Ntc summer Offer
Khabar Dabali ९ आश्विन २०८० मंगलवार | 26th September, 2023 Tue

खनाल–नेपाल समुहमा कोको छन् सांसद ? ओलीलाई के फरक पर्छ सामुहिक राजिनामाले ? 

ओली दम्भको उत्कर्ष, सत्ताबाट गलहत्तिदै !

खबरडबली संवाददाता

नेपाल  पक्षका २१ सांसदले राजिनामा दिँदा ओली अल्पमतमा पर्छन । एमालेको सांसद संख्या घटेर १ सय २१ बाट १ सयमा झर्छ । अब ओलीलाई बहुमत सिद्द गर्न ३४ सांसद आवश्यक पर्छ । यो संख्या सिंगो जसपा र स्वतन्त्र ३ संसद सबैले समर्थन गर्दा मात्रै पुग्छ । 

ओलीले अब आफ्नो सरकार जोगाउने दुई मात्रै उपाए बाँकी रहेको छ । पहिलो, खनाल–नेपाल पक्षको माग निर्शत स्विकार गर्ने, दोस्रो राष्ट्रपतिलाई प्रभावित गरि अनैतिक रुपमा ठुलो दलको हैसियतले पुन प्रधानमन्त्रीको सपथ लिने । तर ओलीको यस्तो चलाखीलाई बुझेर बहुमत सांसदहरुको

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेलाई प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले एकलौटी चलाएपछि असन्तुष्ट वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षले संसदबाट सामुहिक राजिनामाका लागी ओली पक्षलाई २४ घण्टे अल्टिमेटम दिएको छ । 

अध्यक्ष ओलीले भोली सोमबार प्रधानमन्त्रीका लागी विश्वासको मत लिन विषेश अधिवेशन बोलाएपछि नेपाल पक्षले सामुहिक राजिनामाको तयारी गरेको हो । 

के हो विवाद ? 

सर्वोच्व अदालतको फैसला अनुसार साविक नेकपाबाट नेकपा एमालेमा फर्किएको एमालेमा ओलीले एकलौटी गरेको आरोप खनाल–नेपाल पक्षको छ । 

तात्कालिन नेकपा माओवादी केन्द्रसँग एकता भएको मिति ०७४ जेठ २ गतेको नेकपा एमालेको संगठनात्मक संरचना र नेतृत्व संरचनाको माग गरिरहेको नेपाल पक्षलाई ओलीले पार्टी तथा सरकारका जिम्मेवारीबाट अलग गर्दै आईरहेका छन् । 

अदालतको फैसलाबाट बिउँतिएको एमालेको पदाधिकारी भंग गर्दै ओलीले माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका नेताहरुलाई थपेर केन्द्रिय समिति निर्माण मात्रै गरेका छैनन् खनाल–नेपाल समुहको सबै स्थायी समितिका सदस्यहरुलाई हटाएर नयाँ स्थायी समिति बनाएका छन् । 

खनाल–नेपाल समुहका कुनै पनि नेतालाई सेल कमिटिदेखि स्थायी समितिसम्म जिम्मेवारीविहिन बनाएको छ भने नेपाल लगायत ६ जना शिर्ष नेताहरुलाई ६ महिनाका लागी निलम्बन गरी २७ जना सांसदहरुलाई स्पष्टीकरण समेत सोधेका छन् । 

खनाल–नेपाल पक्षका सबै नेताहरुलाई सरकारबाट बाहिर राखिएको छ । जेठ २ को पार्टी संरचनामा फर्किनुपर्ने अडानमा रहेको खनाल–नेपाल समुहले उक्त शर्त मान्य नभए सामुहिक राजिनामा दिएर ओलीलाई अल्पमतमा हाल्ने योजना बनाएको छ । 

के छ संसदको अंकगणित ? 

प्रतिनिधिसभामा संसद संख्या २ सय ७५ जना हो । नेकपा एमालेबाट १ सय २१, नेपाली कांग्रेसबाट ६१, नेकपा माओवादी केन्द्रबाट ४९, जसपाबाट ३२ र जनमोर्चा ÷नेमकिपा र स्वतन्त्र ३ गरी हाल कायम संख्या २ सय ६६ हो । 

कांग्रेस र जसपाका २/२ जना सांसद निलम्बनमा छन् भने नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका ४ सांसदको पद गएको छ । 

ओली योजना 

संसदको यो अंकगणित अनुसार कुनैपनि पक्षले संसदमा बहुमत सिद्ध गर्न १सय ३४ सांसद आवश्यक पर्छ । ओली नेकपा एमालेको १ सय २१ र जसपालाई लिएर बहुमत पुर्याउने र नभए जसपाका आधा सांसद (महन्थ ठाकुर, राजेन्द्र महतो) लाई लिएर बहुमत सिद्द गर्ने योजनामा रहेको बताइन्छ । 

खनाल नेपाल पक्षको अवस्था 

खनाल–नेपाल पक्षिय सांसदहरुको संख्या ३९ मध्य केही सांसद ओली पक्षमा लागेका कारण ३३ देखि ३५ सांसदहरु खनाल–नेपाल पक्षमै रहेको आंकलन गरिएको छ । यी मध्यपनि २१ सांसदहरु प्रत्यक्ष निर्बाचित तर्फबाट छन् भने बाँकी सांसदहरु समानुपातिक तर्फका छन् । 

खनाल–नेपाल पक्ष प्रत्यक्षतर्फका २१ सांसदहरुको सामुहिक राजिनामा दिने योजनामा रहेको देखिन्छ । समानुपातिक तर्फका सांसदको राजिनामा गराउँदा तत्काल ओलीले उनीहरुको स्थानमा आफु पक्षिय सांसद बनाउने सम्भावनालाई ख्याल गर्दै समानुपातिक तर्फका सांसदहरुको राजिनामा नगराउने नेपाल पक्षिय नेता बताउँछन् । तर ओलीलाई अल्पमतमा पार्न आवश्यक परे समानुपातिकतर्फ पनि राजिनामा दिने मुडमा सांसदहरु रहेका छन् । 

खनाल–नेपालसँग प्रत्यक्षतर्फका सांसद– झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, कृष्णलाल महर्जन, विरोध खतिवडा, गणेश पहाडी, दीपकप्रसाद भट्ट, भवानीप्रसाद खापुङ, जयकुमार राई, पवित्रा निरौला, नारायण खतिवडा, जीवनराम श्रेष्ठ, हिराचन्द्र केसी, सोमप्रसाद पाण्डे, मेठमणि चौधरी, झपट रावल, यज्ञराज सुनुवार र राजबहादुर बुढा ।

समानुपातिकतर्फ रामकुमारी झाँक्री, मुकुन्द न्यौपाने, पुष्पा कर्ण, कल्याणी खड्कालगायत १२ जना छन्।

राजिनामा दिए के हुन्छ ? 

नेपाल  पक्षका २१ सांसदले राजिनामा दिँदा ओली अल्पमतमा पर्छन । एमालेको सांसद संख्या घटेर १ सय २१ बाट १ सयमा झर्छ । अब ओलीलाई बहुमत सिद्द गर्न ३४ सांसद आवश्यक पर्छ । यो संख्या सिंगो जसपा र स्वतन्त्र ३ संसद सबैले समर्थन गर्दा मात्रै पुग्छ । 

सिंगै जसपाले समर्थन गर्ने अवस्था छैन । पछिल्लो समय ओलीलाई साथ दिँदै आएका जसपा नेताहरु महन्थ ठाकुर र राजेन्द्र महत्तोमध्य महतो असन्तुष्ट बनेका छन् भने जसपा नेताद्वय बाबुराम भट्टराई र उपेन्द्र महतो कुनैपनि हालतमा ओली हटाउनुपर्ने पक्षमा छन् । 

जसपाका एक नेताका अनुसार भट्टराई र उपेन्द्रसँग १७ सांसदरु रहेका छन् भने राजेन्द्र महतो थपिदाँ त्यो संख्या बढ्नेमात्रै होईन ठाकुर बाध्य भएर ओलीको विपक्षी गठबन्धनमा आईपुग्छन् । उसो त जसपाका नेताहरुले खनाल–नेपाल पक्षका सांसदहरुले राजिनामा दिए ओलीको पछि नलाग्ने बताइसकेका छन् । 

यो अवस्थामा ओलीले सोमबार लिने भनेको विश्वासको मत अविश्वासमा बदलिन्छ र नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाको संयुक्त सरकार बन्ने दिशामा अघि बढ्छ । कांग्रेस ६१, माओवादी केन्द्र ४९ र जसपा ३२ हूँदा यो गठबन्धनमा १ सय ४२ जना संसद हुन पुग्छन् । 

ओलीले अब आफ्नो सरकार जोगाउने दुई मात्रै उपाए बाँकी रहेको छ । पहिलो, खनाल–नेपाल पक्षको माग निर्शत स्विकार गर्ने, दोस्रो राष्ट्रपतिलाई प्रभावित गरि अनैतिक रुपमा ठुलो दलको हैसियतले पुन प्रधानमन्त्रीको सपथ लिने । तर ओलीको यस्तो चलाखीलाई बुझेर बहुमत सांसदहरुको हस्ताक्षर सहित सरकामा दावी गर्ने योजना यसअघि नै कांग्रेस/माओवादीले बनाईसकेका छन् । 

दोस्रो उपाएले ओली सत्ता एकाध महिना जोगिएपनि लामो समय जान कानुनी तथा संबैधानिक हिसाबले सक्दैन । 

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुन तस्करी प्रकरण : चिनियाँ नागरिकसहित १० जना पक्राउ

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १० पुगेको छ । हिजो साँझ थप तीनजना पक्राउ परेसँगै करिब सय किलो सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको ...

यि हुन् काठमाडौं उपत्यकामा आठ घण्टा आठ घण्टा बिजुली आपुर्ति बन्द हुने स्थान

काठमाडौं । शनिबार काठमाडौं र ललितपुरका विभिन्न स्थानमा झण्डै ८ घण्टा बिजुली आपुर्ति बन्द हुने भएको छ ।  नेपाल विद्युत प्राधिकरणको टेकु सबस्टेशनको स...

नेपाल टेलिकमले यस्तो ल्यायो समर अफर

काठमाडौं । नेपाल टेलिकमले आज (२०८० असार २९) देखि लागु हुनेगरी समर अफर (Summer Offer) उपलब्ध गराएको छ । यसमा सेवाग्राहीको रुची र चाहना बमोजिम केही नयाँ...

७० करोड काण्डको फाइल खुल्ने भएपछि प्रधानमन्त्रीको राजीनामा मागेको खुलासा

काठमाडौं । तत्कालिन केपी शर्मा ओली कार्यकालमा चर्चित ७० करोड घोटालाको ओम्नी काण्डको पुनः छानबीन हुने भएपछि एमालेले प्रधानमन्त्री प्रचण्डको राजीनामा मा...

‘टिन स्टार इन्टरनेसनल ०२३’ भाग लिन थाइल्याण्ड उडे आर्नभ, निभिका र सायरा

काठमाडौं । थाईल्याण्डमा आयोजना हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘टिन स्टार इन्टरनेसनल २०२३’ मा नेपाली बालबालिका आर्नभ श्रेष्ठ, सायरा भट्ट र निभ...

१० नयाँ ब्रोकर कम्पनीलाई नेप्सेले दियो आशयपत्र : क–कसले पाए ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले थप १० नयाँ ब्रोकर कम्पनीलाई आशयपत्र (एलओआई) प्रदान गरेको छ । नेपाल धितोपत्र बोर्डबाट दोस्रो चरणमा लाइसेन्स...

परराष्ट्रमन्त्री साउद आज अजरबैजान जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद आज अजरबैजान जाँदै छन् । असंलग्न राष्ट्रहरूका परराष्ट्रमन्त्रीहरूको सम्मेलनमा सहभागिता जनाउन मन्त्री साउद आज अजरब...

प्रधानमन्त्री प्रचण्डको खुलासा : पुर्व माओवादीहरुबिच पार्टी एकता हुँदैछ

पोखरा। प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पूर्वमाओवादी शक्तिहरूबीच छलफल भइरहेको र पार्टी एकताका ल...

सचेत रहनुस् : आज धेरै ठाउँमा वर्षा र हावाहुरीको सम्भावना

काठमाडौं । गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । देशका केही भू–भागमा आज बिहानैबाट वर्ष...

नारायणगढ–मुग्लिन सडक पुनस् अवरुद्ध : तीन किलोमा पहिरो खस्यो

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक पुन: अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–५ तीन किलोमा आज बिहान पहिरो खसे पछि सडक अवरुद्ध भ...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Alphabet Education Consultancy Pioneer Software Technologies Salt Trending