म्याग्दी । कोरोना सङ्क्रमणलाई रोक्न स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका बीच म्याग्दीका लेकाली क्षेत्रहरुमा कामको माचो शुरु भएको छ । जिल्लाका बरङ्जा, गौश्वारा, सिमलगायतका सिँचाइको सुविधा भएका र खाली रहेका खेतमा जेठको दोस्रो सातादेखि नै रोपाइँ शुरु भएको हो । म्याग्दीको शहरी क्षेत्रभन्दा बढी ग्रामीण क्षेत्रहरू अहिले कोरोना सङ्क्रमणको चपेटामा परेका भए पनि कामको सिजन शुरु भएकाले स्थानीय कृषक मुखमा मास्क र खल्तीमा स्यानिटाइजरसहित धान रोप्न व्यस्त भएका हुन् ।
निषेधाज्ञामा शहरबजारसँगै ग्रामीण क्षेत्रसमेत सुनसान भइरहेको बेलामा मङ्गला गाउँपालिका–३ बरङ्जा आल्टामा यतिबेला धान रोप्ने चटारो छ । असार महिनामा जस्तै किसान ब्याडमा राखेको बिउ काढ्न व्यस्त छन् । रोपाहारले धमाधम रोपिरहेका छन्, जुवा, हलो र गोरुको विकल्पमा ट्र्याक्टरले जोतेर हिल्याइरहेको छ ।
जेठको दोस्रो साता नै यहाँका किसानले आफ्नो खेतबारीमा धमाधम रोपाइँ गरिरहेका छन् । कोरोनाको सङ्क्रमणबाट जोगिन हरसम्भव प्रयास गरेका स्थानीयवासीले विभिन्न गीत गाउँदै रोप्दा आसपासको क्षेत्रमा समेत रमाइलो माहोल बनाइरहेका स्थानीय युवा लोकेश पुन मगरले जानकारी दिए । हरेक वर्ष यस क्षेत्रमा सबैभन्दा अगाडि असारे धान रोपाइँ हुने गर्छ । जिल्लाभर यो वर्ष गत वर्षभन्दा अगाडि नै धान रोपाइँ हुने अनुमान गरिएको छ ।
कुल २१ हजार ६६८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमीन रहेको म्याग्दीमा तीन हजार ८९५ हेक्टरमा धान, ११ हजार ११५ हेक्टरमा मकै, तीन हजार २० हेक्टरमा गहुँ, ८२० हेक्टरमा तरकारी र ६३९ हेक्टर क्षेत्रफलमा फलफूल खेती हुँदै आएको कृषि ज्ञान केन्द्र म्याग्दीको तथ्याङ्क छ ।
कोरोनासँग लक्षण मिल्ने कृषकलाई खेतबारीमा प्रवेश दिइँदैन भने मास्क र स्यानिटाइजरको प्रयोगमा जोड दिने गरिएको स्थानीय जनप्रतिनिधिहरुले बताएका छन् । कोरोना भाइरसको ‘चेन ब्रेक’ गर्न ९सर्ने प्रक्रिया रोक्न० जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले जेठ १७ गतेसम्म निषेधाज्ञा लम्ब्याएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - ०९:१५
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...
मंसिर १९ गते, २०८२ - ०९:१२
चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...
मंसिर १९ गते, २०८२ - ०९:०६
काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ। मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...
मंसिर १९ गते, २०८२ - ०८:५७
बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...
मंसिर १९ गते, २०८२ - ०८:१९
१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत
मंसिर १९ गते, २०८२ - ०८:१५
काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...
मंसिर १९ गते, २०८२ - ०८:०८
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...
मंसिर १९ गते, २०८२ - ०७:४०
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । ...
मंसिर १९ गते, २०८२ - ०७:३७
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...
मंसिर १९ गते, २०८२ - ०७:३४
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...




प्रतिकृया लेख्नुहोस्: