काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले अझै पनि कम्युनिष्ट पार्टीबीचको एकता आवश्यक रहेको बताएका छन् । श्रेष्ठले नेपाली क्रान्तिलाई अगाडि बढाउन र समाजवाद स्थापना गरी कम्युनिष्ट आन्दोलनलाई विश्व साम्यवादको दिशातिर लैजाने उद्देश्य प्राप्त गर्न कम्युनिष्ट एकता आवश्यक रहेको बताएका हुन् ।
नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) केन्द्रले राजनीतिक परिवर्तनको रक्षा गरी राष्ट्रिय स्वाधिनता सुदृढ गर्ने, सामाजिक–आर्थिक रुपान्तरण गर्ने र समाजवाद स्थापना गर्ने लक्ष्य साथ पार्टी एकिकरण गरिएको भए पनि देशी विदेशी शक्तिहरुको योजनामा पार्टी फुटाइएको उनको भनाइ छ ।
पार्टी एकताको उद्देश्य, लक्ष्य, मर्म र भावना पार्टी पंक्तिमा पुर्याउन नसक्नु पनि कमजोरी भएको उनले बताए । कम्युनिष्ट पार्टीको उद्देश्य प्राप्तिका लागि पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने उनको भनाइ छ ।
‘हाम्रो उद्देश्यलाई कायमै राख्नुपर्छ । पार्टी एकता एकचोटी विदेशी र देशभित्रका पार्टी एकताको मर्म नबुझ्ने र जनताप्रति गम्भीर रुप र इमान्दार नहुने प्रवृत्तिले पार्टी एकतालाई भाँजो हाल्यो, पार्टी एकतालाई विभाजनमा पुर्यायो, प्रतिगमनको दिशातिर देशलाई लग्यो भनेर अब कम्युनिष्टहरुको एकता काम नलाग्दो रहेछ भन्ने सोच्नु गलत हुन्छ,’ श्रेष्ठले भने, ‘अब हामीले फेरि कम्युनिष्टलाई कसरी एकताबद्ध गर्ने ? तर वैचारिक राजनीतिक कार्यदिशालाई सही ढंगले प्रष्ट पारेर, सांस्कृतिक रुपान्तरणको अभियान पनि कम्युनिष्ट आन्दोलनमा अगाडि बढाएर जानुपर्छ ।’
नेता श्रेष्ठले पहिले आफ्नो पार्टीलाई नै रुपान्तरण गर्नुपर्ने अवस्था रहेको पनि औँल्याए । उनले कम्युनिष्ट पार्टीबीचको एकीकरण गर्न हिम्मत नहार्ने उनको भनाइ छ ।
‘कमजोरी सच्याउने प्रयत्न गर्दा विदेशी र यहाँभित्रको प्रतिगामी शक्तिका कारण नकारात्मक चुनौतीको सामना गर्नुपरेको छ,’ उनले भने, ‘तर हामी हिम्मत हार्दैनौँ । कम्युनिष्टहरुले हिम्मत हार्नु हुँदैन । हामीले बाह्य शक्तिहरुको हस्तक्षेपबाट देशको स्वाधिनताको रक्षा गर्ने, प्रतिगमनको दिशातिर देशलाई लैजान नदिने, कम्युनिष्ट आन्दोलनलाई फेरी एकिकरण गर्ने दिशातिर लैजाने तर त्यसको निम्ति पहिला वैचारिक, राजनीतिक लाइनमा प्रष्टता हासिल गर्ने ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८१ - २०:०५
काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई वात्सल्य नेचुरल आई. भि. एफ प्रा.लि.का विभिन्न ...
चैत्र ४ गते, २०८१ - १५:४२
ओखलढुंगा । स्थानीय तह पुसंरचनापछि गाउँपालिका केन्द्रमा आवश्यक पूर्वधार संरचना निर्माण गर्न सर्वसाधरणले निशुल्क प्रदान गरेको जग्गा गाउँपालिका अध्यक्ष र...
चैत्र ४ गते, २०८१ - १५:०८
रौतहट । सर्लाही प्रहरीले प्रलोभनमा पारी रकम ठगी गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ। नेपाल प्रहरीमा जागिर लगाइदिने भनेर रकम ठगी गरेको आरोपमा प्रहर...
चैत्र ४ गते, २०८१ - १५:०७
खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकाका स्थानीयले जलविद्युत् आयोजना सञ्चालन गर्ने सम्बन्धित कम्पनीले जमिन उपयोग गरेबापत मुआब्जा नदिएपछि आयोजना नै बन्द...
चैत्र ४ गते, २०८१ - १५:००
पोखरा । त्रिभुवन विश्वविद्यालय अन्तरर्गत पोखराका ४ वटा क्याम्पसमध्ये २ वटा क्याम्पसमा सौहार्द वातावरणमा निर्वाचन भइरहेको छ। अन्य दुइटा क्याम्पसमा ...
चैत्र ४ गते, २०८१ - १४:५१
काठमाडौं । ट्रकमा २५ करोड रुपैयाँसहित सिन्धुपाल्चोकका ३९ वर्षीय कुसाङ लामा पक्राउ परेका छन् । आज बिहान काठमाडौंको झोर क्षेत्रबाट २५ करोड रुपैयाँसहित उ...
चैत्र ४ गते, २०८१ - १४:०१
नेपालको राजनीतिक इतिहास र नेपालको कम्युनिस्ट आन्दोलनको समेत इतिहासमा यी दुवै धाराका प्रमुख नेतृत्वले थालनीताका तय गरिएका लक्ष्य भेदन गर्न खासै निरन्तर...
चैत्र ४ गते, २०८१ - १२:४७
अनेकोट यस्तो महान् भूमि हो जहाँ सातजना सांस्कृतिक योद्धाले मुक्तिका लागि क्रान्तिको बेदीमा आत्माहुति चढाएका थिए । २०५५ सालको चैत ५ गतेको दिन तत्कालीन ...
चैत्र ४ गते, २०८१ - १२:१४
काठमाडौं । बजारमा आँप आउन थालेको छ। बिगत १५ दिनदेखि बजारमा आँप आउन थालेको हो । हाल चीन र भारतबाट आँप आइरहको छ । सिजन नभएकाले आँपको खपत भने न्यून र...
चैत्र ४ गते, २०८१ - १२:०२
काठमाडौं । काठमाडौं उपत्यकाका ८ वटा आङ्गिक क्याम्पसहरूमा स्ववियु निर्वाचन स्थगित भएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत उपत्यकाभित्रका २२ वटा आङ्गिक...
प्रतिकृया लेख्नुहोस्: