झापा । झापाको दमक नगरपालिका–८, विरानटोलको एउटा जस्ताले बारिएको सानो झुप्रोमा ८२ वर्षीय रामदेव महतोको जीवन बितिरहेको छ। साँझ परेपछि वरपरका घर उज्यालोले झिलिमिली हुन्छन्, तर रामदेवको घर अन्धकारमै डुब्छ। न बिजुली छ, न खानेपानीको धारा। अरूको ट्युबवेलबाट पानी मागेर ल्याउनुपर्छ, सडकबत्तीको उज्यालोमा खाना खानुपर्छ।
यो अभावको मूल कारण गरिबी मात्र होइन, नागरिकता नहुनु हो।
झापाको गौरीगञ्ज गाउँपालिका–३ मा जन्मिएका रामदेवसँग आजसम्म नेपाली नागरिकताको प्रमाण छैन। त्यसैले उनले न बिजुलीको मिटर जडान गर्न पाएका छन्, न सामाजिक सुरक्षा भत्ता। उमेर ढल्किँदै जाँदा पनि राज्यबाट पाउने कुनै सुविधा उनको पहुँचमा पुगेको छैन।
रामदेव र उनकी ७५ वर्षीया पत्नी देवी महतो कवाडी संकलन गरेर गुजारा चलाइरहेका छन्। वर्षायाममा टिनको छानो चुहिँदा रातभर भिजेर बस्नुपर्ने बाध्यता छ।
छोरी वसन्ती महतोका लागि पनि बुबाको नागरिकता नहुनु अभिशाप बनेको छ। बुबाले नागरिकता नपाएकै कारण उनी आफैं पनि नागरिकताविहीन छिन्। वैवाहिक जीवन टुटेपछि माइत फर्किएकी वसन्ती अहिले ठेलामा चिया बेचेर परिवार पालिरहेकी छन्। नागरिकता नहुँदा उनको पढाइ, रोजगारी र भविष्य नै अन्योलमा परेको छ। अब यही समस्या उनका छोरासम्म पुग्ने जोखिम बढेको छ।
रामदेवका अनुसार बाल्यकालमै बुबाआमाको मृत्यु भएपछि नागरिकता बनाउने प्रक्रिया अघि बढ्न सकेन। पछि नागरिकताको आवश्यकता महसुस हुँदा आवश्यक प्रमाण जुटाउन नसकेकाले प्रशासनको ढोका पटक–पटक धाए पनि खाली हात फर्किनुपरेको छ।
‘म यही देशमा जन्मिएको नेपाली हुँ। तर प्रमाण मागिन्छ। सानैमा बुबाआमा बिते, कहाँबाट ल्याऊँ प्रमाण ?’ भन्दै रामदेव गहभरि आँसु पार्छन्।
यता झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले कानुनी आधारबिना नागरिकता दिन नसकिने बताए। उनका अनुसार सम्बन्धित व्यक्तिको तीनपुस्तेभित्रका प्रमाण वा अन्य कागजात भए त्यसका आधारमा प्रक्रिया अघि बढाउन सकिन्छ। आवश्यक प्रमाण नभए प्रशासनले कानुनअनुसार निर्णय गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ।
तर कानुनी प्रक्रियाभन्दा ठूलो रामदेवको एउटा मात्रै चाहना छ।
‘मेरो जीवन त अब धेरै बाँकी छैन। तर म मर्नुअघि कम्तीमा नेपाली नागरिक हुँ भनेर चिनिन पाए पुग्छ। मेरो छोरी र नातिले पनि यही पीडा भोग्न नपरोस्,’ उनी भावुक हुँदै भन्छन्।
रामदेवको कथा एउटा व्यक्तिको मात्र होइन, नागरिकताको अभावले पुस्तौँसम्म कसरी अधिकार, पहिचान र भविष्य खोस्न सक्छ भन्ने यथार्थको पीडादायी उदाहरण बनेको छ।
याे समाचार झापाबाट चिरञ्जीवी घिमिरेले नयाँपत्रिकामा लेखेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २६ गते, २०८३ - ०८:५२
काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...
श्रावण २६ गते, २०८३ - ०८:२८
जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...
श्रावण २६ गते, २०८३ - ०८:२५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...
श्रावण २६ गते, २०८३ - ०८:१९
काठमाडौं । सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...
श्रावण २६ गते, २०८३ - ०८:०७
स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...
श्रावण २६ गते, २०८३ - ०८:०३
कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...
श्रावण २६ गते, २०८३ - ०८:०१
चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...
श्रावण २६ गते, २०८३ - ०७:५६
सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...
श्रावण २६ गते, २०८३ - ०७:३१
काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...
श्रावण २६ गते, २०८३ - ०७:२५
काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। भूकम्पमा परी कम्तीमा ११...



प्रतिकृया लेख्नुहोस्: