Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सोमबार पनि जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक पार्टी मुख्यालय पेरिसडाँडामा सोमबार पनि जारी छ । आइतबार सुरु भएको बैठकको दोस्रो दिन विभिन्न एजेन्डामाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेको छ ।

बैठकमा वर्तमान राजनीतिक परिस्थितिबारे केन्द्रीय कार्यालय र प्रदेश इन्चार्जका तर्फबाट रिपोर्टिङ, छलफल, सुझाव र टिप्पणी, विधान, संगठनात्मक काम र पार्टी अनुशासन कारबाही, कार्यकर्ता भेला, पार्टीको नाम परिवर्तनसहित कम्युनिस्ट पार्टीबीच एकतासम्मका एजेन्डा पेस भएका थिए ।

आइतबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठले वर्तमान राजनीतिक परिस्थितिबारे र सात प्रदेशका इन्चार्जले सांगठनिक अवस्थाबारे रिपोर्टिङ गरेका थिए ।

पार्टी अनुशासनको एजेन्डाअन्तर्गत एमालेमा गएका माओवादी नेताहरूलाई कारबाहीको विषयमा पनि बैठकले निर्णय लिने बताइएको छ । रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साहलगायत नेता स्पष्टिकरण पत्र पठाएको २४ घण्टाभित्र चित्तबुझ्दो जवाफ नआए उनीहरूमाथि कारबाही प्रक्रिया अगाडि बढाउने स्थायी कमिटी बैठकको निर्णय थियो ।
यस्तै, स्थायी कमिटी बैठकले ओली सरकारमा सहभागी रहेका माओवादी तर्फका मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

यस्तै, सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँत्याइदिएलगत्तै माओवादी केन्द्रभित्र नाम परिवर्तनको विषयले प्रवेश पाएको छ । मंगलबार र बुधबार बसेको स्थायी कमिटी बैठकमा नाम परिवर्तनको विषयमा अनौपचारिक छलफलसमेत भएको थियो ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy