सुलीकोट। उत्तरी गोरखाको धार्चे गाउँपालिका–७ लिदिङमा लेदोसहित खसेको पहिरो हटाएपछि आरुघाट–माछाखोला सडकखण्ड पाँच दिनपछि सञ्चालनमा आएको छ।
सडकमाथिबाट खसेको ठुलो पहिरो, ढुङ्गा, माटो र लेदोका कारण सडक पूर्ण रूपमा बन्द भएपछि गाउँपालिकाले एक्स्क्याभेटर प्रयोग गरी सडक सफा गरेर यातायात सञ्चालनमा ल्याएको हो।
सडक अवरुद्ध हुँदा आरुघाटतर्फ मिनीट्रक, बस, जिप तथा एम्बुलेन्ससहित विभिन्न सवारीसाधन र यात्रुहरू पाँच दिनसम्म बाटोमै रोकिएका धार्चे गाउँपालिकाले जनाएको छ।
धार्चे गाउँपालिका, स्थानीय जनप्रतिनिधि तथा सुरक्षाकर्मीको समन्वयमा डोजर परिचालन गरी निरन्तरको प्रयासपछि पहिरो हटाउने काम सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम बस्नेतले जानकारी दिए।
शनिबार बेलुका सडक मर्मत सम्पन्न भई आइतबार बिहानदेखि सवारीसाधन सञ्चालनमा आएसँगै रोकिएका गाडीहरू गन्तव्यतर्फ पठाइएको र यात्रुले राहत महसुस गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
उत्तरी गोरखा जोड्ने मुख्य सडक भएकाले आरुघाट–माछाखोला सडक अवरुद्ध हुँदा मनास्लु क्षेत्र भ्रमणमा आएका आन्तरिक तथा बाह्य पर्यटकलाई समेत आउजाउमा निकै सास्ती भएको थियो।
वर्षायाममा उत्तरी गोरखाका ग्रामीण सडकखण्डमा पहिरो र लेदो खस्ने जोखिम उच्च रहने भएकाले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न जिल्ला प्रशासन कार्यालय गोरखाले आग्रह गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १० गते, २०८३ - १७:३७
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सम्मिलित वर्तमान सत्ता गठबन्...
श्रावण १० गते, २०८३ - १७:०४
बोर्दो। दक्षिण-पश्चिम फ्रान्समा फैलिएको भीषण डढेलोका कारण आइतबार राति थप ५५ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । यससँगै उक्त क्षेत्रमा डढेलोका क...
श्रावण १० गते, २०८३ - १६:५५
काठमाडौँ । पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्याम्पियनपिसमा लगातार चौथो हार खेपेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।...
श्रावण १० गते, २०८३ - १६:५०
काठमाडौँ । पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन ९काभा० च्याम्पियनपिसमा लगातार चौथो हार खेपेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।...
श्रावण १० गते, २०८३ - १६:५०
काठमाडौँ । पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन ९काभा० च्याम्पियनपिसमा लगातार चौथो हार खेपेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।...
श्रावण १० गते, २०८३ - १६:३८
काठमाडौं । एपीएफ स्कुल कीर्तिपुरसँग सम्बन्धित भ्रष्टाचार प्रकरणमा पक्राउ परेकी लेखा अधिकृत तथा सशस्त्र प्रहरी निरीक्षक कल्पना गुरुङ र एमडी एडभेन्चर टु...
श्रावण १० गते, २०८३ - १५:५६
नेपालगन्ज। विश्वमै दुर्लभ मानिने पाटेबाघको संरक्षण र जैविक मार्गको सुरक्षा गर्ने उद्देश्यले स्थापित बाँके राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको सङ्ख...
श्रावण १० गते, २०८३ - १५:४६
सुलीकोट। उत्तरी गोरखाको धार्चे गाउँपालिका–७ लिदिङमा लेदोसहित खसेको पहिरो हटाएपछि आरुघाट–माछाखोला सडकखण्ड पाँच दिनपछि सञ्चालनमा आएको छ। सडकमाथिबाट ख...
श्रावण १० गते, २०८३ - १५:३१
काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा सत्ता गठबन्धन कायम राख्न पहल जारी राख्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बिहान...
श्रावण १० गते, २०८३ - १५:०५
बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। सरकारमा रहेका कांग्रेसका पाँचै जना मन्त्र...



प्रतिकृया लेख्नुहोस्: