Khabar Dabali १० माघ २०८२ शुक्रबार | 23rd January, 2026 Fri
Investment bank

यी ४५ जडीबुटी खाए कोरोनाबाट बचिन्‍छ ?

खबरडबली संवाददाता


काठमाडौँ । नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना लहर तीव्र भइरहेका बेला मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन आयुर्वेद चिकित्सकको सल्लाहमा ४५ भन्दा बढी जडीबुटीको धुलो औषधि तयार पारिएको छ ।

गत वर्ष नेपालमा कोरोनाबाट बच्न बन्दाबन्दी जारी गरिएदेखि नै गुर्जोलगायत केही जडीबुटीबाट बनेको चिया र धुलो औषधि वितरण एवं घरघरमा गुर्जो रोपण अभियान चलाउँदै आएका अभियानकर्मी कमलबहादुर राजलवटले गुर्जोलगायत ४५ भन्दा बढी जडीबुटीबाट औषधि तयार पारी निःशुल्क वितरण अभियान शुरु गरेका हुन् ।

धुलो औषधिको आयुर्वेदाचार्य डा ऋषिराम कोइरालासँग सल्लाह लिएर तयार पारिएको हो । सयजनाभन्दा बढी नयाँ भेरियन्टसहितको कोरोना पोजेटिभ भएकालाई यो औषधि मङ्गलबार वितरण गरिएको छ ।

औषधी रोग प्रतिरोधी क्षमता बढाउनाका साथै रुघा, खोकी, ज्वरो, फ्लु, ग्याष्ट्रिक, रक्तचाप, मधुमेहलगायत उपयोग गर्न सकिन्छ । न्यून रक्तचाप हुनेले बिरे नुन मिसाएर यो औषधि सेवन गर्न सकिने आयुर्वेद चिकित्सकको सल्लाह छ । समस्याको गम्भीरताका आधारमा आयुर्वेद चिकित्सकसँग सम्पर्क गरेर पनि यो औषधि सेवन गर्न सकिनेछ ।

औषधिमा गुर्जो, तुलसी, असुरो, ज्वानो, दालचिनी, ल्वाङ, हर्रो, बर्रो, अमला, मरिच, पिपला, सुठो, निम, चिराइतो, जेठीमधु, रुधिलो, तीतेपाती, कालोजिरा, बेसार, जङ्गे हर्रो, लेमनग्रास, अम्बापातलगायत ४५ को मिश्रण रहेको उनले जानकारी दिए । दिनमा तीन पटकसम्म मनतातो पानीमा मिसाएर  धुलो औषधि सेवन गर्न सकिने जनाइएको छ ।

गर्भवती महिला र आठ वर्षमुनिका बालबालिकाकालाई यो औषधि सेवनमा पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ । गुर्जो चिया एक लिटर पानीमा एक चम्चा राखेर उमालेर नछानी खान सकिन्छ । धेरै जडीबुटी मिश्रणसँगै मिसाइएका जडीबुटीको नामका साथै सेवन गर्ने विधिका बारेमा जानकारीसहित प्याकेजिङ गरी वितरण शुरु भएको हो ।

गुर्जोको काँडा र चिया निर्माणमा राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्रका कार्यकारी निर्देशक डा रामआधार यादव र डा लेखनाथ ढकालको सल्लाह लिइएको अभियानकर्मी राजलवटको भनाइ छ । गुर्जो चिया रोग प्रतिरोधी क्षमता बढाउन चाहने सबैलाई उपलब्ध गराइने छ । धुलो औषधि भने विशेषगरी कोरोना पोजेटिभ भएकालाई नै उपलब्ध गराइनेछ । काठमाडौँ उपत्यकामा २५ वटा केन्द्र बनाएर औषधि र चियाको धुलो वितरण शुरु गरिएको छ ।
 
आन्तरिक राजश्व कार्यालय धुलिखेलको कार्यालय प्रमुखसमेत रहेका राजलवटले महामारीका बेला समस्यामा परेका मानिसलाई निःशुल्क औषधि सेवा उपलब्ध गराउन थालेका छन् । उनको यो अभियान गत वर्षदेखि नै जारी छ । 

राजलवटले विसं २०७६ चैतमा नेपालमा कोरोना सङ्क्रमित देखिएदेखि नै गुर्जोका बिरुवा, धुलो, औषधि र चिया निःशुल्क वितरण गर्दै आएका छन् । यसअघि राजश्व कार्यालय लहानको प्रमुख रहेएका राजलवटले त्यहाँको सरकारी निवास परिसरमा गुर्जोका  बिरुवा उत्पादन गरी देशव्यापी रुपमा वितरण शुरु गरेका हुन् । यस वर्ष पनि गुर्जोको बिरुवा तयार पारी रोप्नका लागि वितरण गर्ने तयारीसमेत भइरहेकोे पनि अभियानकर्मी राजलवटले सुनाए । कोरोनाको महामारी तीव्र भएसँगै गुर्जो र यसबाट परिकार सेवन गर्नेको सङ्ख्या बढ्न थालेको छ ।

हालसम्म एक लाख ६० हजारभन्दा बढी गुर्जोका बिरुवा वितरण गरिएको उहाँले सुनाउनुभयो । त्यति नै सङ्ख्यामा गुर्जोबाट बनेको चिया र धुलो पनि निःशुल्क वितरण गरिएको छ । सार्वजनिकस्थलमा हुने कार्यक्रममा निःशुल्क गुर्जोको चियासमेत करीब दुई लाखभन्दा बढी मानिसलाई खुवाइएको राजलवट बताउँछन् । गुर्जोका परिकारले कब्जियत हटाउने, तरोताजा एवं फुर्तिलोसमेत बनाउने सेवनकर्ताको अनुभव छ ।

यस्तै महत्वको औषधि भएकाले एक घरमा अनिवार्य रुपमा एउटा गुर्जोको बिरुवा रोपे धेरै रोगका लागि औषधिको काम गर्ने, नियमित सेवनले मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढ्ने आयुर्वेद चिकित्सक डा शेषराज आचार्य बताउँछन् । गुर्जोसँगै औषधिजन्य जडीबुटी पनि घरघरमा रोपेर आयुर्वेदको प्रवर्द्धन गर्न उनको सुझाव छ ।

आयुर्वेदशास्त्रको ‘यस्य देशस्य यो जन्तो : तस्य तद् औषधं हितम्’ अर्थात् जुन स्थानमा मानिस जन्मन्छ, उसलाई औषधिको काम गर्ने वनस्पति त्यहीँ हुन्छ भन्ने सिद्धान्तका आधारमा गुर्जोजस्ता औषधीय गुणले युक्त वनस्पतिको संरक्षण गरिनुपर्ने आयुर्वेद चिकित्सक आचार्यले बताए । हिमालयका काखमा रहेको नेपाली वनपाखामा धेरै किसिमका औषधीय गुणले युक्त जडीबुटी एवं वनस्पति भए पनि तिनको सदुपयोग हुन सकेको छैन । कतिपय जडीबुटी, वनस्पति चोरी–निकासी भई त्यसमा रासायनिक पदार्थ मिलाएर बनाइएको आधुनिक औषधि नेपालमा भित्रने गरेको अभियानकर्मीको गुनासो छ ।

आयुर्वेद अस्पताल र औषधालयलाई प्रवद्र्धन गर्न खोज अनुसन्धानमा जोड दिनुपर्ने चिकित्सक आचार्यको भनाइ छ । आयुर्वेद औषधि उत्पादन गर्ने सिंहदरबार वैद्यखाना विकास समितिसमेत निरन्तर ओरालो लागेकाले सराकोर भएका निकायको ध्यान जानुपर्ने अभियानकर्मीको भनाइ छ । सिंहदरबार वैद्यखाना विकास समितिका निमित्त कार्यकारी निर्देशक डा सबरी साह गुर्जो चिया, तुलसी चिया, सिलाजित, च्यवनप्रास, अश्वगन्ध तेल, अविपत्तिकर चूर्ण लगायतको माग बढिरहेको बताउँछन् । माग बढेकाले कतिपय औषधिको उत्पादनसमेत बढाइएको उनले जानकारी दिए । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजीको जोश चुनावी मैदानमा, तर राजनीति अझै पुरुषप्रधान !

निर्वाचनमा जेनजीको उपस्थिति नेपाली राजनीतिका लागि आशा

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै गएकोप्रति आपत्ति

 काठमाडाैं । संविधानविद् तथा राजनीतिक विश्लेषक भीमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । पछिल्लो सम...

सत्ता, हार र पुनरागमन: चुनावी मैदान नछाड्ने पाँच सदाबहार अनुहार

अनुभवको दाबी, सत्ता मोहको आरोप: किन दोहोरिन्छ उही अनुहार ?

महेश बस्नेतविरुद्ध रास्वपाद्वारा धनुषामा प्रदर्शन

जनकपुर । नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध धनुषामा प्रदर्शन गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी, धनुषा एवम् मधेश प्रदेश र्याट विभागका सदस्यहरुले ...

काठमाडौं–५ मा पुस्तान्तरणको चुनाव: हेभिवेट नेतामाथि नयाँ पुस्ताको चुनौती

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा काठमाडौं–५ मा चुनावी माहोल तातेको छ। एकातिर कांग्रेस–एमालेका अनुभवी ‘हेभिवेट’ नेता छन् भने अर्कोतिर नय...

जनयुद्धमा आमाबुवा गुमाएका सन्दीप प्रचण्डसँग चुनावी मैदानमा

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि रूकुम पूर्वमा राजनीतिक सरगर्मी बढ्दै गएको छ। यस निर्वाचन क्षेत्रमा हालसम्म ...

रेशम चौधरीको उम्मेदवारी रद्द, अन्य उम्मेदवारविरुद्धको उजुरीमा आयोगले के गर्यो निर्णय ?

काठमाडाैं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी निर्वाचन आयोगले रद्द गरेको छ । चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्...

एसबीआई बैंक लुटपाट प्रकरण: कीर्तिपुरबाट थप एक जना पक्राउ

काठमाडौँ । सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ बस्तीपुरस्थित नेपाल एसबीआई बैंकको शाखा कार्यालयमा भएको नगद लुटपाट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप ए...

कांग्रेसको टिकटमा व्यापक फेरबदल: ६६ प्रतिशत नयाँ अनुहार प्रतिनिधिसभा चुनावमा

काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यसपटक उल्लेख्य मात्रामा नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ । पार्टी प्रवक्ता देवर...

लिङदेनलाई प्रधानमन्त्रीको दाबेदार बनाउँदै राप्रपा १६५ क्षेत्रमा चुनावी मैदानमा

संसदमा निर्णायक शक्ति बनेर सरकारको नेतृत्व गर्ने लक्ष्यसहित मैदानमा उत्रियो पार्टी

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending