काठमाडौं । दक्षिण कोरियाले आफूलाई कोरोना सङ्क्रमण भए नभएको थाहा पाउन आफैँले परीक्षण गर्न मिल्ने किट निर्माण गरेको छ । किट यहाँका दुई औषधि निर्माता कम्पनी हुमासिस र एसडी बायोसेन्सरले निर्माण गरेका हुन् ।
उक्त किटमार्फत आफूलाई कोरोना लागेको शङ्का लागेमा घरमै बसेर आफ्नो परीक्षण गरी निश्चिन्त हुन सकिन्छ । घरमै बसी आफ्नो स्वाबमार्फत परीक्षण गरिने यो किटले परीक्षण गरेको १५ मिनेटमै कोरोना भाइरस लागे नलागेको पत्ता लगाउन सकिन्छ ।
यतिमात्र नभई यो किट अब हरेक २४ घण्टे पसलमा सहजै उपलब्ध हुने भएको छ । यहाँका जी एस–२५, सेभेन इलाभेन, इ–मार्टलगायतका २४ घण्टे पसलबाट सजिलै खरिद गर्न सकिने उक्त किटको खुद्रा मूल्य १० हजार कोरियन वन अर्थात् झण्डै एक हजार नेपाली रुपैयाँ पर्छ ।
यसको सहायताले अब प्रयोगकर्ताले सहजै आफ्नो नतिजा थाहा पाई पोजिटिभ आए सेल्फ आइसोलेशन बस्ने तथा थप पिसिआर जाँच गरी स्वास्थ्य सुरक्षा अपनाउन सक्नेछन् । कोरियामा पछिल्लो समय कोरोना भाइरसको प्रकोप थप बढ्न थालेपछि सरकारले परीक्षणको दायरा बढाउन उक्त नीति अवलम्बन गरेको बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २८ गते, २०७९ - ०८:३०
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज शनिबार बस्दैछ । बैठक शनिबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय वीपीनगर सानेपामा...
श्रावण २८ गते, २०७९ - ०८:२४
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ। शनिबार देशभर आंशिकदेखि ...
श्रावण २७ गते, २०७९ - १२:१०
काठमाडौं। नेपाल सरकारले यसै वर्षदेखि लागि सातवटै प्रदेशस्तरमा विद्यालय तहका पाठ्यपुस्तक छपाइ सुरु गर्ने भएको छ । स्थानीय तहको निर्वाचनको मतपत्र छपाइ र...
श्रावण २७ गते, २०७९ - ११:३०
जनकपुर । जनकपुरधाम उपमहानगरपालिका-७ निवासी १८ वर्षीय अर्जुन साहको हत्याको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरी लोहार...
श्रावण २१ गते, २०७९ - ०९:५५
काठमाडौं । मेलम्चीमा भारी वर्षाका कारण मेलम्ची तटिय क्षेत्रमा सतर्कता अपानाउन भनिएको छ । सिन्धुपाल्चोक जिल्लाको घुम्थाङ, धाप, नाकाते, र आसपास ठूलो वर्...
श्रावण २१ गते, २०७९ - ०९:२३
नारिता । माओवादी अध्यक्ष प्रचण्डलाई जापानमा भव्य स्वागत भएको छ । नेपाली जनप्रगतिशील मञ्च जापानका अध्यक्ष भवानी पन्त लगायतका पदाधिकारी र प्रवासी नेपाली...
श्रावण १९ गते, २०७९ - ११:१९
काठमाडौं । नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको ९ एन–एएनएफ विमान नेपालगञ्ज विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । श्री एयरलाइन्स नेपा...
श्रावण १९ गते, २०७९ - ११:०२
काठमाडौ। विद्युतीय मतदान यन्त्रलाई ह्याक गरिएको चेतावनी आएपछि बेलायतमा प्रधानमन्त्रीको निर्वाचनका लागि हुने मतदान प्रभावित हुने भएको छ । देशको सरका...
श्रावण १८ गते, २०७९ - ११:४१
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति शी जिनपिंगबीच भएको लामो टेलिफोन वार्तामा भएको सहमति उल्लंघन गर्दै अमेरिकी सभामुख न्यान्सी...
श्रावण १८ गते, २०७९ - १०:३१
सुनसरी । भारतले सप्तकोसी ब्यारेजका सबै ढोका नखोलेका कारण सुनसरीमा बाढीले कटान तिव्र पारेको छ । सुनसरी र उदयपुरको सिमानामा सप्तकोसीको बाढीले कटान तीब्र...
प्रतिकृया लेख्नुहोस्: