Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

ओलीले चाल्ने ३ कदम : के प्रधानमन्त्रीबाट राजिनामा दिन सक्छन् ? 

खबरडबली संवाददाता

आज सोमबारका लागी बोलाइएको विषेश अधिवेशनअघि नै प्रधानमन्त्री पदबाट ओलीले राजिनामा दिन सक्छन् ।  उनको राजिनामा सँगै संसदको विषेश अधिवेशनको औचित्य सकिन्छ । 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषदको सिफारिशमा राष्ट्रपति विद्यादेवि भण्डारीले आव्हान गरेको संसदको विषेश अधिवेशन आज सुरु हुँदैछ । 

ओलीले प्रधानमन्त्रीको पक्षमा विश्वासको मत लिने प्रयोजनका लागी बोलाएको विषेश अधिवेशनको पुर्वादमा ओलीको संकट झन गहिरिँदै गएको विश्लेषण गरिएको छ । 

विश्वासको मत वा नयाँ सरकार निर्माणमा निणार्यक रहेको जनता समाजवादी पार्टीले आइतबार कसैको पक्षमा पनि मत नदिने र ह्विप पनि जारी नगर्ने गरी गरेको निर्णयले ओली अल्पमतमा पर्ने निश्चित भएको छ । 

अर्कोतिर आफ्नै पार्टीको असन्तुष्ट पक्ष झलनाथ खनाल र माधव नेपाल समुहले ओलीले नेकपा एमालेलाई अदालतको फैसला अनुसार ०७४ जेठ २ मा नफर्काए आफु पक्षधर २१ सांसदले सामुहिक राजिनामा दिने निर्णय गरिसकेका छन् । 

चौतर्फी संकट झेलिरहेका ओलीको अवको कदम के हुन्छ ? ओलीले चाल्ने सबै कदमका लागी राष्टपति विद्यादेवि भण्डारी अनुकुल हुनेहुँदा ओली प्रवृति र स्वभावका आधारमा चाल्न सक्ने ३ कदमकाबारेमा चर्चा गरौं !

संसदको विषेश अधिवेशन अघि नै राजिनामा 

आज सोमबारका लागी बोलाइएको विषेश अधिवेशनअघि नै प्रधानमन्त्री पदबाट ओलीले राजिनामा दिन सक्छन् । 

उनको राजिनामा सँगै संसदको विषेश अधिवेशनको औचित्य सकिन्छ । 

राष्ट्रपति विद्यादेवि भण्डारीले ओलीको राजिनामा स्विकृत गर्दै नयाँ सरकार गठनका लागी आव्हान गर्न सक्छिन् । ओलीले आफ्नो दल संसदको ठुलो दलको हैसियतले सरकार गठनमा दावा गर्न सक्छन् र भण्डारीले आजै ओलीलाई नै प्रधानमन्त्री नियुक्त गर्न सक्छिन् । 

विषेश अधिवेशन फेस गर्ने तर नछोड्ने 

ओलीको अर्को कदम संसदको विषेश अधिवेशन फेस गर्ने हुनेछ । विश्वासको मत गुम्नासाथै उनको हैसियत काम चलाउ प्रधानमन्त्री रहनेछ । 

संविधानको धारा ७६ (१) को अवस्था अर्थात कुनैपनि दलसँग अहिले संसदमा बहुमत छैन । धारा ७६ (२) मा दुईभन्दा बढी दल मिलेर बनाउने सरकारबारे उल्लेख छ । तर यो धारा स्पष्ट छैन । अर्थात २ मा लैजान राष्ट्रपति वाध्य छैनन्, उनको विवेकमा भर पर्छ । दुईभन्दा बढी दल मिलेर बहुमत दावी गर्ने अर्को उपाए भएपनि यसमा पनि राष्ट्रपति नै निर्णायक हुनेछिन् । 

यस्तो अवस्थामा राष्ट्रपतिले ओली कदमलाई सहयोग हुनेगरि संविधानको धारा ७६ (३) अनुसार सरकार गठनको निर्णय लिन सक्छिन् । त्यो भनेको संसदको ठुलो दलको नेतृत्वमा सरकार बनाउन आव्हान गर्ने हो । एमाले वा अरु कसैले बहुमत जुटाउन नसक्ने बुझाईमा ओली छन् । 

कसैले पनि बहुमत जुटाउन नसकेको अवस्थामा अल्पमतको सरकारले ६ मिहनाभित्र मध्यवधि गराउनुपर्ने संवैधानिक व्यवस्था छ । ओलीले यहि कदम चाल्न सक्छन् । 

फेरी संसद विघटन 

ओलीले माथि उल्लेखित दुवै कदमका लागी अवस्था अनुकुल नभए फेरी संसद विघटन गर्दै मध्यवधि घोषणा गर्न सक्छन् । राष्ट्रपति भण्डारीको सहयोगमा ओलीले यस्तो जोखिम पनि लिन सक्ने उनका नजिककाहरु बताउँछन् । 

विपक्षीहरु पनि तयार 

विपक्षी दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र ओलीका यि सबै कदमको सामना गर्ने तयारीमा छन् । उनीहरुका लागी अर्को अनुकुलता भनेको संसदको अंकगणितमा निर्णायक रहेको जनता समाजवादी फोरमको आइतबारको निर्णय । 

जसपाले विश्वासको पक्षमा मतदान नगर्ने निर्णय गरेको छ भने एमालेभित्रकै खनाल–नेपाल पक्ष ओलीसँग ‘मर या मार’को लडाई लडिरहेको छ । 

ओलीको कुनैपनि गलत कदमले कांग्रेस, माओवादी, जसपा र नेपाल पक्ष एकैठाउँमा उभिने अवस्थाको खोजिमा विपक्षी दल रहेका छन् ।  
 

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संसदमा प्रधानमन्त्री प्रचण्डको दमदार सम्बोधन : विश्वासको मत सङ्ख्याको पहल होइन, प्रतिवाद र प्रतिरोधको पहल हो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनजस्तो जटिल र संवेदनशील विषयमा खेलवाड नगर्न आग्रह गरेका छन् ।समावेशीतालाई खारेज गर्ने...

नैतिक प्रश्न उठ्ने गरी तदर्थ सरकार चलाउन कुनै रूचि थिएन, छैन : प्रधानमन्त्री

काठमाडौं। असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नैतिक प्रश्न उठ्ने गरी तदर्थ सरकार चलाउन आफूलाई कुनै रूचि नभएको प्रष्ट पार्नुभएको छ ।   प...

देशैभरका ८ शहरहरुमा ‘ग्राण्ड एजुकेशन कन्क्लेभ’ आयोजना गर्दै राइटपाथ

काठमाडाैं । राइटपाथ करियर काउन्सिलिङले यहि आउदाे वैशाख २९ गतेदेखि जेठ ८ गतेसम्म देशका प्रमुख सहरहरूमा 'ग्राण्ड एजुकेशन कन्क्लेभ' आयाेजना गर्ने...

महासंघ अध्यक्ष ढकाल कर्पोरेट एक्सिलेन्सी अवार्डद्वारा सम्मानित

काठमाडौं । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई कर्पोरेट एक्सिलेन्सी अवार्डबाट सम्मानित गरेको...

सुचना प्रविधि दिवसको अवसरमा टेलिकमले ल्यायो यस्तो अफर

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ भन्ने मूल नारा सहित आगामी वैशाख २० गते मनाउन लागिएको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ...

काभ्रेपलाञ्चोककी श्रद्धा: मेडिकल अध्ययनदेखि मिस्टर एण्ड मिस नेशनलसम्म

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका, रिठ्ठेमा जन्मिएकी श्रद्धा अधिकारी ‘मिस्टर एण्ड मिस नेशनल २०२४’ मा प्रतियोगी नम्बर २३ हुन् । गत...

दुर्गा प्रसाईमाथि कुटपिट

बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ ।  बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...

भुटानी शरणार्थी प्रकरण : रायमाझि पुर्पक्ष थुनाको फैसला, खाँडका विषयमा राय बाझियो

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ ।  उच्च अदालत पाटनका...

एमालेको मेची–महाकाली अभियान सुरु

बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...

ल्यार्काल लामा आइविसिको सभापतिमा निर्बाचित

काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy