नयाँदिल्ली। भारतको सबैभन्दा ठूलो एयरलाइन इन्डिगोले दर्जनौँ उडान रद्द तथा स्थगित गरेपछि शुक्रबार देशका प्रमुख विमानस्थलमा गम्भीर अव्यवस्था देखिएको छ । नयाँ कार्यघण्टा नियम लागु भएपछि उत्पन्न व्यवधानले यात्रु उडान रद्द, ढिलाइ र जानकारी अभावका कारण ठुलो कठिनाइमा परेका छन् ।
विमानस्थलमा यात्रु भुइँमा सुतिरहेको, लगातार घण्टौँ लाइनमा उभिएको र एयरलाइनबाट स्पष्ट जानकारी नपाएको दृश्य देखिएका छन् । यो अव्यवस्था लगातार चौथो दिन कायम रहेको छ । सरकारले थकान र सुरक्षा सम्बन्धी चिन्तालाई ध्यानमा राखेर चालक दल तथा पाइलटको विश्राम अवधि बढाउने र राति उडान सीमित गर्ने नयाँ नियम ल्याएको थियो ।
यसको दोस्रो चरणका नियम नोभेम्बरदेखि लागु भएको र इन्डिगोले समयमै आफ्नो रोस्टर प्रणाली अनुकूल गर्न नसकेको स्वीकार गरेको छ । बिहीबार मात्र ३०० भन्दा बढी उडान रद्द भएका थिए र सयौँ ढिलाइ भए । नयाँदिल्ली विमानस्थलले शुक्रबार मध्यरातिसम्म सबै घरेलु इन्डिगो उडान रद्द हुने विज्ञप्ति जारी गरेको छ ।
अन्य प्रमुख एयरलाइन्स जस्तै एयर इन्डियामा यस्ता समस्या देखिएका छैनन् । इन्डिगोले भारतभित्र दैनिक दुई हजार ३०० भन्दा बढी उडान सञ्चालन गर्छ र ६५ प्रतिशत घरेलु बजार नियन्त्रण गर्छ । कोलकाताका ज्येष्ठ नागरिक सजल बोस आफ्नी श्रीमतीसँग दिल्ली जानका लागि तयारीमा थिए तर उडान उडान समयभन्दा एक घण्टा अघि नै रद्द गरिएको थियो ।
उनले अहिले नौ घण्टाको रेल यात्रा गरेर बागडोगरा पुगेर अर्को एयरलाइनमार्फत दिल्ली जाने योजना बनाउनु परेको बताए। “यो अत्यन्तै गैरजिम्मेवारपूर्ण र सम्पूर्ण लापरबाही हो । हामी जस्ता वृद्ध व्यक्तिका लागि झनै कठिन”, उनले भने। इन्डिगोका प्रमुख कार्यकारी अधिकृत पिटर एल्बर्सले यस हप्ताको एक आन्तरिक इमेलमा क्षमा याचना गर्दै प्राविधिक समस्या, तालिका परिवर्तन, खराब मौसम, भीडभाड र नयाँ नियमको प्रभावका कारण उडान अव्यवस्था भएको स्वीकार गरेको छन् ।
भारतको नागरिक उड्डयन मन्त्रालयले जारी गरेको वक्तव्यमा समस्याको मुख्य कारण एयरलाइनको योजना निर्माणमा भएको त्रुटि र गलत मूल्याङ्कन रहेको बताइएको छ। एअरलाइनले पनि दोस्रो चरणका नियम लागु गर्दा चालक दल व्यवस्थापनमा परेको असर आफूहरूको अनुमानभन्दा धेरै ठुलो भएको स्वीकार गरेको छ ।
इन्डिगोले नयाँ नियम लागु गर्न अस्थायी छूट मागेको छ । सुधारात्मक कदम चालिरहेको सरकारलाई जानकारी गराएको छ । कम्पनीले फेब्रुअरी १० सम्म पूर्ण सञ्चालन पुन: स्थापना हुने दाबी गरेको छ । आगामी केही हप्तामा थप रद्द तथा ढिलाइ हुने सम्भावना रहेको बताउँदै इन्डिगोले डिसेम्बर ८ देखि उडान सङ्ख्या घटाएर अव्यवस्था न्यून गर्ने निर्णय गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - १७:०५
काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। यो मन्त्रिपरिषद्को नियमित बैठक भएको जनाइएक...
पौष ११ गते, २०८२ - १६:५५
काठमाडौँ । आगामी निर्वाचनमा सहकार्य कसरी गर्ने भन्नेबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बा...
पौष ११ गते, २०८२ - १६:४०
बाँके। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रको प्रमुख अङ्गहरु कमजोर बनाउन विभिन्न तहबाट प्रयास गरिएको बताएको छन् । राष्ट्रिय बाणिज्य बै...
पौष ११ गते, २०८२ - १६:२८
सर्लाही। नवलपुर–मलङ्गवा सडक अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा शुक्रबार दिउँसो ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएपछि अवस्था तनावग्रस...
पौष ११ गते, २०८२ - १६:१८
काठमाडौं । ङ्गलादेश प्रिमियर लिग (बीपीएल)को पहिलो खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछानेले दुई विकेट लिएको छन् । सन्दीप आबद्ध टिम राजशाही वारियर्स...
पौष ११ गते, २०८२ - १६:०५
काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टी संरक्षक तथा ऊर्जा म...
पौष ११ गते, २०८२ - १५:३०
काठमाडौँ । जेनजी घटनाको छानबिन गर्न गठन गरिएको आयोगका अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्की र अन्य सदस्यलाई पदमुक्त गर्न माग गरिएको रिट सर्वोच्च अद...
पौष ११ गते, २०८२ - १५:१९
काठमाडौँ । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न क्षेत्रहरूबाट सिफारिस भएका छन्। तर उनी कुन...
पौष ११ गते, २०८२ - १५:०७
काठमाडौँ । गृह मन्त्रालयले शुक्रबार १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र कारागार व्यवस्थापन विभागका महानिर्देशकमा हेरफेर गरेको जानकारी दिएको छ।...
पौष ११ गते, २०८२ - १४:५२
काठमाडौँ । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्रमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले राष्ट्रपति कार्यालयमा आज आयोजित शपथ ...




प्रतिकृया लेख्नुहोस्: