साना । यमन सरकारले संयुक्त राष्ट्रसङ्घको पहलमा पुनः सुरू हुन लागेको वार्ताको तयारी स्वरूप शुक्रबार ‘विद्रोही हुथी समूह’ का २६ सदस्यका शव हस्तान्तरण गरेको जनाएको छ ।
सरकारी टेलिभिजनमार्फत प्रसारित वक्तव्यअनुसार यी शव स्थानीय मध्यस्थमार्फत, अन्तर्राष्ट्रिय रेड क्रस समितिको प्रत्यक्ष निगरानीमा विद्रोही हुथी पक्षलाई बुझाइएका हुन् ।
सरकारले जनाएअनुसार, यी शव हालै मारिब र अल-जाउफ प्रान्तमा भएका छिटपुट भिडन्तमा मारिएका हुथी सदस्यका थिए । विद्रोही हुथी पक्षले मध्यस्थमार्फत उनीहरूको पहिचान पुष्टि गरेपछि मात्र शव हस्तान्तरण गरिएको राज्य सञ्चालित साबा समाचार एजेन्सीले जनाएको छ ।
सरकारी वार्ता समिति प्रमुख याह्या काजमानले यो एकतर्फी कदम बन्दी, बेपत्ता पारिएका व्यक्ति तथा अपहरण पीडितको मुद्दा समाधानतर्फ प्रगति गर्न सरकारले देखाएको सदभावको अभिव्यक्ति भएको बताए ।
साथै, यसले केही दिनमै सुरु हुन लागेको बन्दी-बिनिमयसम्बन्धी नयाँ वार्ताको वातावरण सहज बनाउने अपेक्षा व्यक्त गरे । विद्रोही हुथी समूहले यसबारे हालसम्म प्रतिक्रिया दिएको छैन । गत हप्ता यमनका लागि संयुक्त राष्ट्रसङ्घीय विशेष दूत हान्स ग्रुन्डबर्गले ओमानको राजधानी मस्कटमा आयोजित मध्यस्थता बैठकमा सहभागी भएको जानकारी दिँदै, यमनका द्वन्द्वरत पक्षबिचको शान्ति वार्ता चाँडै पुनः सुरु हुने सङ्केत दिएका थिए ।
यमन सरकार र विद्रोही हुथी समूहले यसअघि सन् २०२० मा दुवै पक्षले करिब एक हजार कैदीको व्यापक आदान-प्रदान गरेका थिए । यमन सन् २०१४ उत्तरार्धदेखि नै गम्भीर गृहयुद्धको चपेटामा पर्दै आएको छ, जब विद्रोही हुथी समूहले राजधानी साना सहित देशका ठुलो भागमा नियन्त्रण कायम गरेको थियो ।
अप्रिल २०२२ मा संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा भएको युद्धविरामपछि मोर्चागत भिडन्तमा उल्लेख्य कमी आए पनि समग्र राजनीतिक समाधान भने अझै अनिश्चित नै छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २१ गते, २०८२ - २०:०६
सर्लाही । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै अगाडि बढाइएको बताएका छन् । नेपाल प्...
मंसिर २१ गते, २०८२ - २०:०२
नेपिदो । मध्य म्यानमारको एक सहरमा शनिबार भएको हवाई आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । एएफपीसँग कुरा गर्दै स्थानीय सरकारी अधिकारी र उद्धारकर्ता ...
मंसिर २१ गते, २०८२ - १९:५८
पोखरा । तीन दशकअघि मङ्सिर–पुस महिनामा पोखराको लेकसाइड सुनसान हुन्थ्यो । नेपाल घुम्न आएका विदेशी पर्यटक क्रिसमस मनाउन स्वदेश फर्कने तयारीमा हुन्थे भने ...
मंसिर २१ गते, २०८२ - १९:१२
सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबिच अविश्वास बढेको बताएका छन् । वीरता जेसिज विर्तामोडको आयोजनामा आज यहाँ आयोजित ‘सङ...
मंसिर २१ गते, २०८२ - १९:१०
खाँदबारी । सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा पाँच शय्याको अत्याधुनिक आधारभूत अस्पतालको आज उद्घाटन गरिएको छ । अस्पतालमा शव परीक्षण सेवा, ल्याब, फार्मे...
मंसिर २१ गते, २०८२ - १९:०८
भारत । लाखौँ श्रमिक रहेको भारतको पश्चिमी राजस्थानमा धुलो, रोग र गरिबी दैनन्दिन चुनौती जस्तै छन् । यही कठोर वातावरणबिच सन्तोष देवीजस्ता महिलाले सौर्य इ...
मंसिर २१ गते, २०८२ - १९:०३
साना । यमन सरकारले संयुक्त राष्ट्रसङ्घको पहलमा पुनः सुरू हुन लागेको वार्ताको तयारी स्वरूप शुक्रबार ‘विद्रोही हुथी समूह’ का २६ सदस्यका शव हस्तान्तरण गर...
मंसिर २१ गते, २०८२ - १९:००
ओटावा । क्यानाडामा नोभेम्बर महिनामा कुल ५४ हजार व्यक्तिले रोजगारी पाएका छन्, जुन कुल रोजगारीमा ०.३ प्रतिशत वृद्धि भएको स्टाटिस्टिक्स क्यानाडाले जनाएको...
मंसिर २१ गते, २०८२ - १८:५८
नवलपुर । नवलपुरको कावासोती –११ रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आयोजना गरिएको स्वास्थ्य शिविरमा ६ सय ६० जनाले निःशुल्क...
मंसिर २१ गते, २०८२ - १८:५५
महोत्तरी । सशस्त्र प्रहरीले महोत्तरीको एकडारा गाउँपालिका –४ हलखोरी चोकबाट कटुवा पेस्तोलसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । बर्दीबासस्थित...




प्रतिकृया लेख्नुहोस्: