Khabar Dabali ११ जेष्ठ २०८३ सोमबार | 25th May, 2026 Mon
Investment bank

अक्सिजन वितरण एकद्वार प्रणालीबाट गर्न मुख्यमन्त्री राउतको निर्देशन

खबरडबली संवाददाता

जनकपुरधाम । पछिल्लो समय बढ्दै गएको कोरोना सङ्क्रमणविरुद्ध प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत एक्शनमा उत्रिएका छन् । बढ्दो अक्सिजनको माग र सङ्क्रमितको चापलाई हेर्दै मुख्यमन्त्री राउतले आज धनुषास्थित अक्सिजन प्लान्ट र कोभिड अस्पतालको स्थलगत अनुगमन गरेका हुन् । 

आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादव, प्रमुख सचिव गोकर्णमणि दुवाडी, मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा, नेपाल प्रहरीका डिआइजी धिरजप्रताप सिंह र प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलासहितको टोली लिएर मुख्यमन्त्री राउतले स्थलगत निरीक्षण तथा अनुगमन गरेका हुन् ।

ढल्केवरस्थित ढल्केवर ग्यास उद्योग (अक्सिजन प्लान्ट) निरीक्षणका क्रममा मुख्यमन्त्री राउतले उद्योगका सञ्चालकलाई अक्सिजनको वितरण एकद्वार प्रणालीमार्फत मात्र गर्न निर्देशन दिए । जिल्लामा अक्सिजनको वितरणमा आजैदेखि एकद्वार प्रणाली लागू गरिएको छ ।

त्यसैगरी मुख्यमन्त्री राउतसहितको टोलीले जनकपुरधामको बेलामा निर्माणाधीन अक्सिजन प्लान्टको समेत अवलोकन गरेका छन् । सो क्रममा उनले अविलम्ब प्लान्ट सञ्चालन गरी सङ्क्रमितको ज्यानको रक्षा गर्न उद्योगका सञ्चालकलाई आग्रहसमेत गरेका छन् । मुख्यमन्त्री राउतको आग्रह उद्योगका सञ्चालकले शनिबारसम्म जसरी भए पनि प्लान्ट सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरे । बेलामा निर्माणाधीन उद्योग २४ घण्टामा ६०० सिलिन्डर रिफिल गर्न सक्ने क्षमताको छ ।

त्यस्तै मुख्यमन्त्री राउतसहितको टोलीले जानकी मेडिकल कलेजद्वारा सञ्चालित कोभिड अस्पतालको समेत निरीक्षण गरेको छ । जानकी मेडिकल कलेज रमदैया पुगेको टोलीले अस्पताल व्यवस्थापकसँग अस्पतालमा रहेका सङ्क्रमितको अवस्था र उपचारमा भइरहेको समस्याबारे जानकारी लिएको छ । 

 सो क्रममा मेडिकल कलेजको व्यवस्थापन पक्षले अक्सिजनको कोटा बढाई दिन माग गरेको थियो । टोलीले आजैदेखि अक्सिजनको कोटा बढाइदिने र शनिबारदेखि चाहे जति अक्सिजन उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । हाल ६० श्यया कोरोना सङ्क्रमितका लागि सञ्चालन गरिरहेको सो मेडिकल कलेजलाई मुख्यमन्त्री राउतले श्यया बढाउन आग्रहसमेत गरे ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending