काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलले रामपुर कृषि क्याम्पस, चितवनमा नेपाल विद्यार्थी सङ्घका विद्यार्थीमाथि भएको साङ्घातिक हमलाको निन्दा गरेको छ ।
कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले आज विज्ञप्तिमार्फत घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल खोजी गरी कारवाही गर्न र शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गरेका छन् ।
साथै उनले शैक्षिक क्षेत्रलाई प्राज्ञिक थलोका रुपमा विकास गर्न, शान्तिपूर्ण विचार प्रकट गर्ने एवं ज्ञानको खोजी तथा अनुसन्धान गर्न सक्ने संस्था बनाउनसमेत आग्रह गरेका छन् । ‘शिक्षण संस्थाहरु भनेका ज्ञान आर्जन गर्ने थलोमात्र नभई स्वतन्त्र र निर्भयपूर्वक शिक्षण गर्ने शान्ति क्षेत्र पनि हो । यसरी शान्ति क्षेत्रमा नै हतियारसहित आक्रमण हुनु अत्यन्त दुःखद पक्ष हो । हातियारसहित विद्यार्थीहरुमाथि आक्रमण हुँदा पनि स्थानीय प्रशासन मुकदर्शक बनेर बस्नु लज्जास्पद विषय हो । प्रशासनको यो लाचारिताप्रति कांग्रेस संसदीय दल गम्भीर आपत्ति प्रकट गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।
हतियारधारी समूहको आक्रमणबाट दीपेश बानियाँ, खेमराज उपाध्याय, सोनाम लामा र हिमाल आचार्य घाइते हुनुभएको जानकारी गराउँदै प्रमुख सचेतक खाणले उनीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: