काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केपी शर्मा ओली नेतृत्वको सरकारलाई छिटो भन्दा छिटो बिदा गर्नुको विकल्प नभएको बताएका छन् ।
अखिल भारत नेपाली एकता समाजले आयोजना गरेको जुम अन्तरक्रियामा बोल्दै अध्यक्ष प्रचण्डले ओली नेतृत्वको सरकारलाई छिटो भन्दा छिटो बिदा गर्नु लागिपरेको बताएका हुन् ।
उनले राजनीतिलाई सकरात्मक मोड दिन लागिरहेको बताए ।
जनता कोरोनाले आक्रान्त रहेको बेला सरकार भ्रष्टाचारमा लाग्नु लाजमर्दो भएको बताए । सरकार कोरोना नियन्त्रणमा लाग्नुको सट्टा जिम्मेवारीबाट पन्छिएको आरोप प्रचण्डको छ ।
प्रतिकृया लेख्नुहोस्: