काठमाडौँ । नेकपा एमाले केपी ओली समूहले पार्टीबाट निष्कासित गरेकोप्रति भीम रावलले प्रतिक्रिया दिएका छन् । सोमबार बसेको ओली समूहको स्थायी कमिटी बैठकले रावलसहित ११ जना नेतालाई निष्कासित गरेको थियो ।
साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि नेता रावलले हास्यास्पद भन्दै टिप्पणी गरेका छन् । रावलले राष्ट्रघाती कुकृत्य गर्ने केपी शर्मा ओलीले साधरण सदस्यबाट हटाइयो भन्नु फुटवादको निरन्तरता भएको बताएका छन् ।
निष्कासित गरेलगत्तै रावलले ट्वीट गरेका छन् ‘पार्टी विधान मिच्दै मनपरी गर्ने, संविधान उल्लङ्घन गर्ने,देशको अस्मिता र अस्तित्वमा आघात पार्ने नागरिकता वितरण लगायतका राष्ट्रघाती कुकृत्य गर्ने र देशलाई अस्तव्यस्त बनाउने केपी गुटले हामीलाई पार्टी सदस्यबाट निष्कासित गरियो भन्नु हास्यास्पद छ।यो केपी गुटको फुटवाद कै निरन्तरता हो ।'
त्यस्तै घनश्याम भुसाल र सुरेन्द्र पाण्डेसहित १२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने भएको छ ।
निष्कासित नेताहरू
१) माधवकुमार नेपाल
२) झलनाथ खनाल
३) भीम रावल
४) मुकुन्द न्यौपाने
५) रामकुमारी झाँक्री
६) सरला यादव
७) पुष्पा कर्ण
८) कलिला खातुन
९) निरादेवी जैरु
१०) लक्ष्मी चौधरी
११) कल्याणी खड्का
स्पष्टीकरण सोधिएका सांसदहरु
१) घनश्याम भुसाल
२) सुरेन्द्र पाण्डे
३) विरोध खतिवडा
४) जीवनराम श्रेष्ठ
५) सोमप्रसाद पाण्डे
६) कृष्णलाल महर्जन
७) झपट रावल
८) भवानीप्रसाद खापुङ
९) यज्ञ सुनुवार
१०) मेटमणि चौधरी
११) दीपकप्रकाश भट्ट
१२) नारायण खतिवडा
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ९ गते, २०८२ - २०:०९
निर्वाचनमा जेनजीको उपस्थिति नेपाली राजनीतिका लागि आशा
माघ ९ गते, २०८२ - १९:५८
काठमाडाैं । संविधानविद् तथा राजनीतिक विश्लेषक भीमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । पछिल्लो सम...
माघ ९ गते, २०८२ - १९:४३
अनुभवको दाबी, सत्ता मोहको आरोप: किन दोहोरिन्छ उही अनुहार ?
माघ ९ गते, २०८२ - १९:११
जनकपुर । नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध धनुषामा प्रदर्शन गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी, धनुषा एवम् मधेश प्रदेश र्याट विभागका सदस्यहरुले ...
माघ ९ गते, २०८२ - १९:०७
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा काठमाडौं–५ मा चुनावी माहोल तातेको छ। एकातिर कांग्रेस–एमालेका अनुभवी ‘हेभिवेट’ नेता छन् भने अर्कोतिर नय...
माघ ९ गते, २०८२ - १८:५०
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि रूकुम पूर्वमा राजनीतिक सरगर्मी बढ्दै गएको छ। यस निर्वाचन क्षेत्रमा हालसम्म ...
माघ ९ गते, २०८२ - १८:३५
काठमाडाैं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी निर्वाचन आयोगले रद्द गरेको छ । चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्...
माघ ९ गते, २०८२ - १८:३१
काठमाडौँ । सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ बस्तीपुरस्थित नेपाल एसबीआई बैंकको शाखा कार्यालयमा भएको नगद लुटपाट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप ए...
माघ ८ गते, २०८२ - २०:२४
काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यसपटक उल्लेख्य मात्रामा नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ । पार्टी प्रवक्ता देवर...
माघ ८ गते, २०८२ - २०:२०
संसदमा निर्णायक शक्ति बनेर सरकारको नेतृत्व गर्ने लक्ष्यसहित मैदानमा उत्रियो पार्टी




प्रतिकृया लेख्नुहोस्: