NTC Banar
Khabar Dabali १२ चैत्र २०७९ आईतवार | 26th March, 2023 Sun

ठाकुर र महतोले किन बोलाए आफूनिकट सांसदलाई काठमाडौं ?

खबरडबली संवाददाता

ठाकुरनिकट एक नेताका अनुसार पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्दै ‘कसरी अघि बढ्ने ?’ विषयमा छलफलका लागि नेतालाई काठमाडौं बोलाउने निर्णय भएको छ

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले आफूनिकट सांसद तथा पार्टी कार्यकारिणी समिति सदस्यलाई काठमाडौं आउन निर्देशन दिएका छन्।

संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, पार्टी अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईले गत १४ वैशाखमा पार्टी कार्यकारिणी समिति बैठक बसेर ‘आफ्नो पक्षमा बहुमत सदस्य रहेको’ दाबी गरेपछि ठाकुर–महतो समूहले आफूनिकट नेतालाई काठमाडौं बोलाएका हुन् ।

बबरमहलस्थित तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल कार्यालयमा बसेको अनौपचारिक बैठकले पार्टी संघीय सांसद र कार्यकारिणी समिति सदस्यलाई ‘तत्काल काठमाडौं बोलाउने’ निर्णय गरेको हो। १० वैशाख २०७७ मा अध्यादेशका कारण एकीकरण भएको जसपा एक वर्षपछि फेरि प्रधानमन्त्री ओलीलाई ‘विश्वासको मत दिने कि नदिने ?’ भन्ने विवादले फुटउन्मुख छ ठाकुरनिकट एक नेताका अनुसार पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्दै ‘कसरी अघि बढ्ने ?’ विषयमा छलफलका लागि नेतालाई काठमाडौं बोलाउने निर्णय भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘विश्वास मत दिने कि नदिने ? लुम्बिनी प्रदेश प्रकरणबारे छलफल गरेर अगामी रणनीति बनाउन नेतालाई बोलाइएको छ।

भट्टराई, यादव र राई समूहले गत १४ वैशाखमा कार्यकारिणी समितिको बहुमत सदस्य बैठक राखेर लुम्बिनी प्रदेशका आफ्ना चार सांसदलाई कारबाही र प्रधानमन्त्री ओलीको विकल्पमा नयाँ सरकार बनाउने निर्णय सार्वजनिक गरेपछि थप रणनीति बनाउन ठाकुर–महतो समूह जुटेका छन्।

प्रधानमन्त्री ओलीको विकल्पमा प्रमुख प्रतिपक्षी कांग्रेस र नेकपा (माओवादी केन्द्र)सँग मिलेर सरकार बनाउने रणनीतिमा भट्टराई, यादव र राई समूह रहेको छ । यादवनिकटका नेताका अनुसार ‘ओली सरकारलाई कुनै पनि हालतमा समर्थन गर्न नसकिने भएकाले नयाँ सरकार निर्माणमा आफूहरू अघि बढ्ने बहुमत सदस्यले निर्णय गरिसकेका’ छन्।

लुम्बिनी प्रदेशमा ओलीनिकटका मुख्यमन्त्री शंकर पोखरेललाई समर्थन गरेका ठाकुरनिकट चार सांसदलाई यादव समूहले कारबाही गरिसकेको छ। कारबाही भएको सूचना प्रदेश संसद् सचिवालयले सार्वजनिक गरेकै दिन ठाकुरले ‘कोही कसैलाई कारबाही नगरिएको’ विज्ञप्ति जारी गरेका थिए।

जसपा कार्यकारिणी समिति सदस्य रामसहाय यादवले गत १४ वैशाखमा पार्टीले गरेको निर्णय सबैले कार्यान्वयन गर्ने विश्वास व्यक्त गरे। बैठक बस्ने विषयमा छलफल हुँदा नबस्ने केही नेताले अडान लिएपछि बहुमत सदस्य बैठक बसेर निर्णय गरेपछि ‘त्यही नै आधिकारिक भएको’ दाबी उनको छ।

तर, जसपा कार्यकारिणी समितिका अर्का सदस्य लक्ष्मणलाल कर्णले बैठकका नाममा घरघर पुगेर हस्ताक्षर संकलन र पार्टीको निर्णय भन्नु फर्जी काम भएको बताए। गत १४ वैशाखमा पार्टीको कुनै पनि बैठक नै नबसेको बताउँदै उनले केही नेताबाट ‘फर्जी’ काम भएकाले स्वीकार गर्न नसकिने प्रस्ट पारे।

पछिल्लो समय जसपाभित्र दुवै समूहले आफूहरू बहुमतमा रहेको दाबी गर्दै आएका छन्। प्रधानमन्त्री ओलीले गत २०७७ वैशाखमा राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि रातारात राजपा र समाजवादी पार्टीबीच एकीकरण भएको थियो।
१० वैशाख २०७७ मा अध्यादेशका कारण एकीकरण भएको जसपा एक वर्षपछि फेरि प्रधानमन्त्री ओलीलाई ‘विश्वासको मत दिने कि नदिने ?’ भन्ने विवादले फुटउन्मुख छ।

ठाकुर र महतो समूहले प्रधानमन्त्री ओली मधेसका माग सम्बोधन गरिरहेकाले समर्थन गर्ने पक्षमा रहेका छन् भने भट्टराई, यादव र राई समूह ओली प्रतिगामी भएकाले उनको विकल्प खोजी गरिरहेका छन्।

यसैबीच, आगामी २७ वैशाखमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने भएपछि सो विषयलाई लिएर जसपा स्पष्ट रूपमा दुई ध्रुुवमा विभाजित भएको छ। दुवै समूह बहुमत जुटाउने कसरतमा छन्।

 राजधानी दैनिकबाट

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बायर्नको मुख्य प्रशिक्षकमा टुचेल नियुक्त

काठमाडौं। जर्मन क्लब बायर्न म्युनिखले जुलियन नागेल्समनलाई बर्खास्त गरेर नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको छ।बायर्नले मुख्य प्रशिक्षकमा ४९ वर्षीय जर्म...

आजदेखि मिथिलामा वासन्ती छठ पर्व सुरु

महोत्तरी। मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ (बोलिचालीमा चैती छठ) पर्वको विधि आज सुरु भएको छ। चैत शुक्ल चतुर्थी (चौथी)देखि सप्तमीसम्म च...

कोशी प्रदेश नामाकरण विवाद : चैत ५ को घटनाबारे छानविन गर्न समिति गठन गरिने

काठमाडौं । कोशी प्रदेश नामाकरण विवादपछि चैत ५ गते भएको घटनाको छानविन गर्न सरकारले समिति गठन गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को...

कस्तो छ उपमहासचिव पुनको स्वास्थ्य अवस्था ?

काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा सुधार आएको छ । जटिल प्रकारको वंशाणुगत जन्डिसबाट पीडित उनी रोग बल्झिएपछि गत फागुन १ दे...

सुर्खेत उडेको बुद्दको जहाजमा समस्या आएपछि काठमाडौंमा अवतरण

काठमाडौं । काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि उडेको केही समयमै अवतरण गरेको छ ।   शनिबार बिहान बुद्ध एयरको यु–४१३३ ...

जनयुद्दका ८ हजार बढी शहिदको नाम राजपत्रमा प्रकाशित (हेर्नुहोस् नामावली)

काठमाडौं। नेपाल सरकारको मन्त्रिपरिषद बैठकले निर्णय गरेअनुरूप सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूको नामावली नेपाल राजपत्रमा ...

आजको मौसम –मेघ गर्जन सहित हल्का वर्षा

काठमाडौं । हाल देशका विभिन्न क्षेत्रमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पनि देशको प...

युवामाथि सिंगो राष्ट्रको भरोसा छ : प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवामाथि सिंगो राष्ट्रको आशा र भरोसा रहेको बताएका छन्। टुँडिखेलमा आज आयोजित राष्ट्रिय सेवा दलद्वारा...

राष्ट्रपति भण्डारीद्वारा अस्पतालको नवनिर्मित भवन उद्घाटन

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले बागमती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पतालको नवनिर्मित  भवनको आज उद्घाटन गर्नुभएको छ । यहाँ आयोज...

गैँडाको आक्रमणबाट मृत्यु

काठमाडौं । पूर्वी चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नं ९ का ६० वर्षीय चन्द्रबहादुर तामाङ छन् । ...

अरु धेरै
Dish home detelpage

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Dish home detel page1 Salt Trending Detail Page