Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

दोस्रो वार्षिकोत्सवका अवसरमा सात पत्रकार र एक उद्यमी पुरस्कृत

खोटाङ । तुवाचुङ साप्ताहिक पत्रिकाले आफ्नो दोस्रो वार्षिकोत्सवका अवसरमा सात पत्रकार र एक युवा उद्यमीलाई पुरस्कृत गरेको छ । त्रिधार्मिक धाम हलेसीलाई आधारभूमि बनाएर प्रकाशन भइरहेको उक्त साप्ताहिक सञ्चारकर्मी सूर्य तामाङ, रामधन राई, चिसाङ शेर्पा, दीपक राई, नवीन चाम्लिङ राई, असल चरित्र, शिवकुमार राई र युवा उद्यमी इन्द्र चाम्लिङलाई बुधबार जनही रु १५ हजार राशि सहित सम्मान गरेको हो ।

हलेसी तुवाचुङ नगरपाकिाका नगरप्रमुख इवन राईले पुरस्कार र प्रमाणपत्र प्रर्दै निष्पक्ष पत्रकारिताले समृद्ध समाज निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । साप्ताहिक पत्रिकाले प्रत्येक वर्षको साउन ४ गते वार्षिकोत्सव मनाउँदै आएको थियो । यस वर्ष कोरोना भाइरसका जोखिमका कारण बुधबार वार्षिकोत्सव मनाइएको पत्रिकाका प्रकाशक/सम्पादक दीपेन्द्र राईले जानकारी दिए ।

सो अवसरमा पुरस्कार स्थापनार्थ गरिदिनुहुने राजनीतिकर्मी समिर राई, डिल्ली चाम्लिङ, समाजसेवी पदमकुमार राई, विद्यार्थी रुनिशा राई र तुवाचुङ मारतिका यातायात प्रालिलाई सम्मान गरिएको थियो । गत वर्ष पहिलो वार्षिकोत्सवमा पत्रकार दमन राई, केदार मगर, उत्तम चौलागाईँ, समाजसेवी जनकराज राई, साहित्यकार विक्रम चेतनशील राई र कराँते खेलाडी शेशुका राईलाई पुरस्कृत भएका थिए ।

हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसीलाई आधारभूमि बनाएको तुवाचुङ साप्ताहिक खबर उक्त साप्ताहिक पत्रिकाले जिल्लाका हरेक गतिविधिलाई आफ्नो प्रकाशनमा स्थान दिँदै आएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: