त्रिपोली । लिबियाको राजधानी त्रिपोलीमा बिहीबार तीन ओटा युरोपेली देशका विदेशमन्त्रीहरु पुगेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।
सो समाचारमा इटालीका विदेशमन्त्री लुइगी डि माइयो, फ्रान्सेली विदेशमन्त्री जिन युभास लि ड्रियाना र जर्मनीका विदेशमन्त्री हाइको मास त्रिपोली पुगेको जनाइएको हो ।
उनीहरुले बिहीबार लिबियाको पछिल्लो राजनीतिक अवस्थाका साथै आगामी लिबियामा कूटनीतिक उपस्थितिका विषयमा पनि आवश्यक कुराकानी भएको समाचारमा जनाइएको छ ।
बिहीबार उनीहरुले लिबियाको अहिलेको अवस्थामा युरोपेली देशहरुले के कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा कुराकानी गरेका थिए । उनीहरुका साथमा लिबियाका विदेशमन्त्री पनि रहेको पनि समाचारमा जनाइएको छ । उनीहरुले बिहीबार नै लिबियाका प्रधानमन्त्री अब्दुल हमिद डिबेहसँग भेटवार्ता गरेको थिए ।
उनीसँग त्यस भेटवार्ताका क्रममा अवैध रुपमा लिबियाबाट अवैध रुपमा बाहिर जाने गरेका र लिबिया पुग्ने गरेका आप्रवासीहरुका विषयमा कुराकानी भएको लिबिया सरकारको सूचना विभागले एक विज्ञप्ति प्रकाशन गरेर जानकारी गराएको बताइएको छ ।
त्यस विज्ञप्तिमा लिबियाका विषयमा युरोपेली देशहरुको धारणका साथसाथै लिबियाको विकासका लागि आगामी दिनमा युरोपका देशहरुले के कस्तो विषयमा सहयोग र परामर्श अघि बढाउने भन्ने बारेमा पनि कुराकानी भएको बताइएको छ ।
यसका साथै लिबियाको आगामी आमनिर्वाचनका विषयमा पनि सो क्रममा कुराकानी भएको थियो । प्रधानमन्त्री डिबहीसँग लिबियामा यसै वर्षको अन्त्यतिर हुन लागेको निर्वाचनका विषयमा पनि तीन युरोपेली देशका विदेशमन्त्रीहरुले आवश्यक छलफल गरेको बताइएको छ ।
प्रधानमन्त्रीसँगको सो भेटका क्रममा तीन युरोपेली देशका विदेशमन्त्रीहरुले यो भ्रमण र भेटवार्ता युरोपका देशहरुले लिबियामा सहयोग गर्न चाहेको विषयमा सन्देश पनि भएको बताएको पनि सो विज्ञप्तिमा जनाइएको छ ।
युरोपका ती देशहरु लिबियामा शान्ति र स्थायित्वका लागि सहयोग गर्न चाहेको र आगामी दिनमा पनि यसै विषयमा सहयोग अघि बढाउन इच्छुक रहेको पनि उनीहरुले जनाएका थिए ।
उनीहरुले भनेको थियो कि लिबियामा शान्ति र स्थायित्व आवश्यक छ र यसका कारणले लिबियाका अरु छिमेकी देशहरुमा पनि लिबियाको स्थायित्वले सहयोग पुर्याउने छ । लिबियामा हालैमात्र नयाँ सरकार गठन भएको छ ।
संयुक्त राष्ट्रसंघको सहमतिमा लिबियामा हालैमात्र नयाँ सरकार गठन भएको हो । सो सरकारको काम आगामी डिसेम्बरमा आम निर्वाचन सम्पन्न गराउने रहेको छ ।
लिबियाको अवस्थामा सुधार ल्याउनका लागि संयुक्त राष्ट्रसंघको सहमतिमा यो नयाँ सरकार निर्माण भएको हो । यस सरकारले आगामी डिसेम्बर २४ का लागि आह्वान गरिएको आम निर्वाचन सम्पन्न गराउने भएको हो ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: