काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि हुने वागमती प्रदेश राष्ट्रिय सभा उपनिर्वाचनमा गृहमन्त्रीसमेत रहेका नेता रामबहादुर थापा बादललाई मत दिन अपिल गरेका छन्।
अध्यक्ष ओलीले बुधबार पार्टीको तर्फबाट एक अपिल जारी गर्दै बिहीबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा पार्टीका उम्मेदवार थापालाई मत दिन उनले आग्रह गरेका हुन्। यस उपनिर्वाचनले विषेश महत्व राख्ने भन्दै पार्टी एकता, अनुशासनलाई स्थापित गर्न थापाको जित महत्वपूर्ण हुने जारी अपिलमा उल्लेख गरेका छन् ।
‘‘जेठ ६ गते बागमती प्रदेशबाट प्रतिनिधित्व हुने राष्ट्रिय सभा सदस्यको रिक्त पदमा कमरेड रामबहादुर थापा हाम्रो उम्मेद्वार हुनुहुन्छ। उहाँ नेपालको कम्युनिष्ट आन्दोलनको एक जना वरिष्ठ नेता हुनुहुन्छ,’ ओलीले भनेका छन्, ‘उहाँको विजयले कम्युनिष्ट आन्दोलन भावनात्मक एकतामा समेत बल पुग्नेछ। तसर्थ यस निर्वाचनमा एकतावद्ध भएर आफ्ना पार्टीका उम्मेदवारलाई बिजयी बनाउनु हुन आग्रह गर्दछु।’
ओलीले ०७५ जेठ ३ गते भएको पार्टी एकीकरणमा केही नेताहरुको स्वार्थका कारण एकता जोगाउन सम्भव नभए पनि कम्युनिष्ट पार्टीको विरासत एमालेले नै बोक्ने दावी गरेका छन् । पार्टीको विधि, प्रकृया र पद्धतिलाई आत्मसाथ गर्दै पार्टी अनुशासन कायम राख्नु सम्पूर्ण नेता तथा कार्यकर्ताको कर्तव्य रहेको अपिलमा उल्लेख गरेका छन् । अध्यक्ष ओलीले आज निकालेको अपिलमा पार्टीका उम्मेदवारबाहेक अरूलाई मत दिनु कल्पनाबाहिरको भएकोसमेत बताएका छन्। यस्ता प्रवृत्ति स्वीकार्य नहुने पनि ओलीको भनाइ छ।
२०७४ सालमा भएको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएका बादल फागुन २३ गते सर्वोच्च अदालतले नेकपा भंग गरेपछि एमालेतर्फ लागेका थिए। उनी नेकपा एमाले प्रवेशसँगै माओवादीले कारवाही गरेपछि पद रिक्त भएको थियो।
बादल विरुद्ध विपक्षी कांग्रेस–माओवादी तर्फबाट उम्मेद्वार बनेका संघीयता विज्ञ एवं एमालेकै विज्ञ समूहका नेता डा खेमलाल देवकोटा चुनावी मैदानमा उत्रिएका छन् । उनलाई एमाले विभाजन उन्मुख हुँदा माधव नेपालको विशेष पहलमा विपक्षी गठबन्धनबाट स्वतन्त उम्मेद्वार बनाइएको थियो । एमाले दुवै पक्ष मिलापत्र तर्फ अगाडि बढ्दा देवकोटा अन्यायमा परेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २८ गते, २०८२ - ०८:२०
गण्डकी । पोखरा रङ्गशालामा गत माघ २७ देखि फागुन ९ गतेसम्म सञ्चालित २५औँ संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता रात्रिकालीन समयमा खेलाउने ...
फाल्गुन २८ गते, २०८२ - ०८:१५
तनहुँ । आँबुखैरेनी गाउँपालिका–४ स्थित ६९ मेगावाट क्षमताको मस्र्याङ्दी जलविद्युत् केन्द्रको मर्मतसम्भार कार्य सम्पन्न गरी पुनः विद्युत् उत्पादन कार्य स...
फाल्गुन २८ गते, २०८२ - ०८:१०
काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलसहित उक्त पार्टीलाई हा...
फाल्गुन २८ गते, २०८२ - ०८:०९
काठमाडौँ । देशका विभिन्न भागमा प्रहरीले गरेको नियमित गस्तीका क्रममा लागुऔषधसहित १३ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरीकक्षका अनुसार काठमाडौँ, झ...
फाल्गुन २८ गते, २०८२ - ०७:४६
काठमाडौं । चुनावमा सानदार सफलता पाएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बाल...
फाल्गुन २८ गते, २०८२ - ०७:४२
काठमाडौं । काठमाडौँ उपत्यकाको वायु प्रदूषण आज पनि अस्वस्थकर स्तरमा पुगेको छ। बिहीबार बिहान ७:२० बजे गरिएको मापनअनुसार उपत्यकाको एयर क्वालिटी इन्डेक्स ...
फाल्गुन २८ गते, २०८२ - ०७:३७
काठमाडौं । इरानमाथि संयुक्त राज्य अमेरिका–इजरायलले आक्रमण गरेपछि सुरु भएको द्वन्द्वबाट सम्पूर्ण मध्यपूर्व प्रभावित हँुदा तेल र ग्यास आपूर्तिमा अवरोध आ...
फाल्गुन २८ गते, २०८२ - ०७:३३
काठमाडौं । सरकारले मध्यपूर्वमा झन्डै डेढ सातादेखि जारी तनावका कारण नेपालमा मूल्यवृद्धि हुन सक्ने भन्दै खाना पकाउने ग्यासलगायतको कालोबजारी रोक्न अनुगमन...
फाल्गुन २८ गते, २०८२ - ०७:२९
काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले नेपाली कम्युनिष्ट आन्दोलन र तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उदय र पतनबारे ...
फाल्गुन २८ गते, २०८२ - ०७:२६
कञ्चनपुर । बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर लुहार परम्परागत आरन पेसाको भरमा परिवारको जीविका चलाउँदै आएका छन् । शुक्लाफाँटा न...


प्रतिकृया लेख्नुहोस्: