हामी 'बाहुन' भनेपछि खस समुदायभित्र पर्ने एउटा जात विशेष बुझ्छौँ, उसरी नै मान्दै आएका पनि हौँ। 'बाहुन' जात नै हो? भनेर कसैले प्रश्न गरेनन् अनि उत्तर पनि आएन। मलाई केही दिनअघिदेखि बाहुन जात नभएर साइनो पो हो कि भन्ने लागिरहेको थियो/ छ। यो एउटा प्राक्कल्पनात्मक शोध समस्या हो।
मैले पढेअनुसार र भेटेका तथ्याङ्कहरूले 'बाहुन' शब्द कुनै समय खसहरूबीचमा पाइने वा सम्बोधन गरिने साइनो थियो कि भन्ने सङ्केत गरेको पाएँ। कालान्तरमा यो शब्द कसरी एउटा समूहलाई बुझाउने शब्द भयो, त्यो अनुसन्धानको विषय हो।
मलाई एक दिन कुराकानीबीच Mijas Som Pandey महोदयले "सर हामी त पहिले 'बाहुन मामा' भनेर पनि सम्बोधन गर्थ्यौँ नि तर हिजोआज त्यो साइनो नै हरायो।" भन्नुभयो। मैले यहाँ 'बाहुन' शब्द पहिलोचोटि साइनोसँग गाँसिएको पाएको हुँ। यसपछि मैले मेरा अग्रज अनि आदरणीयहरूसँग छलफल, विमर्श गरेँ। खोज्दै जाँदा 'बाहुन दाजु' 'बाहुन भाइ'जस्ता साइनो पनि हुँदा रहेछन् भन्ने थाहा पाएँ। कतिले चाहिँ 'बाहुन मामा' सम्बोधन नसुनेको कुरो पनि जनाए।
मेरी फुपूका छोरालाई मैले 'बाहुन दाजु'/ 'बाहुन भाइ' भन्नुपर्ने हुँदो रहेछ। कतिले चाहिँ मामाको छोरालाई भन्नुपर्छ पनि भने। तर यहाँ फुपूका छोरालाई नै बाहुन दाजु भन्नुपर्ने मानौँ। यसरी नै फुपूकी छोरीका छोरा-छोरी (फुपूका नाति-नातिनी)-ले मलाई चाहिँ 'बाहुन मामा' भन्नुपर्ने रहेछ। (यो मैले पाएको तथ्याङ्क हो, म यसमा सय प्रतिशत सही छु भन्न सक्तिनँ।) यसरी बाहुन यहाँ एउटा साइनोका रूपमा सिद्ध हुन्छ।
हामीले विश्वेश्वरप्रसाद कोइराला, बालकृष्ण सम, गुरुप्रसाद मैनालीका कथाहरूमा भान्सामा खान बनाउने भान्से (कुक)-लाई पनि 'बाहुन' भनेर सम्बोधन गरेको पाउँछौँ। यहाँ पनि बाहुन सम्बोधनका रूपमा प्रयोग भएको देखिन्छ।
मैले एकपल्ट युट्युबमा एउटा चलचित्र हेरेको थिएँ। चलचित्रको नाम 'उजेली' थियो। यो बालविवाहको पटकथामा बनेको राम्रो चलचित्र छ। यसमा उजेलीले आफ्नो श्रीमान्-लाई 'बाहुन' भनेर सम्बोधन गरेकी छन्, "मेरो बाहुन त पढ्न जान्छन्, मलाईचाहिँ घरको काम गर्नुपर्छ।"
यसरी लोकमा 'बाहुन' शब्द साइनो सम्बोधनका रूपमा रहेको पाइन्छ। यो यस शब्दको ब्लु प्रिन्ट हो। यो शब्द कसरी एउटा समूहलाई बुझाउने शब्द भयो ? त्यो विचारणीय छ।
लिम्बूलाई 'सुब्बा', खम्बूलाई 'राई', सुनुवारलाई 'मुखिया' भनेर चिनिन्छ तर सुब्बा, राई, मुखिया जात नभएर कुनै समयको उपाधि हो तर कालान्तरमा यही उपाधि जातसूचक शब्द बन्यो। 'बाहुन' शब्दको पनि यस्तै इतिहास छ कि?
यो एउटा प्राक्कल्पनात्मक शोध समस्या हो। यसबारे अझ विस्तृत रूपमा विमर्श गरी अनुसन्धान गर्न सकिन्छ। शब्दको इतिहासबारे हामी रुचि राख्दैनौँ तर शब्द हाम्रो उत्पति र विकासको ब्लु प्रिन्ट हो। यसबारे गम्भीर भएर अध्ययन गऱ्यौँ भने नयाँ थोकको आविष्कार हुन सक्छ। Prollas Sindhuliya (प्रोल्लास सिन्धुलीय) काे फेसबुक वालबाट
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १३ गते, २०८२ - १९:५५
काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकहरूको सुविधाका लागि विन्टर अफर २०८२ ल्याएको छ। यस अफरअन्तर्गत विभिन्न मोबाइल र इन्टरनेट प्याकेजहरू यथावत् उपलब्ध...
माघ १३ गते, २०८२ - १९:४८
काठमाडौं । बिजनेस (व्यावसायिक) भिसामा १३ पटक नेपाल आएका एक चिनियाँ नागरिक १३ वर्षदेखि अवैध रूपमा नेपाल बस्दै आएको भेटिएको छ। अध्यागमन विभागले झाउ साओग...
माघ १३ गते, २०८२ - १९:४०
विराटनगर । इलाका प्रहरी कार्यालय रानीले आफ्नो कार्यक्षेत्रभित्रबाट ८ थान मोबाइल फोन फेला पारेको छ । प्रहरीका अनुसार माघ ८ गते विभिन्न घटना अनुसन्धानका...
माघ १३ गते, २०८२ - १९:३६
लमजुङ । बाह्र वर्षपछि यहाँको चुनावी मैदानमा राजनीतिक माहोल फेरि गर्माउन लागेको छ। तीन वर्षअघि प्रतिनिधि सभा निर्वाचनमा पाँच दलीय गठबन्धनलाई पराजित गर्...
माघ १३ गते, २०८२ - १९:३२
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (साविक नेकपा माओवादी केन्द्र) बाट अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भएका १० जना नेता आगामी फागुन २१ गते हु...
माघ १३ गते, २०८२ - १९:१०
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को देवचुली नगरपालिका–१ केउरेनीमा विद्यालय बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ । नेपाल नमुना...
माघ १३ गते, २०८२ - १९:०३
काठमाडौं । राजनीतिक दल र उम्मेदवारको चुनावी खर्च नियाल्न अनुगमन अधिकृत तोकिएका छन् । निर्वाचन आयोगले राजनीतिक वित्त तथा निर्वाचन खर्चको विषयमा अनु...
माघ १३ गते, २०८२ - १९:००
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरोले अवैध रुपमा संरक्षित वन्यजन्तु जिउँदो कछुवा ओसारपसार गरी खरिद बिक्री गर्ने एक जनालाई पक्राउ गरेको छ । ब्यूरो...
माघ १३ गते, २०८२ - १८:५९
जनकपुरधाम । नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकमा प्रजातन्त्र स्थापना र सुदृढीकरणमा मधेशको भूमिका अपरिहार्य रहेको बताएका छन्। सर्लाही निर्वाचन क...
माघ १३ गते, २०८२ - १८:३०
काठमाडौँ । सरकारले चार वटा जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्र...




प्रतिकृया लेख्नुहोस्: