काठमाडौं । सत्ता समिकरणको खेलमा जनता समाजवादी पार्टी दुई ध्रुर्वमा विभाजित भएको छ । संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको पुस ५ गतेको निर्णयलाई असंवैधानिक कदम भएको घोषणा गरेको जसपा संसद विघटनपछि विभाजनको डिलमा पुगेको छ ।
सत्ता समिकरणमा कसलाई सहयोग गर्ने भन्नेमा संस्थागत निर्णय लिन नसकेको जसपाको आन्तरिक कलह सोमबार संसदमा प्रस्टै देखियो । निलम्बित दुई सहित ३४ सांसद रहेको जसपामा संसद पुर्नस्थापना पछि अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो समूह प्रधानमन्त्री केपी ओलीको पक्षमा उभिएका छन् ।
अर्का अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई समूह ओलीको विपक्षमा देखिएका छन् । हिजो संसदमा विश्वासको मत लिने बेला ठाकुर र उनी पक्षका सांसद तटस्थ बसेका थिए । महन्त ठाकुरले क्रममा लागेकाहरुको मुद्दा फिर्ता लिने विषयमा सबैले सुने पनि कार्यान्वयन ओलीले गरेको भन्दै प्रधानमन्त्रीको प्रशंसा गरेका थिए ।
उनलको बुझाइमा पछिल्लो समयमा मुद्दा फिर्ता, बन्दी रिहाइ, नागरिकता, संविधान संशोधन लगायतका सवालहरुमा प्रधानमन्त्री ओलीसँग वार्ता सकारात्मक रुपले अगाडि बढिरहेको निष्कर्ष सुनाउँदै सरकारको विकल्प नखोजिने घोषणा गरेका छन् । पार्टीभित्रकै अर्का अध्यक्ष उपेन्द्र यादवले बहुमतको सरकार बनाउन विपक्षी गठबन्धन कांग्रेस–माओवादीको प्रस्तावमाथि हस्तक्षर गरेपछि सरकारको विकल्प खोज्न नहुने भन्दै सोमबार राति विज्ञेप्ती जारी गरेका छन् ।
उनले जारी विज्ञेप्तीमा भनेका छन्, ‘सरकारको विकल्प खोज्ने विषय पार्टीको कुनै नीति नरहेको प्रष्ट पार्दछु । जसपा नेपाल सत्ता प्राप्तिभन्दा एजेण्डा सम्बोधन नै जसपा नेपालको मूल ध्येय रहेको अवस्थामा मुद्दाबाट विचलित भई सरकार निर्माण गर्ने, सरकारमा सहभागी हुने वा कुनै पनि किसिमको वैकल्पिक सरकार गठनमा संलग्न हुने कार्य जसपा नेपालको उद्देश्य विपरीत हो ।’ वैकल्पिक सरकार गठनको कार्यबाट झन् अस्थिरता हुने तथा एजेण्डा सम्बोधनको कार्य अझै अनिश्चिततातर्फ धकेलिने ठाकुरले भनेका छन् ।
जसपा कै भट्टराई–यादव पक्षका सांसदहरुले प्रधानमन्त्री ओलीको विश्वासको मतको विपक्षमा मत दिएका थिए । आन्तरिक विवादले संसदीय दलमा समेत व्हीप जारी गर्न नसकेको जसपाको अनिर्णयले नयाँ सरकार गठन प्रकृयामा अवरोध सिर्जना हुँदै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - ०९:२७
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन प्रतिनिधिले नाम दर्ता गर्न थालेका छन्। भृकुटीमण्डपस्थित विशेष महाधिवेशनस्थलमा पुगेका प्रतिनिधिहरूले ना...
पौष २७ गते, २०८२ - ०९:१८
काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको राजनीतिक भविष्य संकटमा परेको टिप्पणी गरेका छन्। राष्ट्रिय स्...
पौष २७ गते, २०८२ - ०९:१३
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन आजदेखि सुर...
पौष २७ गते, २०८२ - ०९:११
काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार...
पौष २७ गते, २०८२ - ०८:४६
काठमाडौं । आन्तरिक विवादकै बीच हुने कांग्रेस विशेष महाधिवेशनले पार्टी नेतृत्व चयन गरे आधिकारिकतासम्बन्धी थप विवाद उत्पन्न हुने देखिएको छ । पार्टी संस्...
पौष २७ गते, २०८२ - ०८:४२
काठमाडौं । कुलमान घिसिङले सहमतिभन्दा धेरै माग गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग १२ दिनअघि भएको एकता सम्झौता भंग भएको छ । सहमतिविपरीत घिसि...
पौष २७ गते, २०८२ - ०८:३७
काठमाडौं । भदौ २३ र २४ गते जेन जी पुस्ताले गरेको आन्दोलनमा उठेको भ्रष्टाचारविरोधी आवाजलाई सम्बोधन गर्न 'सुशासन मार्गचित्र' तय गर्न काम अघि बढा...
पौष २७ गते, २०८२ - ०८:३१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले स–साना राज्यमा छरिएर रहेको नेपाल हालको अवस्थासम्म आइपुग्न हाम्रा धेरै पूर्वजहरूले पुर्याएको योगदान महत्त्वपूर्...
पौष २७ गते, २०८२ - ०७:५१
काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिका–११ राम्चेबेँसीका किसान बासुदेव सापकोटालाई अहिले बारीमा फलेको काउली बेच्न भ्याइनभ्याई छ । पोहोरभन्दा यसपालि काउल...
पौष २७ गते, २०८२ - ०७:४७
बाँके । “मैले परेवालाई बास दिएँ, परेवाले मलाई जीवन दियो, दुःखमा साथ दियो र मलाई आत्मनिर्भर बनायो”, यो भनाइ हो– बाँकेको बैजनाथ गाउँपालिका–१ च्यामाका पृ...




प्रतिकृया लेख्नुहोस्: