Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

गुलाफ काँडासँगको दैनिकी : ‘पेशाप्रति खुशी र उत्साहित छौँ’

काठमाडौं :

‘फूलको आँखामा फूलै संसार
काँडाको आँखामा काँडै संसार...’

कवि एवं गीतकार दुर्गालाल श्रेष्ठको शब्दमा आनी छोइङ डोल्माको गायन रहेको यो सिर्जना सबै नेपालीबीच लोकप्रिय एवं कालजयी गीत हो । सकारात्मक सोच बनाए संसार सुन्दर छ, खराब दृष्टिले हेर्यो भने संसारमा खराबै मात्रै देखिन्छ भन्ने भावको यस गीतसँग रामबहादुर र श्रीमती बिमला सुनुवारले शुरु गरेको पुष्प व्यवसाय, गरिरहेको सङ्घर्ष र प्राप्त सन्तुष्टिलाई तालमेल गरेर हेर्न सकिन्छ ।

\"\"

खासगरी फूल उत्पादन गर्ने क्रममा सुनुवार दम्पतीका हातलाई गुलाफका काँडाले जति नै घोचेर छिया–छिया बनाए पनि बगैँचामा कोपिला हाल्दै गरेको ढकमक फूल देखेपछि उनीहरु हर्षले फुरुङ्ङ छन् । विवाह र अरु स्वागत समारोहका लागि समयमै सहजरूपमा गुलाफका उत्पादन बजार पठाउन पाउँदा सबै दुःख बिर्सेर खुशीले उत्साहित हुने गरेको अनुभव सुनुवार दम्पतीले सुनाए ।

फक्रँदै गरेको गुलाफको कोपिला प्रेमी र प्रेमिकाबीच आदान–प्रदानमा प्राप्त हुने आनन्दको अनुभूति जत्तिकै रमाइलो र खुशीको अनुभव गुलाफ बग्रेल्ती फुल्दै गर्दा गर्न सकिने राम र बिमलाको प्रतिक्रिया छ । नयाँ वर्ष मनाउँदै गरेका युवा–युवतीलाई मात्र होइन, विभिन्न सभा, सम्मेलन, समारोहका अतिरिक्त तारे होटलमा समेत सजावटका लागि पछिल्ला वर्षमा गुलाफको फूल लोकप्रिय बन्दै आएको छ ।

उत्पादन समयका हिसावले गुलाफका फूल निस्कने यो मध्य बेला हो । फूल भनेको आखिर गुलाफ नै भन्ने आमजनभावना पनि छ । गुलाफलाई प्रेमको प्रतीकका रूपमा लिने गरिन्छ ।

सिन्धुलीको ध्याङलेक घर भई भक्तपुर चाँगुनारायण नगरपालिका–२ मा बसोबास गर्दै आएको सुनुवार दम्पतीले १० रोपनी जग्गा भाडामा लिएर ‘जेनियून कट फ्लावर’ नाम दिएर गुलाफ खेती गर्दै आएको छ । गुलाफ उत्पादन गर्ने क्रममा कयौँ पटक काँडाले कोरेर रक्ताम्य भई दुःख पाए पनि सप्तरङ्गी गुलाफले अरुलाई सजाउन पाउँदाको क्षण सबैभन्दा अमूल्य र अविस्मरणीय हुने उनीहरुको धारणा छ । परिचित जागरुक केही युवाले ललितपुरको गोदावरीमा गरेको पुष्प व्यवसायबाट प्रेरित भई रमाइलो मान्दै पुष्प व्यवसायमा प्रवेश गरेको सुनुवार दम्पती पेशाप्रति सन्तुष्ट मात्र होइन, उत्साहितसमेत देखिएको छ ।

बिमलाले भन्छिन्, “घर व्यवहार धान्न र बालबच्चालाई गुणस्तरीय शिक्षा दिन अरु केही कृषि कर्म गर्ने सोच बनाएका थियौँ, काम भने थलिएको थिएन, एकाएक गुलाफ उत्पादन गरौँ भन्ने इच्छा जाग्यो, अहिलेसम्म आइपुग्दा ठिकै गरिएछ भन्ने लागेकोछ, सन्तुष्ट र उत्साही छौँ ।”

सुझबुझपूर्ण र वैज्ञानिक ढङ्गबाट बगैँचाका लागि प्लाष्टिकको सेड बनाएर लगाइएको गुलाफ अहिले मनै लोभ्याउने गरी ढकमक्क फुलेको छ । रातो, पहेँलो, सेतो, सिन्दुरे र तीन प्रकारका गुलाबी रङका फूलले बगैँचा शोभायमान बनाएको छ । यतिबेला बगौँचामा पुग्ने जो कोहीको मन गुलाफ हेरेपछि फुरुङ्ङ हुन्छ । व्यवसाय विस्तार गर्ने क्रममा विमलाले यसपटक बगैँचामा दुई हजारको सङ्ख्यामा गुलाफका बेर्ना थप गरेका छन् ।

उन्नत जातका बेर्ना एक पटक लगाइसकेपछि छ वर्षसम्म राम्रो उत्पादन दिने र वर्षैपिच्छे बोट छाँट्ने र पाउला आउने क्रम जारी रहन्छ । गुलाफका हाँगा काटेर निकालेपछि डेढदेखि दुई महिनाभित्रै फेरि अर्को हाँगाबाट फूल उत्पादन शुरु हुन्छ । यो क्रमले करिब नौ महिना निरन्तता पाउँछ ।

प्रत्येक पुस महिनामा सबै बोट काँटछाँट गरिँदा माघ र फागुनमा भने फूलको उत्पादन हुँदैन । नयाँ बिरुवा पनि सोही समयमै रोपिन्छ । गुलाफबाट राम्रो उत्पादन लिन दैनिकरूपमा पानी र सन्तुलितरूपमा गोबर एवं रासायनिक मल दिनुपर्छ । फूल्ने बेलामा भिटामिन र पाउडरी रोगका लागि औषधि समयमै छर्कन आवश्यक हुने उनले बताइन । कतिपय बेला गुलाफका मुना किराले खाइदिने हुनाले समयमै निदान नभएमा उत्पादनमा धक्का लाग्न सक्छ । बिमलाले बताइन, “वर्षैभर गुलाबका बोटका काँडासँगै दैनिकी बिते पनि व्यवसायप्रति एकदमै सन्तुष्ट र खुशीँ छौँ ।”

कोपिला लागेसँगै काँडाले कोरोको सबै बिर्सिन्छ

रामबहादुर भन्छन्, “उत्पादन, बजार र मूल्यले साथ दिएमा अन्य खेतीका तुलनामा गुलाफबाट बढी आम्दानी हुन्छ, बगैँचामा फक्रँदै गरेको कोपिला देखेपछि काँडाले कोरेको सबै बिर्सिइन्छ । गुलाफमै घरपरिवारका सबै संलग्न र निर्भर हुने कुरा सामान्य होइन, यो गजबको पेशा हो ।”

सुनुवार दम्पतीको पुष्प व्यवसायलाई कलेज पढिरहेका छोरा, छोरी, बुहारी र अरु दुई कामदार कर्मचारीले सहयोग पुर्याइरहेका छन् । उनी भन्छन्, “फूल राम्रो भइदियो र कोरानाका कारण लकडाउन भइदिएन भने हामी पेशाबाट सन्तुष्ट नै छौँ ।”

्काठमाडौँ थापाथलीस्थित थोक बजारमा लगेर बेच्दा हाल सुनुवार परिवारले सरदर प्रतिगुलाफ रु १८ देखि २० प्राप्त गर्दैआएको छ । विवाहको साइत धेरै भएका महिना र अन्य समारोह बाक्लो आयोजना हुँदा प्रतिगुलाफ रु ३५ सम्म प्राप्त गरेको कृषक सुनुवारले रासस प्रतिनिधिलाई जानकारी दिए ।

पछिल्ला वर्षमा विवाहमा बेहुला–बेहुलीलाई माला र प्रेम दिवस (भ्यालेन्टाइन डे)मा गुलाफको माग धेरै हुँदैआएको पुष्प व्यवसायी बताउँछन् । हालसम्म यहाँ उत्पादित गुलाफ विदेश निर्यात भएको छैन । भारतबाट ठूलो मूल्यका गुलाफ नेपाल भित्रिँदै आएको छ । बिमलाले बताइन, “हाम्रो उत्पादनले नेपाललाई नै पुग्दैन । अहिलेसम्म बजारको समस्या छैन । यद्यपि थोक बजारमा लगेका सामान व्यापारीले मनमौजीमा भाउ लगाउँछन् । पुष्प व्यवसायलाई प्रोत्साहन गर्ने हो भने किसानले मूल्य तोक्न पाउने परिस्थिति निर्माण गर्नुपर्छ, सरकारबाट व्यवस्थित बजारको अपेक्षा गरेका छौँ ।”

किसानको श्रमको सम्मान र पेशालाई प्रोत्साहन गरी जीवन्त दिलाउन राहत र सुविधाका कुरा बारम्बार सुनिए पनि सहयोग र सहुलियत प्राप्त गर्न नसकेको उनीहरुको भनाई छ । अनुदान र सहुलियतको कुरा परै जाओस् अघिल्लो वर्ष लकडाउन हुँदा धेरै फूल फाल्नु परेको घटना सुनाउँदै विमलाले भनिन्, “वैशाखदेखि भदौसम्मका उत्पादन खेर जाँदा व्यवसायबाट माथि उठ्नै नसकिने हो कि भन्ने अत्यास भयो, आगामी दिनमा हाम्रा लागि त्यस्तो अवस्था नदोहोरियोस् ।”

रामबहादुर भन्छन्, जब बगैँचामा विभिन्न रङका गुलाफ ढकमक्क फुल्छ, दिनदिनै काटेर बजार लान र परिश्रमको उचित मूल्य पाइन्छ, त्यो बेला धेरै आनन्द र असाध्यै खुशी लाग्छ, काँडाले घोचेको बिर्सन्छौँ, फूलै फूल मात्र देख्छौँ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: