काठमाडौं । विभाजनको मुखको डिलमा पुगेको सत्तारुढ दल नेकपा एमालेको विवाद पछिल्लो समय समाधान दिशातर्फ अघि बढेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते हठात् संसद विघट गरेपछि एकले अर्कालाई खुइल्याउन सडक संघर्ष देखि देशभर समानान्तर कमिटी गठन गर्दै आएको माधव समूहले बिहीबार अध्यक्ष केपी शर्मा ओलीसंग बुढानिलकण्ठमा भएको चार घण्टा लामो वार्ता र छलफल पछि प्रधानमन्त्री ओली माधव पक्षले राखेको ६ बुँदे प्रस्तावमा सकारात्मक भएका थिए । दुवै पक्षले कार्यदल बनाएर विवादको टुंगो लगाउने सहमति भए पश्चात शुक्रबार राति ओली समूह र नेपाल समूहबीच प्रधानमन्त्री कार्यलय सिंहदरबारमा कार्यदल गठन गर्ने सहमति गरेका थिए ।
त्यसैलाई मूर्तरुप दिन शनिबार कार्यदल गठन गर्ने तयारी नेताहरुले गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले आन्तरिक विवाद समाधानका लागि कार्यदल गठनको तयारी गरेका हुन् ।
यद्यपि कार्यदल कति सदस्यीय रहने र त्यसमा को–को नेता रहने भन्ने टुंगो लागिसकेको छैन । शनिबार ओली र नेपालबीच छलफल गरेर कार्यदल बनाउने तयारी भइरहेको एमाले नेता युवराज ज्ञवालीले बताए । उनले भने, ‘हाम्रो तर्फबाट ६ बुँदे एजेण्डा प्रस्तुत गरेका छौं । त्यस प्रति प्रधानमन्त्री सकारात्म देखिनु भएको छ । जुन प्रधानमन्त्रीले विश्वासको मत लिनु अगावै कार्यन्वयन हुनुपर्छ भन्ने हाम्रो अडान छ । धेरै साथीहरुको धारणा पनि पहिले लिखित सहमति गरेर मात्र अघि बढौं भन्ने छ । त्यसकै तयारीमा हामी छौं
यस्तै, हिजोदेखि शुरु भएको माधव समूहको केन्द्रीय कमिटी बैठक आज पनि जारी छ । भर्चुअल रुपमा दिउँसो बस्ने बैठकमा केन्द्रीय सदस्यहरुले बोल्ने क्रम जारी रहने नेता ज्ञवालीले बताए ।
ज्ञवालीका अनुसार हालसम्म धारणा राख्ने सबै केन्द्रीय सदस्यहरुले जेठ दुईमा फर्किंदा त्यस बेलाका सबै संरचनाहरु यथावत रहनुपर्छ र त्यसपछिमात्रै कार्यविभाजनमा छलफल गर्न सकिने धारणा राखेका छन् । माओवादीबाट एमालेमा आएका नेताहरुको हकमा पहिलेकै स्थायी कमिटीले निर्णय गरेपछि कुन कुनु नेतालाई कस्तो जिम्मेवारी दिने भन्नेबारे निणर्य गर्न सकिनेब बताए ।
यसअघि अध्यक्ष ओलीले आफूलाई साथ दिएका पूर्वमाओवादी नेताहरु रामबहादुर थापा, टोपबहादुर रायमाझी, मणि थापालगायतका नेताहरुलाई जिम्मेवारी दिदा माधव नेपाल सहित चार जनालाई पार्टीबाट ६ महिनाको लािग निलम्बन गरेका थिए । तर, माधव समूहले कारवाहीको कुनै प्रवाह नगरी प्रधानमन्त्रीलाई असफल बनाउन आफु पक्षका सबै सांसदले सामूहिक राजिना दिने घोषणा गरेपछि बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली पक्षको स्थायी कमिटी बैठकले चार जना नेताको कारवाही फिर्ता लिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: