सुर्खेत । जाजरकोटमा लगातारको वर्षापछि गएको पहिरोले भेरी नगरपालिका–२ रिसाङ र वडा नम्बर ३ स्यालामा ठूलो क्षति पुर्याएको छ । पहिरोमा परी सात जना घाइते भएका छन् भने एक कच्ची घर र दुई वटा अस्थायी टहरा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।
शनिबार अपराह्नदेखि परेको अविरल वर्षापछि भेरी नगरपालिका–२ रिसाङ क्षेत्रमा पहिरो गएको हो । पहिरोमा परी करिब ६० वर्षीय रामबहादुर शाही गम्भीर घाइते भएका छन् । उनको छाती, टाउको र हातमा चोट लागेको छ । जिल्ला अस्पताल जाजरकोटमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।
सोही पहिरोमा ४५ वर्षीय सिद्दीबहादुर कामीको ढाडमा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको छ । भेरी–२ चिसापानीकी ५७ वर्षीया भद्रावली कार्की पनि घाइते भएकी छन् । उनको शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
यस्तै, डौरीकाँडाका ४५ वर्षीय मनवीर चदराको टाउकोमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । उनको उद्धार तथा उपचारका लागि अस्थायी प्रहरी चौकी रावतगाउँबाट प्रहरी सहायक निरीक्षक धर्मराज ढुङ्गानाको नेतृत्वमा पाँच जनाको टोली खटिएको छ ।
पहिरोमा १६ वर्षीया मनिषा विक र ४७ वर्षीया मोतिकला विक पनि घाइते भएका छन् । दुवैको अवस्था मध्यम रहेको छ । मोतिकलाको हातखुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ ।
पहिरोले भेरी नगरपालिका–३ स्यालामा पनि ठूलो क्षति पुर्याएको छ । पूर्णबहादुर विकको ढुंगा–माटोले बनेको ६ कोठे दुईतले कच्ची घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । घरमा रहेका पाँच जना परिवार भने आफन्तको घरमा आश्रय लिएर बसेका छन् ।
त्यस्तै, भैरवी केसीका दुई वटा टिनका अस्थायी टहरा पनि पहिरोले पूर्ण रूपमा क्षति गरेको छ । ती टहरामा भने मानिस बसोबास नगर्ने प्रहरीले जनाएको छ ।
पहिरोपछि उद्धार तथा क्षतिको विवरण सङ्कलनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक राजेश शाहीको नेतृत्वमा ११ जना तथा सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म जाजरकोटबाट प्रहरी निरीक्षक कमल कार्कीको नेतृत्वमा १० जना सुरक्षाकर्मी घटनास्थलतर्फ खटिएका छन् ।
पहिरोका कारण सडक अवरुद्ध भएपछि सुरक्षाकर्मी पैदलै घटनास्थल पुगेका छन् । जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुधीरकुमार खड्काका अनुसार घटनाको थप विवरण सङ्कलन भइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३० गते, २०८३ - २२:१९
काठमाडौँ । नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि शनिबार विभिन्न ब्रान्डका ६ हजार ८०२ सिलिन्डर खाना पकाउने ग्यास बिक्री–वितरण ...
श्रावण ३० गते, २०८३ - २२:१२
सुर्खेत । जाजरकोटमा लगातारको वर्षापछि गएको पहिरोले भेरी नगरपालिका–२ रिसाङ र वडा नम्बर ३ स्यालामा ठूलो क्षति पुर्याएको छ । पहिरोमा परी सात जना घाइते भ...
श्रावण ३० गते, २०८३ - २२:०५
काठमाडौँ । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरे...
श्रावण ३० गते, २०८३ - २१:५९
काठमाडौँ । खाना पकाउने ग्यासको अभावले एक महिनादेखि हैरान भएका उपभोक्ताले शनिबार झरीमा समेत घण्टौँ लाइन बसेर सास्ती बेहोर्नुपरेको छ । सरकारले विभिन्न स...
श्रावण ३० गते, २०८३ - २१:३६
झापा । झापा गाउँपालिका–४ स्थित वडा कार्यालय अगाडि हुलाकी राजमार्गमा टिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । दुर्घटनापछि आक्रोशित स्थानीयले टि...
श्रावण ३० गते, २०८३ - २१:३१
काठमाडौँ । नेपाल र भारतले सीमा क्षेत्रमा एकअर्काका नागरिकले भोगचलन गर्दै आएको जग्गाको नापजाँच गर्ने सहमति गरेका छन् । दुवै देशका नागरिकले एकअर्काको भू...
श्रावण ३० गते, २०८३ - २१:२३
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई औपचारिक रूपमा ‘सम्मेलन’ मा परिणत गरेको छ । सुरुमा राष्ट्रिय भेलाका रूप...
श्रावण २९ गते, २०८३ - २२:१३
माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने
श्रावण २९ गते, २०८३ - २२:०५
काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...
श्रावण २९ गते, २०८३ - २१:३२
वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...



प्रतिकृया लेख्नुहोस्: