त छन् ।

उनले २०२६ सालदेखिका डकुमेन्ट्री तथा केही नेपाली चलचित्रको रिल रहेको बताउँदै भने, “धेरैजसो रिललाई यहीँ सफा गर्न सकिन्छ । कतिपयको अवस्था जीर्ण भएकाले भारतमा पठाउनुपर्ने हुनसक्छ ।” दरबारको सिनेमा हलमा दुईवटा प्रोजेक्टर छन् । तिनलाई सामान्य मर्मतपछि सञ्चालनमा ल्याउन सकिन्छ । सङ्ग्रहालयका कार्यकारी निर्देशक दाहालले सकेसम्म आउँदो वैशाखबाट सिनेमा प्रदर्शन गर्ने तयारी गरिएको बताउँदै थपे, “अवलोकनकर्ताहरूलाई समय तोकेर पालैपालो सिनेमा देखाइनेछ ।” तत्कालीन राजपरिवारका सदस्य एवं शाही नातेदारहरूले प्रायः शुक्रबार सिनेमा हेर्ने गर्नुहुन्थ्यो । विदेशी सिनेमाहरू उपत्यकाका सिनेमा हलबाट रिल राजपरिवारलाई देखाइन्थ्यो । सिनेमामा ११६ वटा सिट छन् । पाँचवटा सोफा राखिएका छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending