Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

सियारीमा ५० पशुपालक किसानलाई करिब ४९ लाख रकम अनुदान वितरण

बुटवल । रुपन्देहीको सियारी गाउँपालिकाले पशुपालक किसानलाई अनुदान रकम दिएको छ । व्यावसायिकरुपमा गाई र भैँसी पाल्दै आएका ५० किसानलाई रु ४८ लाख ८७ हजार ४०० अनुदान रकम वितरण गरिएको गाउँपालिकाका आर्थिक प्रशासन प्रमुख गणेश खनालले जानकारी दिए ।

गाउँपालिका–४ र ५ का किसानले पशुका लागि रु ४४ लाख १८ हजार र विभिन्न उपकरण तथा सामग्रीबापतको रु चार लाख ६९ हजार ४०० अनुदान रकम पाएका छन् । सोअन्तर्गत लागत साझेदारी कार्यक्रम तथा त्रिपक्षीय साझेदारी कार्यक्रमअन्तर्गत सङ्घीय सरकारको रु २४ लाख ५२ हजार ७०० र गाउँपालिकाको रु २४ लाख ३४ हजार ७०० अनुदान रकम रहेको छ ।

अनुदान प्राप्त गर्न किसानले कम्तीमा पनि दुई थान गाई वा भैँसी पाल्नुपर्ने र समूह बनाउनुपर्ने प्रावधान छ । गाउँपालिकामा अहिले १०÷१० जनाको पाँच समूह रहेको छ । गाउँपालिकामा लागत साझेदारी तथा त्रिपक्षीय साझेदारी कार्यक्रम लागू भएपछि समूह बनाई किसानलाई विभिन्न किसिमका तालीम, उपकरण वितरण, औषधोपचारलगायत काम गर्दै आएको गाउँपालिका अध्यक्ष अयोध्या थारूले बताए ।

अनुदान रकम लिएका किसानलाई रकमको सही ठाउँमा सदुपयोग गर्न गाउँपालिका उपाध्यक्ष अमृता गुरुङले आग्रह गरे । लागत साझेदारी कार्यक्रमअन्तर्गत गाउँपालिकाले पशुपालक किसानलाई १४ विद्युतीय च्यापकटर र ६० थान काउम्याट वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मीनप्रसाद भट्टराईले जानकारी दिए ।

गाउँपालिकाले गाई गोठ, बाख्रा गोठ, कुखुरा खोर सुधार तथा पोखरी निर्माण, विभिन्न कृषि यन्त्र वितरणलगायत कृषि, पशुपक्षी, तरकारी तथा मत्स्यसँग सम्बन्धित किसानलाई समेत अनुदान वितरण गर्दै आएको छ । गाउँपालिकामा अहिले बाच्छी हुर्काउने कार्यक्रमअन्तर्गत बाच्छीको जन्मदर्ता गरिदिने, राम्रोसँग पालनपोषण गरे रु १० हजार अनुदान दिने तथा बीमा, औषधोपपचार गरिने व्यवस्थासमेत लागू गरिएको गाउँपालिकाले जनाएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: