काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने मिति नजिकिदै गर्दा एमाले अध्यक्ष समते रहेका उनले आज आकस्मिक स्थायी समिति बैठक बोलाएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बैठक बोलाइएपनि अझैसम्म शुरु भएको छैन । प्रधानमन्त्रीका सचिवालयका एक सदस्यले जनाए अनुसार केही बेरमा बैठक शुरु हुने बताइएको छ । विपक्षी गठबन्धनले राजनीति घेरा कसिलो बनाउँदै लगिएको अवस्थामा आकस्मिक बैठक बोलउनुलाई अर्थपूर्णरुपम हेरिएको छ ।
स्थायी कमिटीका एक सदस्यका अनुसार आजको बैठकमा आगामी बैशाख २७ प्रधानमन्त्रीले लिने विस्वासको मत, बैशाख ६ गते हुने वागमतीको राष्ट्रिय सभा सदस्य निर्वाचन लगायतका विषयमा छलफल हुने भएपनि पार्टीभत्र माधव समूहलाई कारवाही गर्ने नगर्ने बारे केही खुलाइएको छैन ।
माधव समूहले विपक्षी गठबन्धनसंग मिलेर राष्ट्रिय सभा उप चुनावमा संघीय विज्ञ डा. खेमलाल देवकोटालाई उमेद्वार बनाएपछि प्रधानमन्त्री ओली झस्किएका छन् । दुई दिन यता माधब नेपाल विपक्षी गठबन्धनका शीर्ष नेतासंग गोप्य भेटघाटमा व्यस्त रहेका छन् । सोही सूचना पाएका प्रधानमन्त्री ओलीले हिजै कांग्रेस सभापति शेरबाहादुर देउवालाई भेट्न दलबल सहित देउवा निवास पुगेका थिए ।
बैशाख १० गते बसेको एमाले केन्द्रीय कमिटी बैठकले माधव समूहका ३० जनालाई स्पष्टिकरण सोधेको छ । कर्णाली प्रदेशका ४ जनालाई पार्टीबाट निष्काषन गरेको थियो । सोही बैठकले ओली पक्षीय १९ सदस्य स्थायी कमिटी गठन गरेको थियो । माधव समूहका नेताहरुलाई थप कारवाही गर्ने जिम्म स्थायी ममिटीलाई दिएको थियो ।
प्रधानमन्त्री ओलीले यही बैशाख २७ गते संसदबाट विश्वासको मत लिने घोषणा गरेका छन् । नेपाली कांग्रेसले प्रधानमन्त्रीको विपक्षमा मत हाल्ने निर्णय गरिसकेको छ ।
यस्तै, माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । पार्टीभित्रकै माधव समूहले प्रधानमन्त्री ओली फागुन २८ गतेको निर्णयबाट ब्याक नभए सामूहिक राजिनामा दिने निष्कर्षमा पुगेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २५ गते, २०८२ - ०७:५६
काठमाडौं । सर्वोच्च अदालतले भावनात्मक, सहयोगात्मक र सम्पर्कको आधारमा मात्रै पति–पत्नीको सम्बन्ध कायम गर्न नमिल्ने व्याख्या गरेको छ । चेतना लोकसम पुनरा...
पौष २५ गते, २०८२ - ०७:५२
काठमाडौं । रौतहटको गौरमा २७ जनाको हत्या भएको घटनामा प्रहरीले १९ वर्षपछि अनुसन्धान अघि बढाएको छ । सर्वोच्च अदालतबाट जारी परमादेशको पूर्णपाठ ७ पुसमा प्र...
पौष २५ गते, २०८२ - ०७:४४
गोरखा । नेपाली कांग्रेस जिल्ला कार्यसमिति, गोरखाले पार्टीको ‘विशेष महाधिवेशन’मा गोरखा जिल्लाबाट सहभागी हुन आज सबै महासमिति सदस्य एवं प्रतिनिधिहरूलाई आ...
पौष २५ गते, २०८२ - ०७:४२
काठमाडौँ । नेपाल सरकारले भेनेजुएलामा हालै भएका घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ । परराष्ट्र मन्त्रालय बुधबार विज्ञप्तिमार्फत सम्बन्धित सबै ...
पौष २५ गते, २०८२ - ०७:३८
काठमाडौँ । निर्वाचन आयोगले कुनै राजनीतिक दललाई देशभरका मतदाताको विवरण आवश्यक परेको खण्डमा निश्चित शुल्क तिरेर उपलब्ध गराउने व्यवस्था गरेको छ । आयोग...
पौष २५ गते, २०८२ - ०७:३६
झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्लामा सात हजार ५०० सुरक्षाकर्मी परिचालन गरिने भएको छ । निर्वाचनमा सुरक्षाको भरपर्द...
पौष २५ गते, २०८२ - ०७:२१
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले आज आफ्नो समूहका केन्द्रीय सदस्यहरूको भेला गर्दैछ । पार्टीमा विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने ...
पौष २५ गते, २०८२ - ०७:१७
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही पुस २३ गते बिहान १०ः०० बजेदेखि बिहीबार बिहानसम्म देशभर १९ वटा विपद्का...
पौष २५ गते, २०८२ - ०७:१५
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३...
पौष २५ गते, २०८२ - ०७:१२
काभ्रेपलाञ्चोक । पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा करिब नौ हजार क्यूआर कोडसहितको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापिएको छ...




प्रतिकृया लेख्नुहोस्: