फुङ्लिङ । वल्लो पल्लो घर पालो पैंचो गर्ने, पसलमा गएर सरसामान किन्ने र घाँस दाउरा, मेलापात गदै आएका मेरिङदेन गाउँपालिका—४ का ५४ वर्षीय जनार्दन प्रसाई घर बाहिर नकिस्किएको दुई साता भयो । उहाँ मात्र होइन प्राय ताप्लेजुङको सबै गाउँमा मानिसहरु घरभित्रै बस्न थालेको छन् । मेरिङदेन गाउँपालिका—६ की विमना लिम्बु दुई हप्तादेखि छिमेकीको घरमा जानु भएकी छैन् । छिमेकीसँग भेटघाट पनि गरेको छैन ।
फुङ्लिङ नगरपालिका—७ बिहिवारे निवासी जितेन चेम्बजोङले भने 'टोलबाट बाहिर गएर फेरी फर्केर आउन पाइँदैन । टोलको नियम कडा छ ।' आफ्नो गाउँमा कोभिड—१९ संक्रमण फैलिन नदिनका लागि कडा नियम बनाएको चेम्जोङले बताए ।
घरमा कोही छन् भन्ने भेउ बिहान धुरीबाट निस्केको धूवाँले पाइन्छ । नत्र गाउँमा सन्नाटा छाएको छ । उराठलाग्दो देखिएको छ । बारीमा मकै हरियो देखिन्छ । बारिका गन्लाहरुमा घाँसको बालुवा पलाउँन थालेको छ । गाउँ सुनसान भए पछि चराचुरुङ्गीहरु घर नजिक—नजिक आउँन थालेको छ । चराहरुको आवाजले एक प्रकारको संगीतमय बन्दै गएको छ ।
पहिलो चरणको कोभिड—१९ को संक्रमण फैलिन्दा सहर भन्दा गाउँ धेरै सुरक्षित मनिएको थियो । तर दोस्रो चरणको कोभिड—१९को लहरमा गाउँ पनि असुरक्षित हुर्दै आएको मेरिङदेन गाउँपालिका—२ का स्थानीय मेघराज लिम्बुले बताए । उनले भने 'गाउँमा महामारी फैलियो भने बजारको जस्तो अस्पतालको सुविधा छैन । त्यसैले समयमै सुरक्षित रहनु पर्दछ ।'
ताप्लेजुङमा नौ स्थानीय तह मध्ये ७ स्थानीय तहमा कोभिड—१९ संक्रमण फैलिएको छ । गाउँ—गाउँमा कोभिड संक्रमितहरु छन् । गाउँमा विरामी भए अस्पताल, यातायात, बाटोको सहज नभएको पाथीभराङवरका गाउँपालिका—६ की चित्रा कुमार लिम्बुले बताए । उनले भने 'बरु केही समय घर भित्र बस्नु को विकल्प छैन् ।' प्रत्येक स्थानीय तहरुले एक गाउँ देखि अर्को गाउँ आउँ जाउँ नगर्न सार्वजनिक सूचनाहरु विभिन्न संञ्चार माध्यममा प्रकाशन तथा प्रसारण गर्दै आएको छ ।
जिल्ला अस्पताल ताप्लेजुङको तथ्यांक अनुसार जिल्लामा शनिबार सम्म सक्रिय संक्रमित २७१ छन् । मेरिङदेन गाउँपालिमा १२ जान सक्रिय सक्रमित रहेको जिल्ला कोभिड—१९ जिल्ला फोकल परसन तथा जिल्ला जनस्वास्थ अधिकृत प्रतिमा खरेलले बताइन । आठराइत्रिवेणी गाउँपालिकामा ८ सिरिजंघा गाउँपालिकामा ११ पाथीभरायाङवरक गाउँपालिकाम ४ जान र फुङ्लिङ नगरपालिकामा २०३ जना सक्रिया संक्रमित रहेको खरेलले बताइन ।
मेरिङदेन गाउँपलिकाका प्रवक्ता सूर्यमान बराइलीले भने ‘अहिले सहज वातावरण छैन । कोरोना सर्ने डर उत्तिकै छ । पोहोरको जस्तो होइन ।' रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - ०९:४१
भोजपुर । भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...
पौष ५ गते, २०८२ - ०९:४०
काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...
पौष ५ गते, २०८२ - ०९:३४
पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...
पौष ५ गते, २०८२ - ०९:३२
पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...
पौष ५ गते, २०८२ - ०९:२८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...
पौष ५ गते, २०८२ - ०९:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...
पौष ५ गते, २०८२ - ०९:२१
तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...
पौष ५ गते, २०८२ - ०९:१८
काठमाडौँ । प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...
पौष ५ गते, २०८२ - ०९:१५
झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी
पौष ५ गते, २०८२ - ०९:०१
काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...




प्रतिकृया लेख्नुहोस्: