काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नागरिकतासम्बन्धी प्रावधानलाई राजनीतिक स्वार्थको विषय बनाउन नहुनेमा जोड दिएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै थापाले वंशजका आधारमा नागरिकता पाउने संवैधानिक हक भएको बताउँदै खुला सीमा र खुला आवतजावत भएको देशमा नागरिकतालाई राजनीति स्वार्थका लागि पटकपटक परिवर्तन गर्न नहुने बताएका हुन । उनले लेखेका छनः
प्रत्येक नेपालीले सरलरूपमा नागरिकता प्रमाणपत्र पाउनुपर्छ।नागरिकता पाउनबाट कुनैपनि नेपाली वंचित हुनुहुंदैन।खुला सिमा/खुला आवतजावत भएको देशमा राजनीतिक स्वार्थको लागि हचुवामा पटकपटक नागरिकता सम्वन्धि निर्णय परिवर्तन गर्नुहुन्न।बंशजको नागरिकता पाउन बाबुआमा दुवै नेपाली नागरिक हुनुपर्छ
प्रतिकृया लेख्नुहोस्: