Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

राष्ट्रिय सभा उपनिर्वाचनमा बादललाई मतदान गर्न प्रधानमन्त्री ओलीको अपिल, पार्टीको उम्मेद्वार बाहेक अरुलाई मतदान गरे स्वीकार्य हुदैन

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि हुने वागमती प्रदेश राष्ट्रिय सभा उपनिर्वाचनमा गृहमन्त्रीसमेत रहेका नेता रामबहादुर थापा बादललाई मत दिन अपिल गरेका छन्।

अध्यक्ष ओलीले बुधबार पार्टीको तर्फबाट एक अपिल जारी गर्दै बिहीबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा पार्टीका उम्मेदवार थापालाई मत दिन उनले आग्रह गरेका हुन्। यस उपनिर्वाचनले विषेश महत्व राख्ने भन्दै पार्टी एकता, अनुशासनलाई स्थापित गर्न थापाको जित महत्वपूर्ण हुने जारी अपिलमा उल्लेख गरेका छन् । 


‘‘जेठ ६ गते बागमती प्रदेशबाट प्रतिनिधित्व हुने राष्ट्रिय सभा सदस्यको रिक्त पदमा कमरेड रामबहादुर थापा हाम्रो उम्मेद्वार हुनुहुन्छ। उहाँ नेपालको कम्युनिष्ट आन्दोलनको एक जना वरिष्ठ नेता हुनुहुन्छ,’ ओलीले  भनेका छन्, ‘उहाँको विजयले कम्युनिष्ट आन्दोलन भावनात्मक एकतामा समेत बल पुग्नेछ। तसर्थ यस निर्वाचनमा एकतावद्ध भएर आफ्ना पार्टीका उम्मेदवारलाई बिजयी बनाउनु हुन आग्रह गर्दछु।’

ओलीले ०७५ जेठ ३ गते भएको पार्टी एकीकरणमा केही नेताहरुको स्वार्थका कारण एकता जोगाउन सम्भव नभए पनि कम्युनिष्ट पार्टीको विरासत एमालेले नै बोक्ने दावी गरेका छन् । पार्टीको विधि, प्रकृया र पद्धतिलाई आत्मसाथ गर्दै पार्टी अनुशासन कायम राख्नु सम्पूर्ण नेता  तथा कार्यकर्ताको कर्तव्य रहेको अपिलमा उल्लेख गरेका छन् । अध्यक्ष ओलीले आज निकालेको अपिलमा पार्टीका उम्मेदवारबाहेक अरूलाई मत दिनु कल्पनाबाहिरको भएकोसमेत बताएका छन्। यस्ता प्रवृत्ति स्वीकार्य नहुने पनि ओलीको भनाइ छ।


२०७४ सालमा भएको निर्वाचनमा  नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएका बादल फागुन २३ गते सर्वोच्च अदालतले नेकपा भंग गरेपछि एमालेतर्फ लागेका थिए। उनी नेकपा एमाले प्रवेशसँगै माओवादीले कारवाही गरेपछि पद रिक्त भएको थियो।

बादल विरुद्ध विपक्षी कांग्रेस–माओवादी तर्फबाट उम्मेद्वार बनेका संघीयता विज्ञ एवं एमालेकै विज्ञ समूहका नेता डा खेमलाल देवकोटा चुनावी मैदानमा उत्रिएका छन् । उनलाई एमाले विभाजन उन्मुख हुँदा माधव नेपालको विशेष पहलमा विपक्षी गठबन्धनबाट स्वतन्त उम्मेद्वार बनाइएको थियो । एमाले दुवै पक्ष मिलापत्र तर्फ अगाडि बढ्दा देवकोटा अन्यायमा परेका छन् । 
 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

धोबीखोलामा भेटियो युवकको शव

काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ।  मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...

बाजुरामा सात मतदानस्थल थपिए

बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...

तीनकुने-जडीबुटीमा फ्लाइओभर र अन्डरपास बन्ने निश्चित, जापानसँग ३२ अर्बको ऋण सम्झौता

१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश १६ दिनदेखि शीतलनिवासमा ‘होल्ड’

काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...

कालीमाटीमा गोलभेँडाको मूल्य घट्यो, काउली र फर्सीको बढ्यो

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...

एनपीएलः आज पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज, सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।  ...

चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...

काँकडभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending