महोत्तरी । कोरोना महामारीको दोस्रो लहर चलिरहेको अवस्थामा महोत्तरीको एउटै गाउँमा सात जनाको मृत्यु भएपछि गाउँवासी त्रसित भएका छन् । जिल्लाको पिपरा गाउँपालिका–७ मा पर्ने बनौली गाउँमा विगत १५ दिनभित्र सातजनाको मृत्यु भएपछि सो गाउँभर त्रास फैलिएको हो । स्थानीय वैद्यनाथ चौधरीका अनुसार गाउँको एउटै जातिका ६ र अन्य जातिका एक गरी सातजनाको मृत्यु भइसकेपछि अहिले सो गाउँका सम्पूर्ण बासिन्दा भयपूर्ण जीवन बिताइरहेका छन् ।
सो गाउँमा मृत्यु भोज, विवाह भोज र व्रतबन्ध भोजजस्ता कार्यक्रमहरू भइरहेको र सयौँको सङ्ख्यामा मानिसहरु एकै थलोमा बसेर भोजभतेर खाने गरेको पाइएको छ । कोरोनाकै कारण विभिन्न अस्पतालमा मृत्यु भएकाहरुको पनि गाउँमा दाहसंस्कारदेखि श्राद्ध कर्म भइरहेको र सो क्रममा भोजभतेर र सयौँ मानिस एकै ठाउँमा जमघट हुने गरेका छन् । यसका अलावा कोरोना महामारीकै बीचमा गाउँभरि अहिले व्रतबन्ध र विवाह जस्ता कार्यक्रम पनि भइरहेको वडाध्यक्ष रुपेश झाले स्वीकार गरे ।
वडाध्यक्ष झाले आफू गाउँलेहरूलाई भीडभाड नगर्न, भोजभतेर नगर्न, विवाह, व्रतबन्धजस्ता शुभकार्यमा स्वास्थ्य सुरक्षाको सबै मापदण्ड पूरा गर्न भनिरहँदा पनि गाउँलेहरु आफ्नो परम्परा र संस्कार भन्दै बेवास्ता गर्दै सबै क्रियाकलापहरू सञ्चालन गर्ने गरेको बताए ।
यस सम्बन्धमा गाउँलेहरुले इलाका प्रहरी कार्यालय सहोडबामा गुनासो गर्दा प्रहरी आउन नमान्ने र अनैको बिन्ती भाउ गरेपछि आए पनि विवाह गर्ने पक्षसँगै मिलेर रु हजार/दुई हजार घुस खाएर डिजे बाजा बजाउन र नाचगान गर्न रोक्नुको साटो झन् बजाएर मनोरञ्जन गर्न छुट नै दिने गरेको नाउँ नछाप्ने सर्तमा दर्जनौँ स्थानीवासीले बताए । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १२ गते, २०८२ - २१:२९
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...
चैत्र १२ गते, २०८२ - २१:१६
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...
चैत्र १२ गते, २०८२ - २१:१२
कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...
चैत्र १२ गते, २०८२ - २१:०९
निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...
चैत्र १२ गते, २०८२ - २०:०२
रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...
चैत्र १२ गते, २०८२ - २०:०१
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...
चैत्र १२ गते, २०८२ - १९:५८
काठमाडौँ । प्रधानमन्त्रीको शपथको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले ‘जय महाकाली’ गी...
चैत्र १२ गते, २०८२ - १९:४८
काठमाडौँ। भदौ २३–२४ मा देशभर फैलिएको जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक भएपछि राजनीतिक प्रतिक्रिया विभाजित भएको ...
चैत्र १२ गते, २०८२ - १९:३९
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मतदान कार्यक्रम स्थगित भएको छ । बिहीबार निर्वाचन समितिले चैत १३ गतेका लागि तय गरिएको मतदान कार्यक्रम अर्को ...
चैत्र १२ गते, २०८२ - १९:२७
काठमाडौँ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले मन्त्रालयको सङ्ख्या घटाउँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई कायमै राख्न...



प्रतिकृया लेख्नुहोस्: