Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

कम्युनिष्ट धोकेवाज हुन्, यसैले ताजा जनादेशमा जानुपर्छ 

चन्द्र भण्डारी 

सबै धोकेवाजहरुलाई जम्मा गरेर शेर बहादुर जीले केही गर्न सक्नु हुन्न ? हाम्रो सभापति जीले धोकेवाज कम्युनिष्टहरुको झुण्ड जम्मा गर्ने तिर होइन ताजा जनादेशको लागि चुनावमा जानुपर्छ ।

वैकल्पिक सरकार आवश्यक छ या छैन भन्ने विषयमा बहस गर्नुपूर्व तीन वटा विषयमा ध्यान दिनु आवश्यक रहेको छ । पहिलो, करिव दुईतिहाइको अत्याधिक बहुमतको शक्तिशाली सरकारका प्रधानमन्त्रीले तीन वर्ष नपुग्दै संसदमा किन विश्वासको मत लिन जानु पर्ने अवस्था आयो ? दोस्रो, नेपालको नक्सा सर्वसम्वतरुपमा पास गर्ने अनि संसद किन भंग भयो ? तेस्रो, दुई तिहाइको मतले निर्वाचित पार्टीका नेताहरुले आफ्नै दलका नेतालाई अविश्वास गरी प्रतिपक्ष दलको नेतालाई प्रधानमन्त्री बनाउन किन लागिपरे ? यी तीन कुराको हामीले विश्लेषण नगरिकन समस्याको समाधान हुँदैन । अब प्रष्टमात्र पारेर पुग्दैन विचार केन्द्रित बहस हुनु जरुरी छ ।

नेपाली जनताले कम्युनिष्टलाई कसैले पनि नसोचेको झण्डै दुई तिहाइको बहुमत दिएका हुन् । यी भोट सत्ताको दुरुपयोग गर्न होइन, राजनीतिक स्थिरता, आर्थिक उन्नतिको लागि दिएका हुन् । वीर गोर्खाली भनेर चिनिएका नेपाली अरबमा बोरा बोक्न नपरोस भनेर भोट दिएका हुन् । देशको स्वाभिमानसंग जनताको स्वाभिमान जोडियो भन्ने थियो । तर, कम्युनिष्ट पार्टीको सरकारको नेताले देशका चुनौति र समस्यालाई प्राथमिकतामा राखेर काम गर्न सकेन ।  भूकम्प, नाकावन्दी र कोरोनाले लथालिङ्ग भएको देशबाट नेपाली जनता मुक्त हुन चाहन्थे। तर यो सरकारले प्राथमिकता नै पैलाउन सकेन । उनीहरु आफैभित्र सानासाना स्वार्थमा झगडा गर्न थाले । उनीहरुको झगडा राष्ट्रिय मुद्दा र नीतिको विषयमा होइन । संवैधानिका निकायमा एउटा कर्मचारीको नियुक्ति, एक थान मन्त्रिको नियुक्ती नपाएको झोकमा एकले अर्काको तेजोवद गर्न थाले । 

पार्टीभित्रको झगडालाई लिएर प्रधानमन्त्रीले देशलाई मध्यावधि चुनावमा लैजाने चेष्टा गर्नुभयो । कोरोना महामारीको कहाली लाग्दो स्थिति रहेकोछ । अक्सिजन नपाएर मानिस मरेको मरै छन् । यी सबै विषयलाई ओझेलमा पार्ने किसिमले प्रधानमन्त्री ओली संसदमा विश्वासको मत लिन जानुभयो । अन्ततः असफल हुनुभयो । 

अहिलेको विकल्प भनेको ताजा जनादेशमा जानुनै हो । अहिले नेताहरुले जति मिडियावाजी गरेका छन् ती काम नपाएका, असफल भएका नेताहरु हुन् । अवसर पाएर पनि काम गर्न असफल भएका नेता, मन्त्री, प्रधानमन्त्रीका झुण्डहरुको हातमा मुलुकको राजनीति गयो ।  यीनीहरुले राजनीतिलाई विकृत बनाइदिए । जनाताले केही पाएनन् किनकी उनीहरुको दिमाग नै विकृत थिए । त्यही विकृत दिमागले राज्यसत्ता सञ्चालन गर्न खोज्दा देशको अवस्था दयनीय हुँदै गयो । 

नेपालको अहिलेको स्थिति भनेको दश जनाले दशजनाको निम्ति निर्णय गर्छ, त्यतिमात्र हो । कम्युनिष्ट नेताहरुसंग कुनै भिजन, सोच रहेनछ । कुनै जिम्मेवारी पनि रहेनछ । उत्तरदायीत्व नै रहेन छ । साना कुरामा झगडा गर्छन् । सरुवा बढुवाको निम्ति पार्टी फुटाउँछन् । कोही छ, राजनीति विश्लेषण, राष्ट्रिय सवालको विषयमा बहस गर्ने ? यीनीहरु पार्टीका नेता हुन् ? यी कुनै नेताको परिभाषाभित्र पर्छन् ? अहिलेका नेताहरुबाट सरकार र सिंगो देशको नेतृत्व गर्न सक्दैनन् । जसले आफ्नो पार्टीको नेतृत्व गर्न सकेका छैनन्, उनीहरुले मुलुकको नेतृत्व गर्न सक्छन् ? जबसम्म चुनावबाट कम्युनिष्टहरुलाई विदा गर्न सकिदैन तवसम्म मुलुक बन्दैन । सिङ्गो दुई तिहाइको सरकारले गर्न सकेन । सबै धोकेवाजहरुलाई जम्मा गरेर शेर बहादुर जीले केही गर्न सक्नु हुन्न ? हाम्रो सभापति जीले धोकेवाज कम्युनिष्टहरुको झुण्ड जम्मा गर्ने तिर होइन ताजा जनादेशको लागि चुनावमा जानुपर्छ । ६ महिनाको लागि मन्त्री, सचिव, राजदुत, प्रधानमन्त्री जसजसलाई चाहिन्छ उसैलाई दिए हुन्छ । 

( भण्डारी नेपाली कांग्रेसका नेता हुनुहुन्छ)

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काभ्रेपलाञ्चोककी श्रद्धा: मेडिकल अध्ययनदेखि मिस्टर एण्ड मिस नेशनलसम्म

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका, रिठ्ठेमा जन्मिएकी श्रद्धा अधिकारी ‘मिस्टर एण्ड मिस नेशनल २०२४’ मा प्रतियोगी नम्बर २३ हुन् । गत...

दुर्गा प्रसाईमाथि कुटपिट

बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ ।  बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...

भुटानी शरणार्थी प्रकरण : रायमाझि पुर्पक्ष थुनाको फैसला, खाँडका विषयमा राय बाझियो

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ ।  उच्च अदालत पाटनका...

एमालेको मेची–महाकाली अभियान सुरु

बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...

ल्यार्काल लामा आइविसिको सभापतिमा निर्बाचित

काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...

दुर्गा प्रसाईको महंगो गाडीमा केपी ओली चढ्दै

काठमाडौं । राजतन्त्र फर्काउने अभियानका अभियान्ताका रुपमा चिनिएका दुर्गा प्रसाईले चढ्ने गरेको करिब ५ करोड रुपैँयाको ल्याण्डक्रुजर भि ८ गाडी केपी ओलीले ...

बल्खुमा फेरि तनाव : प्रहरीमाथि हातपात गरेपछि दुर्गा समथर्थकमाथि अश्रुग्याँस प्रहार

काठमाडौं । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । प्रसाईका समर्थकले ब्यरिकेटमा बसिरहेका प्रहरीलाई हातपात गरेपछि  प्रहरीले प...

प्रधानमन्त्री प्रचण्ड सगरमाथाको आधारशिविर कालापत्थरमा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सगरमाथाको आधारशिविर कालापत्थरबाट शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गर...

जापानविरुद्द नेपालको सान्त्वना जित

काठमाडौं । चार देशीय महिला टी–२० सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको छ । आज भएको खेलमा जापानलाई ६७ रनले हराउँदै न...

लप्सीफेदीमा सुरक्षाकर्मी र स्थानीयबिच झडप, डीएसीसहित ३ घाइते

काठमाडौं । काठमाडौंको लप्सीफेदीमा स्थानीय र प्रहरीबिच झडप हुँदा डीएसपी सहित ३ प्रहरी घाइते भएका छन् ।  शंखरापुर नगरपालिका ३ लप्सीफेदीमा विद्युतप्रा...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies