हाम्रा पार्टीका अध्यक्ष महन्त ठाकुर नै निर्विवाद, निष्कलङ्क, संन्त र शालिन व्यक्ति हुनुहुन्छ । उहाँमा पचासौं वर्ष राजनीति गरेको अनुभव छ । उहाँले प्रजातन्त्र र लोकतन्त्र प्राप्तिको लागि निकै संघर्ष गर्नुभएको छ ।
अहिलेको अवस्थामा संघीय प्रतिनिधि सभाको औचित्य समाप्त भइसकेको छ । प्रतिनिधिसभाको गरिमा बाँकी रहेन । अहिलेका यी पार्टीका नेताबाट संसद अब अगाडि बढ्न सक्दैन ।
नेपाली कांग्रेसले पनि प्रतिपक्षको भूमिका निर्वाह गर्न सकेन । माओवादी पनि पार्टी र मुलुकप्रति जिम्मेवार भएन । यी दुई पार्टी मुुलुकको नेतृत्व गर्न असमर्थ भइसकेको छ । यी नेताहरुले नै केपी ओलीलाई निरकुंश बन्न छुट दिएका हुन् । देउवा प्रतिपक्ष दलका नेता भन्ने संवैधानिक परिष्दमा नजाने अनि संवैधानिक अंगहरुमा नियुक्ति गर्न आफ्ना मान्छे भर्ना गर्ने यो कस्तो दोहोरो चरित्र हो ? प्रधानमन्त्रीको कार्यशैलीको विरोध पनि गर्ने अनि राज्यको सुविधान पनि हत्याउने ?
यसबीचमा प्रचण्डको भूमिका पनि राम्रो देखिएन । केपीको कार्यशैली अवैधानिक थियो, गणतन्त्र, लोकतन्त्र विरोधी थियो भने उहाँले किन समर्थन फिर्ता लिनु भएन ? प्रतिनिधि सभाको जुन गरिमा थियो प्रचण्ड–देउवाले सत्ताको लोभमा समाप्त पारे । प्रतिपक्षको भूमिका निर्वाह गर्न नसक्नु, पदलोलुपता देखाउनु, ओलीको कार्यशैलीको विरोध गर्न नसक्नु नै अहिलेको अवस्था सिर्जन हुनु हो । अब यस गतिहिन संसदलाई विघटन गरेर ताजा जनादेशमा जानुपर्छ ।
अहिलेको यस विकराल अवस्थामा मुलुकलाई निकास दिन एउटा निष्पक्ष, स्वस्थ्व व्यक्तिको आवश्यक रहेको छ । जसले गणतन्त्र, लोकतन्त्र बुझेको छ, नेपालको इतिहासमा संसदीय प्रणालीलाई अभ्यासमा ल्याउन र संसदीय प्रणालीलाई राम्रोसँग व्यवस्थापन गर्न सक्ने व्यक्तिले नयाँ सरकारको नेतृत्व लिनु पर्छ ।
त्यसको लागि हाम्रा पार्टीका अध्यक्ष महन्त ठाकुर नै निर्विवाद, निष्कलङ्क, संन्त र शालिन व्यक्ति हुनुहुन्छ । उहाँमा पचासौं वर्ष राजनीति गरेको अनुभव छ । उहाँले प्रजातन्त्र र लोकतन्त्र प्राप्तिको लागि निकै संघर्ष गर्नुभएको छ । आजसम्म उहाँमा कुनै किसिमको लाञ्छना र आरोप लागेको छैन । उहाँ प्रधानमन्त्रीको हैसियत राख्न सक्ने व्यक्ति हुनुहुन्छ । उहाँको नेतृत्वमा यदि सरकार बन्छ भने धेरै राम्रो हुन्छ । मुलुकले एउटा गति पनि लिन्छ । उहाँकै नेतृत्वमा निष्पक्ष चुनाव सम्भव रहेको छ ।
तर, हाम्रो पार्टीभित्र अराजक, व्यक्तिवादी संक्रिण राजनीति बोकेका नेताहरुले ठाकुर जीलाई अगाडि बढ्न दिनुभएको छैन । लोकतन्त्र, गणतन्त्रको नाममा कलंङ्कित त्यस्ता व्यक्ति हाम्रा पार्टीमा छन् । त्यस्ता व्यक्तिको म घोर भत्र्सना गर्छु ।
(साह जसपाका नेता हुनुहुन्छ )
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २० गते, २०८२ - १५:४७
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक विभिन्न २६ निर्णय गर्दै सम्पन्न भएको छ । बैठकपछि उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले तराई ...
आश्विन २८ गते, २०८१ - १०:५४
काठमाडाैं । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान स...
आश्विन २८ गते, २०८१ - १०:३६
हाल देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। कोसी, मधेस र बागमती प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव छ...
आश्विन २८ गते, २०८१ - १०:१८
अभिभ । उत्तरी इजरायलमा रहेको सेनाको बेसलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा चार सैनिकको मृत्यु हुनुका साथै अन्य ६० जनाभन्दा बढी घाइते भएको इजरायलको रक...
आश्विन २८ गते, २०८१ - १०:०५
काठमाडौं । आश्विन शुक्लपक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउनेक्रम जारी छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीस...
आश्विन २७ गते, २०८१ - १७:१५
सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटकको दसैँमा राम्रो बजार पाएको छ। यहाँका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको...
आश्विन २७ गते, २०८१ - ११:३४
मकवानपुर । हेटौँडा–कुलेखानी–फाखेल भएर काठमाडौं जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा बाटो बिग्रिएकाले वैकल्पिक सडक प्रयोग गर्न प्...
आश्विन २७ गते, २०८१ - १०:४३
काठमाडौं । गएराति गएको सुख्खा पहिरोले बन्द भएको अरनिको राजमार्ग एकतर्फी संचालनमा आएको छ । काभ्रेको पाँचखाल नगरपालिकाको पचासकिलो भन्ने स्थानमा गएरा...
आश्विन २७ गते, २०८१ - ०९:०१
काठमाडौं । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेश, बाग्मती र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ । साथै...
आश्विन २७ गते, २०८१ - ०८:५५
काठमाडौं । बडादसैँ टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहने छ । विजयादशमीको दिन घरपरिवारमा टी...


प्रतिकृया लेख्नुहोस्: