Khabar Dabali ११ जेष्ठ २०८३ सोमबार | 25th May, 2026 Mon
Investment bank

जसपाभित्र आन्तरिक कलह चुलिदै, ठाकुर समूह सरकारको विकल्पको विपक्षमा उभिने संकेत

खबरडबली संवाददाता

काठमाडौं । सत्ता समिकरणको खेलमा जनता समाजवादी पार्टी दुई ध्रुर्वमा विभाजित भएको छ । संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको पुस ५ गतेको निर्णयलाई असंवैधानिक कदम भएको घोषणा गरेको जसपा संसद विघटनपछि विभाजनको डिलमा पुगेको छ ।

सत्ता समिकरणमा कसलाई सहयोग गर्ने भन्नेमा संस्थागत निर्णय लिन नसकेको जसपाको आन्तरिक कलह सोमबार संसदमा प्रस्टै देखियो ।  निलम्बित दुई सहित ३४ सांसद रहेको जसपामा संसद पुर्नस्थापना पछि अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो समूह प्रधानमन्त्री केपी ओलीको पक्षमा उभिएका छन् ।

अर्का अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई समूह ओलीको विपक्षमा देखिएका छन् । हिजो संसदमा विश्वासको मत लिने बेला ठाकुर र उनी पक्षका सांसद तटस्थ बसेका थिए ।  महन्त ठाकुरले क्रममा लागेकाहरुको मुद्दा फिर्ता लिने विषयमा सबैले सुने पनि कार्यान्वयन ओलीले गरेको भन्दै प्रधानमन्त्रीको प्रशंसा गरेका थिए ।  

उनलको बुझाइमा पछिल्लो समयमा मुद्दा फिर्ता, बन्दी रिहाइ, नागरिकता, संविधान संशोधन लगायतका सवालहरुमा प्रधानमन्त्री ओलीसँग वार्ता सकारात्मक रुपले अगाडि बढिरहेको निष्कर्ष सुनाउँदै सरकारको विकल्प नखोजिने घोषणा गरेका छन् । पार्टीभित्रकै अर्का अध्यक्ष उपेन्द्र यादवले बहुमतको सरकार बनाउन विपक्षी गठबन्धन कांग्रेस–माओवादीको प्रस्तावमाथि हस्तक्षर गरेपछि सरकारको विकल्प खोज्न नहुने भन्दै सोमबार राति विज्ञेप्ती जारी गरेका छन् ।

उनले जारी विज्ञेप्तीमा भनेका छन्, ‘सरकारको विकल्प खोज्ने विषय पार्टीको कुनै नीति नरहेको प्रष्ट पार्दछु ।  जसपा नेपाल सत्ता प्राप्तिभन्दा एजेण्डा सम्बोधन नै जसपा नेपालको मूल ध्येय रहेको अवस्थामा मुद्दाबाट विचलित भई सरकार निर्माण गर्ने, सरकारमा सहभागी हुने वा कुनै पनि किसिमको वैकल्पिक सरकार गठनमा संलग्न हुने कार्य जसपा नेपालको उद्देश्य विपरीत हो ।’ वैकल्पिक सरकार गठनको कार्यबाट झन् अस्थिरता हुने तथा एजेण्डा सम्बोधनको कार्य अझै अनिश्चिततातर्फ धकेलिने ठाकुरले भनेका छन् ।

जसपा कै  भट्टराई–यादव पक्षका सांसदहरुले प्रधानमन्त्री ओलीको विश्वासको मतको विपक्षमा मत दिएका थिए । आन्तरिक विवादले  संसदीय दलमा समेत व्हीप जारी गर्न नसकेको जसपाको अनिर्णयले नयाँ सरकार गठन प्रकृयामा अवरोध सिर्जना हुँदै आएको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending