Khabar Dabali १ भाद्र २०८३ सोमबार | 17th August, 2026 Mon
Investment bank

७ करोडको कारलाई ट्याक्सी बनाएपछि‘

खबरडबली संवाददाता

काठमाडौं । के तपाईंले कहिल्यै ७ करोड रुपैयाँको कार किनेर ट्याक्सीको रूपमा प्रयोग गरेको व्यक्ति देख्नुभएको छ ? सायद छैन । तर, चीनका एक जना मानिसले त्यस्तै गरे । चीनमा एक व्यक्तिले पहिले मर्सिडीज मेब्याक एस(४८० कार किनेका थिए र अहिले उनी यसबाट धेरै पैसा कमाइरहेका छन्। कारहाम्रोका अनुसार नेपालमा यो कारको मूल्य ६ करोडदेखि ७ करोड १५ लाखसम्म पर्छ ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार यी व्यक्तिले अब आफ्नो कारमा एक यात्राको लागि लगभग ५ हजार युआनसम्म (९० हजार रूपैयाँ) लिन्छन्। यी व्यक्ति बेइजिङमा बस्छन् र ‘ओल्ड युआन ड्राइभ्स अ मेब्याक फर राइड–हेलिङ’ नामक सामाजिक सञ्जाल खाता चलाउँछन्। धेरै मानिसहरूलाई उनको अनौठो पेशा मन पर्छ र अहिले उनका लगभग १ लाख २० हजार फलोअर्स छन्।

युआन थर भएका यी व्यक्तिले विलासी सवारी साधनको व्यवसाय चलाइरहेका छन्। यी व्यक्तिले गत वर्ष नोभेम्बर १ मा १–५५ मिलियन युआनमा मेब्याक कार किनेका थिए र त्यसपछि ट्याक्सीको रूपमा काम गर्न थालेका थिए। हालै, सोही व्यक्तिले बिहान ६ः४५ बजे आफ्नो दिन सुरु गरेको र दिनभरि सवारी पूरा गरेर ४ हजार युआन कमाएको बताए।

उनी भन्छन्, ‘विलासी मेब्याक राइड(हेलिङ कार चलाउनु मेरो काम मात्र होइन, मेरो जीविकोपार्जन पनि हो।’ अहिले, मेब्याक मोडेल बेइजिङ र सांघाईमा राइड(हेलिङको लागि मात्र अर्डर गर्न सकिन्छ। अन्य शहरहरूमा यो कहिले उपलब्ध हुन्छ भन्ने कुरा अनिश्चित छ ।’

रिपोर्टका अनुसार, ती व्यक्तिले आफूले ६ लाख ८० हजार युआनको डाउन पेमेन्ट गरेको बताएका छन्, जसमध्ये ५ लाख युआन उनको छ वर्षको बचतबाट संकलन गरिएको थियो। यसपछि, बाँकी रकम पाँच वर्षको लागि ऋणको रूपमा लिइयो। यसको इएमआइ १४,४६६ युआन थियो।

युआनका अनुसार उनी महिनामा लगभग ४० वटा सवारी गर्छन् र केही यात्राहरूको लागि उनलाई ५ हजार युआन सम्मको भुक्तानी मिल्छ। ती व्यक्तिले आरामदायी जीवनशैली अपनाएर हरेक महिना लगभग १० हजार बचत गर्ने दाबी गर्छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओलीको ‘आवारा’ टिप्पणीले एमालेभित्र तरंग, नेतृत्वमाथिको असन्तुष्टि झन् सतहमा

काठमाडौँ  । जेन–जी आन्दोलनपछि सत्ताबाट बाहिरिएको, निर्वाचनमा धक्का व्यहोरेको र पार्टीभित्रै नेतृत्वमाथि प्रश्न उठिरहेका बेला नेकपा एमाले अध्यक्ष केपी ...

‘आवारा’पछि ओलीको अर्को कटाक्ष : आफ्नै नेता–कार्यकर्तालाई दिए ‘किर्ना’को संज्ञा

झापा, भदौ १ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका केही नेता–कार्यकर्तालाई ‘किर्ना’को संज्ञा दिएका छन्। पार्टी अध्यक्षबाट आफूलाई हटाउन खोज्...

कोशी सरकारमा नेकपा प्रवेश गर्दै, चार मन्त्रीलाई आजै शपथ

मोरङ । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच भएको तीनबुँदे सहमतिअनुसार कोशी प्रदेश सरकार सोमबार विस्तार हुने भएको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्...

नेपाली श्रमिकका लागि प्रमुख गन्तव्यमा ‘सेल्टर हाउस’ बनाउन सरकारसँग एनआरएनएको माग

गोन्जाउ । गैरआवासीय नेपाली संघले नेपाली श्रमिकको संख्या धेरै रहेका मुलुकमा समस्यामा परेका श्रमिकको तत्काल उद्धार तथा सुरक्षित बसोबासका लागि ‘सेल्टर हा...

सङ्घीय संसद्का दुवै सदन बस्दै, विभिन्न विधेयक कार्यसूचीमा

काठमाडौँ   । सङ्घीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक सोमबार बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे तथा राष्ट्रियसभाको बैठक १ः१५ बजे सिंहदर...

किन गरिन्छ नागको पूजा ? नागपञ्चमीसँग जोडिएका धार्मिक विश्वास र किंवदन्ती

काठमाडौँ  । नागपञ्चमी पर्व आज देशभर नागको पूजा–आराधना गरी मनाइँदै छ। श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यो पर्वमा घरको मूलढोकामा विधिपूर्वक नागको तस्बिर...

बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै, साना दलको समर्थन निर्णायक

काठमाडौँ  । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सोमबार प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा मु...

नागपोखरीमा नागदेवताको पूजा, दर्शन गर्न सर्वसाधारणको भीड

काठमाडौँ  । श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमी पर्वका अवसरमा काठमाडौँको नागपोखरीमा सोमबार नागदेवताको पूजा–आराधना गरिएको छ। नागपञ्चमीका अवसरमा नागपो...

कोशीटप्पुको निगुरो कालीमाटीमा, स्थानीयलाई मासिक लाखौँ आम्दानी

सुनसरी  । सुनसरीको कोशीटप्पु क्षेत्रमा पाइने निगुरो स्थानीय बासिन्दाका लागि आम्दानीको भरपर्दो स्रोत बन्दै गएको छ। जङ्गल तथा खुला क्षेत्रमा पाइने निगुर...

देशभर मनसुनी वायुको प्रभाव, पश्चिम नेपालमा भारी वर्षाको सम्भावना

काठमाडौँ  । देशभर अहिले मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थान आसपास र पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरतर्फ नेपाल ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending