काठमाडौं । पर्वतारोहण तथा ट्रेकिङ क्षेत्रमा ‘फेक रेस्क्यु’ गरी अवैध बिमा रकम दाबी गरेको अभियोगमा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले १० जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
अनुसन्धानमा लाजिम्पाटस्थित श्रृद्धि इन्टरनेसनल अस्पताल र धोबीखोला करिडोरमा रहेको स्वाकन अस्पताल को संलग्नता खुलेको छ । श्रृद्धिका सञ्चालक डा. गीर्वाणराज तिमिल्सिना थुनामा छन् ।
ट्रेकिङ र ट्रान्सपोर्ट कम्पनीका सञ्चालकहरू पनि पक्राउ परेका छन् । उनीहरूले सन् २०२२ यता ३१७ विदेशी पर्यटकलाई योजनाबद्ध रूपमा उच्च हिमाली क्षेत्रबाट उद्धार गरेको देखाई हेलिकप्टरमार्फत काठमाडौं ल्याएर अस्पताल भर्ना गर्ने, नक्कली मेडिकल रिपोर्ट बनाउने र बिमा रकम दाबी गर्ने गरेको आरोप छ ।
सीआईबीका अनुसार कतिपय अवस्थामा पर्यटकलाई अस्पतालको बेडमै बियर खुवाएर राखिएको र बिमा प्रक्रिया नसकिएसम्म पासपोर्ट जफत गरिएको पाइएको छ । अस्पताल भर्नाको रेकर्ड देखाइए पनि केही पर्यटक होटलमा बसेको तथ्यसमेत भेटिएको छ ।
प्रकरणमा हवाई व्यवस्थापन विज्ञ राजेन्द्रबहादुर सिंहलाई पनि पक्राउ गरिएको छ । उनीमाथि प्रमाण लुकाउन सघाएको र मुद्दा मिलाउन पहल गरेको आरोप छ ।
प्रहरीले आरोपितहरूविरुद्ध राष्ट्रहित प्रतिकूल काम, ठगी तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान अघि बढाएको जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २५ गते, २०८२ - १४:३१
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...
चैत्र २५ गते, २०८२ - १४:२६
काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ। इन्धनको मूल्यमा भएको उतारचढाव तथा अन्य प्राविधिक सूचकलाई आधार मान्दै नयाँ भाडादर निर्धार...
चैत्र २५ गते, २०८२ - १४:२२
काठमाडौं । पश्चिम नेपालबाट पानी पार्ने अर्को प्रणाली भित्रिएको मौसम महाशाखाले जनाएको छ। महाशाखाले आज (बुधबार) दिउँसो १:२० बजे सूचना जारी गरी वर्षा गरा...
चैत्र २५ गते, २०८२ - १४:२०
काठमाडौं । दार्चुलाको व्यास गाउँपालिका–२ दुम्लिङ पुगेका हर्क साम्पाङले तुइन विस्थापनको अभियानअन्तर्गत झोलुङ्गे पुल निर्माणको सुरुवात गरेका छन्। उनले घ...
चैत्र २५ गते, २०८२ - १४:१४
कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा १० प्रतिशतले गरिबी बढेकामा प्रदेश सरकारले चिन्ता व्यक्त गरेको छ । दोस्रो पञ्चवर्षीय योजनालाई अन्तिम रूप दिने चरणमा र...
चैत्र २५ गते, २०८२ - १४:१२
काठमाडौं । युद्धविराम पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अब पुनर्निर्माण गर्न सक्ने बताएका छन्, जसको लागि अमेरिकाले पनि सहयोग गर्नेछ। ड...
चैत्र २५ गते, २०८२ - १३:५६
काठमाडौं । सरकारले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय गरेपछि त्यसविरुद्ध प्रतिनिधि सभामा आवाज उठेको छ। बुधबार बसेको प्...
चैत्र २५ गते, २०८२ - १३:५३
म्याग्दी । बेनी नगरपालिका–४ राक्सेमा रु तीन करोड ५० लाखभन्दा बढीको लागतमा सिङ्गा तातोपानी प्रहरी चौकीको भवन निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको ...
चैत्र २५ गते, २०८२ - १३:०८
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पक्र...
चैत्र २५ गते, २०८२ - १२:४५
विराटनगर । विराटनगर विमानस्थलमा बुधबार बिहान ५५ जना सवार रहेको विमान दुर्घटनाग्रस्त भएको परिकल्पनासहित पूर्णस्तरीय उद्धार अभ्यास गरिएको छ। नागरिक उ...


प्रतिकृया लेख्नुहोस्: