Khabar Dabali १५ श्रावण २०८३ शुक्रबार | 31st July, 2026 Fri
Investment bank

बाहुन जात कि साइनो ?

खबरडबली संवाददाता

हामी 'बाहुन' भनेपछि खस समुदायभित्र पर्ने एउटा जात विशेष बुझ्छौँ, उसरी नै मान्दै आएका पनि हौँ। 'बाहुन' जात नै हो? भनेर कसैले प्रश्न गरेनन् अनि उत्तर पनि आएन। मलाई केही दिनअघिदेखि बाहुन जात नभएर साइनो पो हो कि भन्ने लागिरहेको थियो/ छ। यो एउटा प्राक्कल्पनात्मक शोध समस्या हो। 

मैले पढेअनुसार र भेटेका तथ्याङ्कहरूले 'बाहुन' शब्द कुनै समय खसहरूबीचमा पाइने वा सम्बोधन गरिने साइनो थियो कि भन्ने सङ्केत गरेको पाएँ। कालान्तरमा यो शब्द कसरी एउटा समूहलाई बुझाउने शब्द भयो, त्यो अनुसन्धानको विषय हो। 

मलाई एक दिन कुराकानीबीच Mijas Som Pandey महोदयले "सर हामी त पहिले 'बाहुन मामा' भनेर पनि सम्बोधन गर्थ्यौँ नि तर हिजोआज त्यो साइनो नै हरायो।" भन्नुभयो। मैले यहाँ 'बाहुन' शब्द पहिलोचोटि साइनोसँग गाँसिएको पाएको हुँ। यसपछि मैले मेरा अग्रज अनि आदरणीयहरूसँग छलफल, विमर्श गरेँ। खोज्दै जाँदा 'बाहुन दाजु' 'बाहुन भाइ'जस्ता साइनो पनि हुँदा रहेछन् भन्ने थाहा पाएँ। कतिले चाहिँ 'बाहुन मामा' सम्बोधन नसुनेको कुरो पनि‌ जनाए। 

मेरी फुपूका छोरालाई मैले 'बाहुन दाजु'/ 'बाहुन भाइ' भन्नुपर्ने हुँदो रहेछ। कतिले चाहिँ मामाको छोरालाई भन्नुपर्छ पनि भने। तर यहाँ फुपूका छोरालाई नै बाहुन दाजु भन्नुपर्ने मानौँ। यसरी नै फुपूकी छोरीका छोरा-छोरी (फुपूका नाति-नातिनी)-ले मलाई चाहिँ 'बाहुन मामा' भन्नुपर्ने रहेछ। (यो मैले पाएको तथ्याङ्क हो, म यसमा सय प्रतिशत सही छु भन्न सक्तिनँ।) यसरी बाहुन यहाँ एउटा साइनोका रूपमा सिद्ध हुन्छ। 

हामीले विश्वेश्वरप्रसाद कोइराला, बालकृष्ण सम, गुरुप्रसाद मैनालीका कथाहरूमा भान्सामा खान बनाउने भान्से (कुक)-लाई पनि 'बाहुन' भनेर सम्बोधन गरेको पाउँछौँ। यहाँ पनि बाहुन सम्बोधनका रूपमा प्रयोग भएको देखिन्छ। 

मैले एकपल्ट युट्युबमा एउटा चलचित्र हेरेको थिएँ। चलचित्रको नाम 'उजेली' थियो। यो बालविवाहको पटकथामा बनेको राम्रो चलचित्र छ‌। यसमा उजेलीले आफ्नो श्रीमान्-लाई 'बाहुन' भनेर सम्बोधन गरेकी छन्, "मेरो बाहुन त पढ्न जान्छन्, मलाईचाहिँ घरको काम गर्नुपर्छ।" 

यसरी लोकमा 'बाहुन' शब्द साइनो‌ सम्बोधनका रूपमा रहेको पाइन्छ। यो यस शब्दको ब्लु प्रिन्ट हो। यो शब्द कसरी एउटा समूहलाई बुझाउने शब्द भयो ? त्यो विचारणीय छ।

लिम्बूलाई 'सुब्बा', खम्बूलाई 'राई', सुनुवारलाई 'मुखिया' भनेर चिनिन्छ तर सुब्बा, राई, मुखिया जात नभएर कुनै समयको उपाधि हो तर कालान्तरमा यही उपाधि जातसूचक शब्द बन्यो। 'बाहुन' शब्दको पनि यस्तै इतिहास छ कि? 

यो एउटा प्राक्कल्पनात्मक शोध समस्या हो। यसबारे अझ विस्तृत रूपमा विमर्श गरी अनुसन्धान गर्न सकिन्छ। शब्दको इतिहासबारे हामी रुचि राख्दैनौँ तर शब्द हाम्रो उत्पति र विकासको ब्लु प्रिन्ट हो। यसबारे गम्भीर भएर अध्ययन गऱ्यौँ भने नयाँ थोकको आविष्कार हुन सक्छ। Prollas Sindhuliya  (प्रोल्लास सिन्धुलीय) काे फेसबुक वालबाट

 
Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फैसलापछि बाँकी रहेको सन्नाटा (काल्पनिक कथा)

रमेशको विवाह २०५९ सालको जेठ महिनामा भएको थियो। विवाहका सुरुवाती दिनहरू सामान्य थिए। नयाँ घर, नयाँ जिम्मेवारी र भविष्यका अनेक सपना लिएर उसले वैवाहिक जी...

राष्ट्रलाई सम्बोधनपछि राष्ट्रपति भेट्न पुगे प्रधानमन्त्री बालेन

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ताका लागि बिहीबार शीतल निवास पुगेका छन्। प्रधानमन्त्री नियुक्त भएको करि...

हिंसा भड्काउनेमाथि कडा कारबाही हुने प्रधानमन्त्री बालेनको घोषणा

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायत क्षेत्रमा भएका हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव, ...

दिनभर सडकमा प्रदर्शनपछि गणेश यादवको शव धरान लगियो

सिरहा । सिरहाको गोलबजारमा बिहीबार भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका गणेश यादवको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रत...

तीजमा नाच्न बाध्य बनाउने ‘अक्षरा’को गीत ‘नाचौँ बरिलै’ सार्वजनिक

काठमाडौँ । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘अक्षरा’ को तीज विशेष गीत ‘नाचौँ बरिलै’ सार्वजनिक गरिएको छ। निर्माण टिमले काठमाडौंमा पत्...

कर्फ्युपछि सुनसान जनकपुर, सडकमा प्रहरीको कडा निगरानी

धनुषा । सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि मधेस प्रदेशका विभिन्न जिल्लामा तनाव बढ्दै जाँदा जनकपुरधाममा पनि कर्फ्यु लागू गरिएको छ। कर्फ्यु...

ग्यास अभाव होइन, सिलिन्डर साट्ने चाप बढेको हो: ग्यास उद्योग संघ

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले बजारमा खाना पकाउने ग्यासको वास्तविक अभाव नरहेको दाबी गरेको छ। संघका अध्यक्ष दिवानबहादुर चन्दले ग्यासको आयात न...

ग्यास छैन कि वितरण बिग्रियो ? बजारमा हाहाकारबीच निगमको यस्तो दाबी

काठमाडौँ । राजधानीसहित देशका विभिन्न स्थानमा खाना पकाउने एलपीजी ग्यास पाउन उपभोक्ताले सास्ती व्यहोर्नुपरेको छ। ग्यास लिन हप्तौँसम्म कुर्नुपर्ने, खाली ...

चिठी बोक्ने हुलाक अब स्मार्ट बन्दै, राहदानीदेखि प्रमाणपत्रसम्म घरमै पुग्ने

काठमाडौँ । कुनै समय चिठीपत्र आदानप्रदानको माध्यमका रूपमा परिचित हुलाक सेवा अब नयाँ स्वरूपमा परिवर्तन हुँदैछ । मोबाइल र इन्टरनेटको व्यापक प्रयोगसँगै पर...

दूधको लाखौँ भुक्तानी रोकिँदा किसानको चुलोदेखि गोठसम्म समस्या

झापा । दूध बिक्री गरेको रकम लामो समयसम्म नपाएपछि दमकका करिब दुई सय दुग्ध किसान आर्थिक समस्यामा परेका छन् । दमक–३ स्थित हंसे दुम्से दुग्ध डेरी तथा पशु ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending